बेल्जियमका नेपाली ब्यवसायी एकै ठाउँमा भेला

पुरुषोत्तम सुबेदी (तस्बिरपनि), बेल्जियम 

byabasayik_sangh_032.JPG

नेपालीका अहिले कम्तिमा बिदेशबाट गतिला खबर आउन थालेका छन । यो अर्को खुशीको खबर हो । बेल्जियममा बसेका साना र ठुला सबै नेपाली ब्यवसायी एकै ठाउँमा भेला भएर सामुहिक फाइदा, अधिकार र उन्नतीकालगि छलफल गरेका छन । नेपालबाट क्रिषी लगायतका घरेलु सामाग्रिहरु ल्याएर यूरोपका बिभिन्न बजारमा बिक्रिगर्नेहरुपनि अहिले मनग्गे भैसकेका रहेछन । नेपालका घरेलु र क्रिषीजन्य सामाग्रि ल्याएर तिनले आफु स्थापित हुने र नेपालको आर्थिक अवस्थालाई अलिकति भएपनि माथि उकस्ने प्रयास गरिरहेका छन । हेर्दा हेर्दै त्यस्ता ब्यापारी बेल्जियममै सयौं जना पो भैसकेछन । उनीहरु हिजो सोमबार दोस्रो साधारण सभा मनाउन भेला भएका थिए ।

byabasayik_sangh_024.JPG

भेलाका प्रमुख अतिथि थिए नेपाली दुतावासका राजदूत प्रमेश हमाल । उनले नेपाली ब्यवसायीबिच चुनौति र संभावना दुबै रहेको र नेपाली ब्यवसायीहरु सफल रहे त्यसले नेपालकालागिपनि ठुलो फाइदा हुने बताए । बेल्जियमका प्रमुख शहरका प्रमुखहरुसँग नेपालको पर्यटन र औद्दोगिक फाइदाका लागि महत्वपूर्ण छलफल भइरहेको तथ्यपनि हमालले खोले । एनआरएन बेल्जियम र नेपाली दुतावास मिलेर कामगर्ने हो भने बेल्जियमबाट ठुला ठुला योजना भित्र्याउन सकिने संभावना रहेको पनि औंल्याए उनले ।

नेपालमा अशान्ति बढेको तथा धनी र गरिबबिचको खाडल धेरै गहिरो भएको तथ्य खोतल्दै दिर्घकालिन शान्तिका लागि नयाँ रोजगारीका ढोका खोलेर युवाहरुलाई अवसर दिनु पर्ने र त्यस्ता अवसर नेपाली ब्यापारीहरुले खोल्न सक्ने संभावना रहेको बताए एनआरएन बेल्जियमका अध्यक्ष पेमा गेल्मु शेर्पाले ।

byabasayik_sangh_001.JPG

कार्यक्रममा एनडियफ बेल्जियमका अध्यक्ष तुल्सीनाथ सुबेदी, जनप्रगतिशिल मञ्चका चित्र सुबेदी, नेपाली जनसंपर्क समितीका अध्यक्ष गंगाधर गौतम, सांग्रिला समाजको तर्फबाट दिपक ज्योति पौडेल, अनेसास बेल्जियमका अध्यक्ष कृष्ण बजगाइ, एनआरएन आईसिसीका रबिन्द्रमान श्रेष्ठ, एनआरएन युरोप संयोजक जानकी गुरुङ, चितवन सहायता कोषका अध्यक्ष रामहरी घिमिरे, पर्वत बेल्जियम संपर्क समितिका सुभाश जोसी, बेल्जियम तामाङ समाजका अध्यक्ष राज कुमार लामा लगायतले नेपाली ब्यावसायी संघको उद्देश्य र उपलब्धीबारे आआफ्नो मन्तब्य राखेका थिए ।

byabasayik_sangh_025.JPG

साधारण सभाले सर्वसम्मतीमा चयन गरेको कार्य समितिमा अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष सागर श्रेष्ठ र राजकुमार लामा,  महासचिव ॐअकार शर्मा, कोषाध्यक्ष हरी शर्मा थपलिया, सहकोषाध्यक्ष ब्युटी श्रेष्ठ, सहसचिव बिजय भण्डारी, सदस्य ज्ञानेन्द्र खतिवडा, राधाक्रिष्ण अधिकारी, मनोज उप्रेती, सुदाम लम्साल, मनोज काफ्ले, क्रिष्ण केसी, हरिक्रिष्ण कार्की र अहमददिन मियाँ छन ।

तपाइँको प्रतिक्रिया