आफ्ना मान्छे नेपाल पठाउन के के चाहिएछ फ्रान्सेलीलाई ?

dsc04631.JPG

हामीले सधैं आरोप लगाउँथ्यौं-बिदेशमा रहेका नेपाली दुतावाहरु भोज भतेर, जमघटमा सिमित भए । भिसा दिने, पासपोर्ट बनाउने, मोज गर्ने अनि कार्यकाल सिध्याएर हिँड्ने । त्यो सबैलाई चुनौति दिँदै अगाडि बढेको छ पेरिसस्थित नेपाली दुतावास । अघिल्लो महिना यस्तै रचनात्मक काम गरेको थियो दुतावासले । अहिले फेरि त्यस्तै अर्को रचनात्मक काम गरेको  छ । त्यति बेलाको ब्लग यहाँ क्लिक गरेर हेर्नुहोस ।

dsc04594.JPG

(देब्रेबाट क्रमश: दुतावासका तेस्रा सचिव सागर फुयाल, कार्यवाहक राजदूत जिवनप्रेम जिवनप्रकाश श्रेष्ठ र पेरिसका नेपाली ब्यापारी बिनोद ओझा। ओझा राजदूतको मन्तब्य फ्रान्सेली भाषामा अनुवाद गर्दै थिए ।)

नेपाल सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा गर्न नपाउँदै यहाँका कार्यवाहक राजदुत जिवनप्रेम प्रकाश श्रेष्ठले त्यसमा हैंसे गर्न शुरु गरिसके । त्यसलाई साथ दिइरहेछन दुतावासका तेस्रा सचिव सागर फुयालले । नेपालमा आफ्ना पर्यटकहरु पठाउन के के बाधा ब्यवधान, समस्या र गुनासा छन फ्रान्सेली ट्राभल एजेन्सीहरुका । उनीहरु नेपालमा आफ्ना पर्यटक पठाउन केके सुधार गर्नुपर्ने औंल्याउँछन । तिनका गुनासा, जिज्ञासा, अप्ठेरा, कठिनाई, कौतुहलता, गार्हो साह्रो बुझ्न भन्दै दुतावासले गएको बिहीबार बोलायो फ्रान्सेली पर्यटन ब्यवसायीलाई ।  तिनका गुनासा र अप्ठेरा फ्रान्समा बसेर कत्तिको निकटबाट हेरिरहेका छन त नेपालीले ? चाखलाग्दो हुन सक्छ भन्दै बोलाएको थियो केहि नेपालीलाईपनि ।

dsc04590.JPG

(दाहिनेपट्टिका डा डिडिए बेर्ना जो फ्रान्सको नोर्मदी क्षेत्रमा नेपालका लागि महावाणिज्यदूत हुन । यिनले नेपालकालागि पर्यटकिय लगायत थुप्रै सहयोग गर्दै आएका छन । देब्रेतिरका एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने।)

 मैले त्यतिबेलै फोटो र समाचार राख्न खोजें तर त्यत्रा फोटा खिचेरपनि क्यामराबाट कम्प्युटरमा सार्ने बेला प्राविधिक कठिनाईले ज्यान जाला सकिन । त्यहि भएर आज बल्ल राख्दै छु ।

picture_067.jpg 

            (सहभागीलाई कुमारी न्रित्य देखाउँदै वालिका जैन श्रेष्ठ।)

कार्यक्रम राम्रो आयोजना गर्न खोजेका हुन जिवनप्रकाश श्रेष्ठले । कि पढेर कि परेर जानिन्छ भन्छन । उनी परेरै जान्न खोज्दैछन । कार्यक्रममा नेपालको सांस्क्रितिक सम्पन्नतालाई प्रचार प्रसार गरिनुपर्ने माग गरिरहेका बेला सानी नानी जैनु श्रेष्ठले बेजोडको कुमारी न्रित्य देखाएर चकित पारिन ।

picture_058.jpg

            (उनै जैन श्रेष्ठ । उनको न्रित्यले सधैं प्रशंसा पाउने गर्छ।)

पछि हरेक नेपाली कार्यक्रममा यस्तै न्रित्य देखाए यहाँका पर्यटन ब्यवसायि समेत आकर्षित हुने सुझाब दिइएको थियो । आफुले फ्रान्सेली ब्यवसायिका गुनासा र अप्ठेरा सुन्न चाहेको र तिनलाई सकेसम्म पुरा गर्नतर्फ लागिने बताए श्रेष्ठले । आफुले पुरा गर्न नसकेका अप्ठेराहरु नेपाल सरकारसमक्ष गम्भिरतापूर्वक राखेर पुरा गराउन पहल गर्ने बचन दिए । फ्रान्सेली पर्यटक अझ बढि नेपाल पठाउनकालागि फ्रान्सेली मित्रहरुबाट आएका सुझावलाई दुतावासले सक्दो पुरा गर्ने समान खालको प्रतिबद्दता थियो फुयालकोपनि ।

के के दिए त सुझाब फ्रान्सेलीले ? 

म यहाँ ककसले के के बोल्यो भन्दापनि निचोडलाई बुँदागत रुपमा राख्छु-

काठमाडौंमा फोहोर प्रदुषणलाई थान्को लगाउनुपर्‍यो ।

यातायातको सुबिधा अलि बिस्तार गर्नुपर्‍यो, पोखरा जाने पर्यटक बस मात्रै भएर पुगेन, अन्यत्रपनि हुनु पर्‍यो।

गाउँ गाउँमा कसरि पुग्ने? स्थानिय हवाई सेवालाई बिस्तार गर्नुपर्‍यो । भएका र सञ्चालितपनि तारन्तार रद्द गरेर दुख दिनु भएन ।

नेपालमा पहिले त पर्यटक लैजानु पर्‍यो । कसरि लाने ? पर्यटक बोक्ने ठुला बिमान छैनन सिधा काठमाडौं जाने। भारत वा अन्य देशतिर रोकिँदै जानु सजिलो छैन । त्यसैले पेरिस, बेलायततिरबाट सिधा हवाई सम्पर्क गराउ

सरकारी बिमान कंपनीले विश्वास गुमायो, भरभर्दो बनाउ ।

फ्रान्सेलीले नेपाल भन्नासाथ हिमाल मात्रै ठान्छन । नेपालमा हिमाल मात्रै छैनन। नेपालका सांस्क्रितिक संपदा जनजिवन तथा प्राक्रितिक सम्पन्नतालाई प्रचारप्रसार गर ।

गुणात्मक पर्यटक मात्रै भनेर के गर्ने ? सबै खालको पर्यटक आकर्षण गर्ने कोसिस गर । त्यसो भए सबैखाले मानिसले समान अवसर पाउँछन । पर्यटनबाट स्थानिय मानिसलेपनि प्रत्यक्ष लाभ लिन पाउने अवसर बनाउ । टाठा बाठा र ट्राभल एजेन्सी अनि शहरियाले मात्रै लिनु भएन ।

पर्यटनको महत्व बारे स्थानिय मानिसलाई सिकाएर, बुझाएर, देखाएर हामीलाई पर्यटक अवश्यक छ भन्ने बुझाउ । अनि पर्यटनका लागि ति प्रत्यक्ष सहभागि हुने वातावरण बनाउ।

दोहोर्‍याएर जाने पर्यटकहरु होटेलमाभन्दा पैसा तिरेर स्थानियका घर घरमा बस्न चाहन्छन । त्यसैले लागेको खर्च तिरेर स्थानियको घरमा बस्न पाउने ब्यवस्था गर । पर्यटक राख्ने त्यस्ता घरका स्थानियलाई सरसफाई र पर्यटकलाई नभैनहुने बाथरुम, बिस्तारा, धारो पानी आदिको अलि सुबिधा बढाउ ।

नेपाल भन्नासाथ उहि पोखरा, अन्नपूर्ण, लाङटाङ, सगरमाथा र चितवन क्षेत्र मात्रै होइन, पश्चिम र पूर्वी क्षेत्रपनि निकै आकर्षक छन। तिनको पटक्कै प्रचारप्रसार भएन ।

तिब्बत जान चाहनेहरु चिन भएर जानुपर्ने बाध्यता छ कतिपय अवस्थामा । खास त फ्रान्सेलीहरु चिन भएर भन्दा नेपाल भएरै जान चाहन्छन। नेपाल भएर जाँदा छोटो, सजिलो र कम खर्चिलोपनि पर्छ । त्यसैले नेपाल भएर जान पाउनका लागि सहज बनाउ ।

नारा, जुलुस, डाङडुङ, हाटहुट सबै बन्द गरेर गएका पर्यटकलाई शान्तिले घुम्न देउ ।

अहिले नेपाल जाने फ्रान्सेलीमध्ये बहुमत सेवा निब्रित्त हुने छन । अब युवाहरुलाईपनि आकर्षण गर्नतिर लाग ।

पर्यटकलाई गाउँतिर लैजाने सुबिधा बढाउ किनकि फ्रान्सेलीहरु गाउँमै बढि रमाउँछन ।

तस्बिर राजदूत पत्नी निता श्रेष्ठले खिचेका हुन

तपाइँको प्रतिक्रिया