गजल
-नेपोलियन मरहट्टा, चितवन
जती काटे पनि नदुख्ने भयो,
रगतको खोलो नसुक्ने भयो ।
कस्तो लेख्यौ भावी ? नेपाली भाग्य
ॠण् पनि कहिल्यै नचुक्ने भयो ।
बिग्रेको देशमा भत्केको घर,
लुकाएनि पीडा नलुक्ने भयो ।
भिरबाट जन्ता खस्दैछन् अब,
त्यो गाडीको यात्रा नरुक्ने भयो ।
सिमाना बाट शत्रु पसे पनि,
नेता भन्ने ‘कुकुर्‘ नभुक्ने भयो ।




