‘त्यो नेपाल’ दोस्रो संस्करणमा, अंग्रेजी भाषा र अनलाईनपनि किन्न पाइने

● केहि समय अघि जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्यालजीले ‘यहाँलाई फेरि दु:ख दिन खोजिएको छ।, फुर्सदमा यहाँ उल्लेखित पात्रहरू (किताबमा नाम परेका) पात्रहरूको नाम कसरी लेखिन्छ? त्यो लेखिदिनुभएमा अन्य अंग्रेजी अनुवाद हामीले यता गर्ने थियौं । जस्तो फिलिप रमिरेलाई कसरी अंग्रेजीमा लेख्‍ने? ‘ भन्दै मेल पठाए । रहेछ, त्यो नेपाल अंग्रेजी भाषामापनि अनुवाद हुँदै ।

अनुवाद गर्ने रहेछन् समिक मिश्र, जगदम्बा प्रकाशनकै टीमका । यथासक्य छिटो अनुवाद गर्ने प्रयासमा रहेछन् । मैले नेपालीकालागि भनेर लेखेको किताब अंग्रेजी भाषीकालागि पनि उपलब्ध हुनु पक्कै खुशिको कुरो हो नै । मेरो नाम मात्रै जोडिने होइन कि यसमा भएका नेपाल संवन्धि जानकारीले नेपालकै प्रवर्धन गर्न पक्कै सहयोग पुग्ने छ । किताब केहि महिनामा पक्कै अंग्रेजीमापानि आउला ।

● धेरै साथीहरुको गुनासो थियो, त्यो नेपालको चर्चा सुनियो तर पढ्न पाइएन भन्ने । नेपालमा त ठूला पुस्तक पसल र साझा प्रकाशनका डिपोहरुमा नेपालभरि पाइएकै हो । तर विदेशमा बस्ने मित्रहरुकोलागि भने गाह्रै थियो । अब भने त्यो समस्या हटेको छ । रत्न पुस्तक भण्डारले अनलाईन बिक्रि खुल्ला गरेको छ ‘त्यो नेपाल’ को । रत्न पुस्तक भण्डारको वेभ साईटमा अर्थात यहाँ गएर ६,९५ अमेरिकी डलर तिर्नु भयो भने त्यो नेपाल तपाइकै ठेगानामा आइपुग्छ । अथवा यो लिंक (http://ratnabooks.com/yauthordetails.php?mauthor=Dadi%20Sapkota) लाई कपी पेस्ट गर्नुस समस्या भए ।

● त्यो नेपाल बिमोचन भएकै छैन अझै । त्यसैले औपचारिक रुपले सार्वजनिक भएकै छैन । तैपनि कान्तिपुर दैनिक, नेपाल पाक्षिक र नागरिक दैनिकमा त्यो नेपालबारे छापिएका पुस्तक चर्चाकै आधारमा बजारमा झण्डै सकिएछ पहिलो संस्करण । र अब दोस्रो संस्करण छापिने भएछ । अहिले निलो गातो भएकोमा अब दोस्रो संस्करण पहेंलो गातोमा निकाल्ने सोच जगदम्बा प्रकाशनले बनाएको रहेछ । यतिका समय सम्म बिमोचन नभएको किन त ? नेपालस्थित फ्रान्सेली दूतावासले किताबलाई महत्व दिएर आफ्नो क्यालेन्डरमा राखेको रहेछ । त्यसैले नयाँ फ्रान्सेली राजदूत नियुक्त हुँदै रहेछन् । नयाँ राजदूत काठमाडौं पुगेपछि उनको संलग्नतामा बिमोचन गराउने कि भन्ने सोच रहेछ ।

● नेपालबारे फ्रान्सेली विशेषज्ञहरुका अनुभव, अनुभूती र खोजको निचोड  भएकाले मैले पुस्तक निस्किएपछि आफूले अन्तर्वार्ता गरेकालाई ससम्मान जानकारी दिनुपर्ने हो । केहिले मित्रका हिसावले र नियमित सम्पर्क हुने गरेकाले त्यो जानकारी पाए । अधिकांशले पाएका छैनन् । त्यसैले आउने मार्च वा अप्रिल महिनामा पेरिसको एउटा विश्व विध्यालयमा नेपाल संवन्धि खोज र अनुसन्धानमा संलग्न फ्रान्स भरिका बिज्ञहरुको जमघटका दिन त्यो नेपाल बिमोचन गर्ने र त्यसै दिन सबैलाई निम्तो गर्ने निर्णय भएको छ । यसो गर्दा नेपाल संवन्धि चासो र चाख राख्ने फ्रान्सेलीबिच त्यो नेपाललाई अझै चिनाउने छ ।

तपाइँको प्रतिक्रिया