कायर किन बनि दियौं
-बिजयकुमार श्रेष्ठ (हाल-इराक)
परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौ
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौ,
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौ
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ।।
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौ
नयाँ सृजना त कता हो कता भएका पनि भत्काई दियौ,
त्रास र भयको वातावरण बनाएर जनतालाई दुख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ।।
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राकोको आवाज सरि गर्जिएका थियौ,
बन्दुकको तर्साईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ।।
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौ
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौ,
आफुसँग भएको वनवासी तपस्याको आट साहस कता गुमाई दियौ
अत्तालिएर सत्ता नै छाडिदिन्छु भनि कायर , लाचारीपन किन देखाई दियौ ।।
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौ
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौ,
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दिउँ
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दिउँ ।।





