कविता : लौन
● उदास
पूर्खाको वीरतालाई लात मारेर
अस्मितालाई बन्दकी राखी
लौन यिनले देशै बेच्छन् कि क्या हो
स्वाभिमानलाई कुल्चिएर |
++++++++++++++++++++
यी खलनायक जस्ता नायकहरु
दिनदहाडै नेपाल लुछिरहेछन्
लौन यिनले सखापै पार्छन् कि क्या हो
इतिहासलाई बिर्सिएर ||
++++++++++++++++++++
थोत्रो बोरा झैँ च्यात्तिन्छु म
कोरा राष्ट्रप्रेमको चित्कारसँगै
लौन म पागलै बन्छु कि क्या हो
राष्ट्रियता लुटिएर |||




