पोर्चुगलमा नेपाली ब्यापारीपनि कालो सूचीमा

[समाचार प्रति आपत्ति

मिति २०११ डिसेम्बर १८
आदरणीय दाजुभाई तथा दिदि वहिनीहरु साथै  विभिन्न सञ्चार माध्यमहरु,
समाजमा रहेका जोस कसैले पनि आफुमाथी परेको दुख र पिडालाई पोख्न र व्यक्त गर्न पाउँछन् । जस अर्न्तगत यि निवेदकहरुले पनि गैर आवासिय नेपाली संघ पोर्चुगलमा मेरो विरुद्धमा निवेदन दिए । दुवै पक्षको कुरा सुनि सके पछाडी श्री रमेश कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले आउँदो आइतबार विहानको १० बजे पुन बैठक बस्ने र म भरतकुमार श्रेष्ठलाई कहि कतै फिनान्स र से गुरान्सा सोसियलको समस्या भएमा समाधान गरी आउने । नभएमा सकारात्मक काजगपत्र लिएर आउने निर्णय सभा विर्षन भएको थियो । मैले कम्पनीको सकारात्मक कागजहरु पूरा गरिरकेको अवस्थामा र त्यो दिन आज आइतबार आउनुभन्दा पनि अगावै मेरो नाम र फोटो राखेर विभिन्न अनलाइन पत्रपत्रिकाहरु डिसिनेपाल, नेपाल जापान, लगायत विभिन्न पत्रपत्रिकाहरुमा म र एनआरएन पोर्चुगललाई नै सामुहिक रुपमा मुछेर सञ्चारमाझ एनआरएन र मेरो व्यक्तिगत चरित्रहत्या गरेर मजा लिएको हुँदा दोषी माथी कडा भन्दा कडा कारवाही गर्न माग राख्दछु ।

बाबुकाजि राउत, सरोज बास्तोला, र गणेश सापकोटा लाई भिन्दा भिन्दै कारण लिगल ईन्ट्री नभएको, वर्क परमिट नभएको र पोर्चुगलमा आउनुका आसय नखुलेकाले यहाँको सरकारले २० दिनभित्रमा पोर्चुगल छाड्न निर्देशन गरेको छ । बर्तमान अवस्थामा आउँदा असहज परिस्थिति बनेको छ । निबेदकहरुको डेनमार्कको मात्रै स्टुडेन्ट भिसा भएको र आर्टिकल ८८.२ मा इम्रिगेसन कानुन अनुसार सिन्जेन भिषा अनिवार्य हुनुपर्ने र अवैधानिक रुपमा रहेका र कामको कन्ट्याक भएका व्यक्तिलाई लिगल बनाउन भनि यो धारा खुलेको हो । वहाँहरुको आफ्नो व्यक्तिगत कागजी समस्याले वहाँहरुलाई यो अवस्था भएको हो । मेरो कम्पनीबाट कुनै त्रुटि र कमि नभएको प्रमाण समेत म उपलब्ध गराउन तयार छु ।]

भरत कुमार श्रेष्ठ

पोर्चुगल

———————————————————————————————————

बाबुकाजी राउत / पोर्चुगल

देशमा दिनदिनानु बढेको बेरोजगारी, राजनीतिक अस्थिरता र अन्योलसँगै नेपाली युबायुबतीहरु वैदेशिक रोजगारको अवसर र आफ्नो जीबनको सुन्दर भबिष्य खोज्दै बिकसित मुलुकहरुमा जाने क्रम बढिरहेको स्थिति छ भने पोर्तुगलमा पनि यो क्रम बढिरहेको छ । सन् २००७ देखि खुलिरहेको इमिग्रशनले गर्दा युरोपको विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरुको आगमन पोर्तुगलमा व्हात्तै बढेको हो ।

पोर्तुगलमा नेपाली समुदाएको बृदिसंगै बेरोजगारीको संख्यामा पनि दिनहु बृदि हुदै गैरहेको छ भने ब्यबसाय गर्ने नेपालीहरुको संख्यामा पनि निक्कै बृदि भैरहेको छ । यसरी ब्यबसाय गर्नेहरुमा कोही स्थापित पनि भैसकेको छन भने केही संख्याका ब्यबसायहरु नेपालीहरुलाई नै ठगि गर्ने उदेश्यका साथ् खोलिएको पनि पाइएको छ । पोर्तुगलमा कार्ड बनाउनको लागि अनिबार्य कामको कन्ट्रयाक चाहिने र यहाँ काम पाउन गाह्रो हुँदै गैरहेको स्थितिमा ठगिको उदेश्य लिएर खोलिएका यस्ता ब्यबसायहरुले मौकामा चौक्का हान्दै पोर्तुगलमा जसरी- तसरी पनि कार्ड बनाउनु पर्छ भन्ने नयाँ, सिधा-साधा नेपालीहरुलाई कामको कन्ट्रयाक बेच्न्ने गरेको छ भने त्यस्ता कन्ट्रयाकहरु अपत्यारिलो र आबस्यक संख्या भन्दा बढी बेचेका कारण पोर्तुगलको इमिग्रेशन संस्था SEF ले त्यस्ता व्यापार ब्यबसायीहरुलाई अहिले कालो सुचीमा राखेको छ ।

नेपाली ब्यबसायीहरुको यस्तो कालो धन्दाका कारण कयौं सिधा- साधा नेपालीहरु पिडित बन्दै गैरहेका छन् । यसरी नै ठगि गर्ने आवश्यक तनहुका भरतकुमार श्रेष्ठले BONITO-DIA (VISIT NEPAL) नाम गरेको रेस्टुरेन्ट खोलेको र दिनको २० देखि ३० यूरोसम्म व्यापार हुने उक्त रेस्टुरेन्टबाट आवश्यक भन्दा बढी १६ जना सिधा-साधा नेपालीहरुलाई प्रति व्यक्ति १५०० यूरो सम्ममा कामको कन्ट्रयाक बेचेको र हाल उक्क्त BONITO-DIA (VISIT NEPAL) रेस्टुरेन्टलाई SEF ले कालो सुचीमा राखेको कारण पिडित नेपाली युवाहरुले सामुहिक रुपमा पोर्तुगल स्थित एन. आर. एन. को कार्यालयमा क्षेतिपूर्तिको लागि पहल गरिदिन निबेदन दिएका थिए ।

अचेल एन. आर. एन. पोर्तुगलमा यस्ता ठगि प्रकरणका थुप्रै निबेदन पर्न थालेको छ भने भरत श्रेष्ठ प्रकरण एउटा उदाहरण मात्र हो । तर एन. आ.र एन. का पदाधिकारीहरुमा पनि ब्यबसायी गर्नेहरुकै बाहुल्यता रहेकै कारण यस्तो निबेदनहरु परेपनि पिडितहरुको पक्षमा न्याय हुने कुरा क्षीण हुँदै गैरहेको छ । यस्तो हुनु भनेको पोर्तुगल स्थित नेपाली समाजको दुर्भाग्य र बिश्वमा छरिएर रहेका नेपालीहरुको आस्थाको सस्था एन. आर.एन को बेइजत पनि हो । आशा गरौं आउँदा दिनहरुमा प्रबाशमा कुनै पनि नेपाली नठगीयोस र एन. आर. एनमा परेका यस्ता निबेदनहरु माथि सहि निर्णय होस् ।.

तपाइँको प्रतिक्रिया