आउँ हामी इमान जमानको कुरा गरौं

-सुभासचन्द्र देवकोटा 

आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, 

थारै भए पनि  देशको कुरा गरौं  

कति छोरा छोरीको मात्रै चिन्ता गर्ने, 

कति  कमिसन ठेक्काको मात्रै कुरा गर्ने, 

घर घडेरीको कुरा पनि धरै गरियो,  

आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, 

थारै भए पनि देशको कुरा गरौं

  

हुम्लामा परेको अनिकालको कुरा गरौं, 

जुम्लामा फैलिएको महामारीको कुरा गरौं, 

नदी कटानमा परेको गाउको कुरा गरौं 

आफनै बारेमा धेरै कुरा गरियो,               

आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, 

थारै भए पनि  देशको कुरा गरौं  

 

 

कतै सीमा मिचिएको कुरा उठेको , 

कतै भाइ लुटिएको कुरा छापिएको , 

स्कुल चुहियो रे, अस्पताल ढल्यो रे, 

कति आफ्नैको मात्र कुरा गर्ने, 

सरुवा बढुवाको कुरा पनि धेरै गरियो, 

आउँ हामी एकै छिनर् इमान जमानको कुरा गरौं, 

थारै भए पनि  देशको कुरा गरौं  

 

थिच्दै जन्मथात छोड्नेहरुको कुरागरौं, 

आफन्तहरुको वियोगमा आँशु चुहाउदै बांच्नेहरुको कुरा गरौ, 

भरीयाका कुरा गरौ, गोठालाहरुको कुरा गरौ, 

कति स्वास्नी साला सालीको मात्रै कुरा गर्ने  

कति विदेश डलरको मात्र कुरागर्ने,  

आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं, 

थारै भए पनि  देशको कुरा गरौं  

फेडेरेसन अफ कम्युनिटी फरेस्ट्री यूजर्स अफ नेपाल 

पुरानो बानेश्वर, काठमाडौं 

ईमेल- [email protected]

तपाइँको प्रतिक्रिया