खाटमूनी लुकेर नाच्ने वालिकाको बेल्जियममा कत्रो चर्चा !

सन्तोष न्यौपाने / बेल्जियम

सायद बेल्जियममा ९ वर्षिय रिया राईलाई नचिन्ने कमै होलान् । उनको नाच्ने र बोल्ने कलाको कारण उनी यहाँको नेपाली समाजमा त्यस्तरि चिनिएकि हुन् । नाच्न मात्र होइन बोल्ने कलाले समेत अन्य पाका ब्यत्तिहरुलाई चकित तुल्याउछिन रिया । भर्खर कक्षा ५ मा अध्ययन गर्दै रहेकि रिया यहाँको कुनैपनि सांस्क्रितिक कार्यक्रममा सहभागि हुन्छिन र विभिन्न हिन्दि, नेपाली तथा अंग्रेजी गितमा नाच प्रस्तुत गछिैन । उनको नाच हेरेर प्रशंसा नगर्ने र नाचबाट प्रभावित नहुने ब्यत्ति कमै छन बेल्जियममा ।

‘हामी सबैले नेपाललाई माया गरौं किनकि देशले हामी सबैको माया खोजिरहेको छ । ’अधिकासं स्टेज कार्यक्रममा यस्तै गरेर सन्देश छाडछिन । पढाइमा पनि उत्तिकै तेज छिन । स्कुलमा उनी नेदरल्याण्ड भाषामा अध्ययन गर्ने गर्छिन । विद्दयालयको समय बाहेक विदाको समय प्राय उनी घरमै एक्लै म्युजिकको साथमा नाच्ने गर्छिैन । रियाले बेल्जियममा हुने थुप्रै सांस्क्रितिक प्रतियोगितामा भाग लिएर पुरस्कार पनि जितिसकेकि छिन ।

 “तिन वर्षको हुँदा खाट मुनि लुकेर एक्लै नाच्ने गर्थि” उनकि आमा शोभा सम्झिन्छिन् । उसलाई नाच कसैले सिकाउनु परेन । उनको नाच देखेर धेरैले प्रशंसा गर्ने गरेकोमा आमा शोभापनि दंग छिन् ।

त्यसो त उनको प्रतिभा देखेपछि घरमै बोलाएर कोशेली दिन आउनेहरुपनि उत्तिकै छन् बेल्जियममा । ब्रुज शहरमा बस्दै आएका कृण्ण श्रेष्ठ रियाको नाच देखेर दंग पर्ने मध्ये एक हुन् । रीया सात वर्षकि हुँदा उनको नाच देखेर प्रभावित बनेका उनी रियालाई प्रोत्साहनस्वरुप एक सय यूरो (दश हजार रुपियाँ) दिन घरैमा गएको बताए ।

यहाँका धेरै बालबालिकाहरु आआफनो कला अनुरुप भविष्यमा सोहि अनुरुप जाने बताउँछन् । तर रिया भने आफ्नो नाच्ने कलालाई फुर्सदको बेलामा मात्र प्रयोग गर्ने बताउँछिन । “म डाक्टर बनेर नेपालमा रहेका नेपालीहरुको सहयोग गर्न चाहन्छु” आम वालवालिकाको डाक्टर, पाइलोट र ईञ्जिनियरिङ बन्ने वाल ईक्ष्छा झैं रियालेपनि  भनिन “यहि नै मेरो जिन्दगिको लक्ष्य रहेको छ ।”

कार्यक्रममा सम्बोधन गर्नपनि उत्तिकै सिपालू रियाले आफनो मुटुमा आधा परिवारका रुपमा सिंगो देश नेपाल र आधा मुटुमा आफ्ना साथीसंगीहरु रहेको बताइन् ।

तपाइँको प्रतिक्रिया