राजदूतावासले यस्तो झुठो बक्तब्य दिने ?
(राजदूतावास र आयोजक संस्थाको फरक बक्तब्य हेर्नुस)
राष्ट्रको हित, देशका विविध क्षेत्रको प्रवर्धन गर्नु पर्ने विदेशमा रहेका नेपाली राजदूतावासलेनै राष्ट्रिय सम्पत्ती र अख्तियारीको दूरुपयोग गर्दै झुठो बक्त्ब्य दिए भने के भन्ने ? कसलाई पत्याउने ? राष्ट्रिय सम्पत्तीको दूरुपयोग गर्दै सरकार, आम जनता र बिदेशस्थित संघ संस्थालाई यस्तो झुठो बक्तब्य दिएर गुमराहमा पार्न मिल्छ ? पेरिसस्थित नेपाली राजदूतावासले यस्तै झुठो बक्तब्य जारी गरेको फेला परेको छ ।

फ्रान्सको राजधानी पेरिस स्थित पोख्त द भेसाई भन्ने ठाउँमा गत सेप्टेम्बर २० देखि २३ सम्म पर्यटन संवन्धि ठूलो मेला भएको थियो। त्यो मेला रिड ट्राभल एक्जिबिसन्स भन्ने संस्थाले आयोजना गरेको थियो । मेलापछि उक्त संस्थाले जारी गरेको प्रेस बिज्ञप्तीमा सो मेलामा जम्मा २७ हजार ५५२ जनाले मेला अवलोकन गरेको उल्लेख गरिएको छ (बक्तब्य हेर्नुस्) । तर फ्रान्सस्थित नेपाली राजदूतावासले जारी गरेको बिज्ञप्तीमा भने त्यसलाई ढाँटेर २ लाख आगन्तुकले मेला अवलोकन गरेको जनाइएको छ । (नेपाली दूतावासको पेरिसको बक्तब्य यहाँ क्लिक गरेर हेर्नुस् । तर यो समाचारपछि राजदूत मोहनक्रिष्ण श्रेष्ठले हटाउन सक्छन् ।) नेपाल पर्यटन बोर्डको अगुवाईमा भएको र पेरिसस्थित नेपाली रजदूतावासले सहयोग गरेकोमा त्यसलाई बंग्याएर नेपाली दूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले सहभागिता जनाएको उल्लेख छ ।
नेपाल पर्यटन बोर्डको खर्च र सहभागितामा भएको यो मेलामा सहभागि हुन भन्दै पेरिस स्थित नेपाली दूतावासका तर्फबाट बजेट निकासा गरिएको र हुँदै नभएको सहभागिता संख्या बढाएर दुई लाख देखाउनुको कारण के हो ? धेरै आगन्तुकलाई सेवा दिन भन्दै मोटो रकम परराष्ट्र मन्त्रालयबाट निकासा गरिएकोले त्यसलाई पचाउनकालागि सहभागि संख्या बढाइएको स्रोतको दाबी छ ।
अघिल्ला कार्यक्रमका बक्तब्यहरुमा राजदूत मोहन क्रिष्ण श्रेष्ठले आफैंले हस्ताक्षर गर्ने गरेका थिए । यो बक्तब्यमा राजदूतावासका भरत खनालले हस्ताक्षर गरेका छन् । यस्तो झुठो बक्तब्यमा आफूले हस्ताक्षर नगरेर आफूभन्दा तल्ला कर्मचारीलाई हस्ताक्षर गर्न लगाउनुको अर्थ तल्ला कर्मचारीलाइ फसाउने नियत राजदूतको रहेको देखिन्छ । खनाललेपनि झुठो बक्तब्य हेर्दै नहेरि र बुझ्दै नबुझि किन हस्ताक्षर धस्काए ? राजदूतको दबाबमा उनले के झुठो बक्तब्यमा हस्ताक्षर गर्न मिल्छ ? कि उनी राजदूतका विश्वासपात्र हुनैका लागि यस्तो झुठो बक्तब्यमा दस्तखत गरेका हुन् ?
राजदूतावासको लेखा राख्ने उनले यस अघिपनि राजदूत मोहन क्रिष्ण श्रेष्ठकै दबाबमा राजदूत निवासमा बसेर लेखाको छिनोफानो गरेका थिए । परराष्ट्र मन्त्रालयको लेखा शाखाका उपसचिव दूर्गा रायमाझी र महालेखा परिक्षकका महादत्त र नेत्रप्रसाद गौतम लेखा परिक्षण गर्न आएउनु अघि राजदूत श्रेष्ठको निर्देशनमा यसो गरिएको थियो । यसैगरि बक्तब्यमा २४ सेप्टेम्बर २०११ मै भएको एक अर्को कार्यक्रममा राजदूत मोहन क्रिष्ण श्रेष्ठ र उनकी पत्नी सजना श्रेष्ठले प्रमुख अतिथिको रुपमा भाग लिएको भन्ने उल्लेख छ । नेपाली दूतावासको लाहा छाप प्रयोग गरि उनकी श्रीमतीको नाम बिज्ञापन गराउनु कूटनितिक मर्याद बिरुद्द र उनैको अख्तियारीकोपनि उल्लंघन हो । तर उनले आफ्नो अख्तियारीको दूरुपयोग पटक पटक यसैगरि गर्दैआएका छन् ।
त्यति मात्रै होइन, यहि झुठो बक्तब्य वीक्ली नेपाल डट कमले समेत छापेको छ । स्रोतका अनुसार उनले यहि समाचार देखाउँदै परराष्ट्र मन्त्रालयमा ठूलो काम गरेको दाबी गरेका थिए । तलको सामचार हेर्नुस वीक्ली नेपाल डटकमको । लिंक हेर्न यहाँ क्लिक गर्नुस ।
फ्रान्सको पर्यटन मेलामा नेपाल सहभागी
वर्षेनी आयोजना हुने फ्रान्सको सबभन्दा ठूलो र महत्त्वपूर्ण पर्यटन मेला ‘इन्टरनेसनल रिच ट्राभल मेला’ सम्पन्न भएको छ। सो मेलामा पेरिसस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले समेत पहिलोपटक सहभागिता जनाएको छ। पर्यटनसँग सम्बन्धित व्यापारिक तथा करिब दुई लाख निजी पर्यटकले अवलोकन गरेको सो मेलामा ६ महादेशका करिब ८० मुलुकले भाग लिएको नेपाली दूतावास पेरिसले जनाएको छ। मेलामा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ तथा राजदूतावासका अन्य अधिकृत/कर्मचारीहरूले समेत सघाएको बताइएको छ।
पर्यटन ब्ाोर्डका प्रतिनिधि दीपकराज जोशीका अनुसार मेलामा फ्रेन्च तथा अन्य देशका पर्यटनसम्बन्धी कम्पनीका प्रतिनिधिहरूले नेपालबारे जिज्ञासा राख्दै अनेक जानकारी लिएका थिए। नेपाल तथा फ्रान्सबीच सीधा हवाई सम्पर्क भएमा नेपाल भ्रमण गर्ने फ्रेन्च पर्यटकको सङ्ख्यामा निकै बढोत्तरी हुने प्रतिक्रिया मेलामा सुनिएको जोशीको कथन छ।
यसैबीच, गत शनिबार आयोजित एक अर्को कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै राजदूत श्रेष्ठले पर्यटकीय गन्तव्यका रूपमा नेपालको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।
(पछिल्लो बक्तब्यको मुख्य भाग दुई पेज मात्रै राखेको छु, अन्य पेज असंबन्धित भएकाले नराखिएको हो-नेपालप्लस)।
संबन्धित अन्य लेख–







