फ्रान्समा हुने भो यूरोप स्तरिय न्रित्य प्रतिस्पर्धा
अस्ति बेल्जियम, फ्रान्स र नेदरल्याण्डका केहि मित्रहरुसित जम्न पाइयो । लामो समय देखि चिनिएका वरिस्ठ सितार बाधक दाई नरेन्द्र बाटाजुदाइको सितारसुन्न पाइयो । केहि महिनादेखि नेटबाट मित्र बनेका पुष्प बरुवालजीसित प्रत्यक्ष भेटेर केहि अनुभव लिन पाइयो । उता नेदरल्याण्डकै क्रिष्ण बहादुर विष्ट जो कविताकोर्न पारखिपनि रहेछन्, उनीसित छड्के र बांगाटिंगा कुरा गरेर हाँसियो । बेल्जियमका कलाकार उज्ज्वल केसीजी र नेदरल्याण्डकै मित्र फणिन्द्र पन्तसितपनि परिचित भयौं । ति साथीहरुका बिचार सुनियो । नेपालकालागि तिनले गरेका काम र जाँघर देख्दा लोभ लाग्थ्यो । भेटघाट यसैपनि अर्थपूर्ण र ओजिलो थियो । यूरोप स्तरिय न्रित्य प्रतिस्पर्धा गराउने । हामी फ्रान्समा बसेकाको नाक यसैपनि लौका जत्रो हुने भो । किनभने यो न्रित्य प्रतिस्पर्धा पेरिसमा हुने भएकोले । केहि बेर ताता ताता बहस भए ।
हामी फ्रान्सका तर्फबाट पाकोफेन संस्थाका जिता कटुवाल, सुमित्रा प्रधान, नेपाली एकता समाज समाजका अध्यक्ष तप्त भण्डारी र विकास वागदास थिए । संस्थागत रुपमै सबै नेपाली संस्था मिलेर यो कार्यक्रम साझा तरिकाले मनाउन प्रस्ताब गरेका रहेछन् । नेपाली सांस्क्रितिक ग्रिहले संस्थागत संलग्नता गर्ने कि नगर्ने निर्णय गरिनसकेकाले एक्लै भएपनि सहयोग गर्छु भन्दै हेमन्त उपाध्याय आइपुगेका थिए । एन आर एन फ्रान्सले त यस्तो कार्यक्रममा सहभागिता जनाउने भएन । एभरेस्ट एसोसियसनलेपनि अस्विकार गरेछ । अरुका त आआफ्ना उद्देश्य होलान् नै । तर नेपाली सांस्क्रितिक ग्रिहको त उद्देश्यनै संस्क्रितिको प्रवर्धन र प्रचार प्रसार गर्ने । एन आर एनको झन नेपाल र नेपाली सित सरोकारका विषय सबैमा संलग्नता देखाउने । तर एन आर एन फ्रान्सले ठाडै अस्विकार गरेछ । तरपनि नेपाली एकता समाज र पाकोफेन संस्थागत रुपमा कस्सिए । हामीले आफ्नो तर्फबाट जे जे गर्नुपर्छ जिम्मेवारी दिन भन्यौं । दिएका जिम्मेवारी सबैले पूरा गर्ने बचन गरियो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकारको यूरोप शाखा संयोजक बनाएका रहेछन् नीता श्रेष्ठलाई । ‘यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता २०१२’ नाम दिइएको यो प्रतियोगिता अप्रिलको १५ तारिख गर्ने निधो भएको रहेछ । त्यसमा यूरोप भरि जति देश छन् ति देशमा रहेका नेपालीहरुले भाग लिन पाउने छन् । एउटा देशबाट दुई कलाकारले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रत्येक कलाकारले दुई वटा न्रित्य देखाउन पाइन्छ । एउटा लोकन्रित्य र अर्को आधुनिक । प्रथम हुनेले ७०० यूरो र प्रमाणपत्र । दोस्रोलाई ५०० यूरो र तेस्रोलाई ३०० यूरो। सान्त्वना पुरस्कार दुई जनाले पाउने छन् १०१ यूरोका दरले । ति पुरस्कार मध्येपनि पहिलो र तेस्रो बेल्जियमले, दोस्रो नेदरल्याण्ड र सान्त्वना पुरस्कार पुष्प बडुवालजीले ब्यवस्था गर्ने बचन दिइसकेका रहेछन् । सहयोगका हातपनि फैलाउन थालिसकेका छन् । पोल्याण्डबाट दुई सय यूरो सहयोग घोषणा भैसकेको छ । एक हप्ताभित्रमा हल खोज्ने काम हुनेछ । कम्तिमा चार सयको उपस्थिति हुन्छ भन्ने अनुमान छ । हल साजसज्जा, अतिथि सत्कार, प्रचार प्रसार, सम्पर्क, अन्य ब्यवस्थापनकालागि फ्रान्समा छुट्टै उपसमितीहरु बन्ने छन् । यो प्रतियोगिताकालागि संयोजकको जिम्मेवारी सुम्पिएका छन् नीता श्रेष्ठलाई ।
फ्रान्समै आयोजित हुने । पुरस्कार अरु देशले ब्यहोरिदिएरपनि आयोजक हुन पाइने । नेपालबाट रेखा थापा जस्ता केहि कलाकारपनि ल्याउने । नेपालको कला र संस्क्रितिलाई यूरोपमा प्रचारप्रसार गर्न र चिनाउने पाइने । फ्रान्सवासी नेपालीकालागि यो ठूलो अवसर हो र जसले साथ दिँदै छन् संलग्नता जनाउँदै छन् तिनको लागि अवशरपनि हो यो । यसकालागि हामी नेपालीहरु जो संलग्न छौं, हुने पक्षमा छौं जुनसुकै मूल्य चुकाएर, जतिसुकै मेहनत गरेर भएपनि सफल बनाउने छौं । यो चुनौती, अवशर र परिक्षा दुबै हो ।





