कविता : ‘ऊ–मेरो प्रिय सर्जक’

 ● विध्या सापकोटा

त्यतिबेला–

छङ्–छङ्–छङ्

पानीको प्रवाहमा रंगिँदै,

छुस्स–छुस्स

हावाको स्पर्शमा कुत्कुतिँदै,

नयनमा

सपनाको बिस्कुन सुकाउदैथ्यो ‘ऊ’ ।।

…………………………………

पछि–

फूललाई छाडेर

‘आगोमा पिरती सार्यो रे’ सुनेँ

आशुको गहिराइमा

‘मुस्कान खोज्दैछ रे’ पनि सुनेँ

………………………………..।।

पछिसम्मै–

समयदिर्घाका काला बकुल्लाहरु

फैलाउदैंथे, ‘पागलपनको अपवाह’

…………………………………

ऊ भने

लीन थियो रोपाइँमा,

लगाउँदै मुटुको पानी

भिजाउँदैथ्यो कागजी गराहरु,

उमार्दै बिम्बको पराग

रोप्दै थ्यो अक्षरका बेर्नाहरु ।।

…………………………………

साँच्चै,

मेरै आँखाको धुरी भएर

उड्दै थियो / उडिरहेकै थियो

‘ऊ’

माथि–माथि–माथि

……………….

चेतनाको बीज

छर्दै / च्याप्दै, च्याप्दै / छर्दै

नीला चिलहरुको जन्ति सँगसँगै ।।

([email protected])

तपाइँको प्रतिक्रिया