सुसुप्तता

विद्या सापकोटानिर्जला

 

मुरली प्रसाद गाँउका प्रसिद्ध पण्डित थिए उनको पण्डित्याइ चारगाँउ परसम्म फैलिएको थियो त्यो भन्दा पनि महत्वकासाथ उनका चंचल आँखा धूर्तताको बयान घरघरमा हुन्थ्यो हुनपनि उनी जातपात उचनीचको विषयमा खुब निन्दोचर्चो गर्थे आफुभन्दा निर्धा सानालाइ थर्काउन कुनै कारण नै चाहिदैंनथ्यो उनको महिलावादी विचारसँग सबै परिचित थिए अगाडी अनेक उखानटुक्का जोडेर फुर्क्याउने अरुसँग आइमाइको जातलाइ माथि उचाल्दा अनिष्ट” भन्न समेत पछि पर्दैनथे । तर तुरुन्तै बदलिन पनि सक्थे मान्छेको औकात, जात, कुल हेरेर कुरा गर्न उचाल्न पछार्न सिपालु थिए त्यसैले कसैले पनि उनलाइ हत्तपत्त पक्रन सक्दैनथे जे होस, उनि निष्ठावान थिए देश खाएका थिए पढेलेखेका थिए सच्चा ब्रामण थिए पनि किन होउनका चंचल चम्किला आँखाबाट जोगिन सुझाव दिइन्थ्यो, विशेष महिला वर्गलाइ

 

 

उनको बाल्यकाल त्यति सुखद थिएन पश्चिमको कुनै सानो गाँउमा जन्मिएका थिए उनी पुरेत्याइँ गर्ने उनका बाबुले घरमा त्यति समय दिन सकेनन् घरका सारा काम ब्रामण धर्म निभाउनै पर्ने अभावको जीवन उनकि आमाले थेग्न सकिनन सुत्केरी भएको केहि दिनमै संसारबाट बिदा भइन् यो समाजको निति नियम पनि बडो बिचित्रको घरकी स्वास्निलाइ भोकभोकै सुकाउदा, छोराछोरीको जिउ नाङ्गो हुदाँ, लाखौं प्रताडना दिदाँ पनि कसैलाइ केहि मतलव हुँदैन । जव कसैकी छदाखादा की स्वास्नि मर्छे भोलि पल्टदेखि नै बिहे गर्नुपर्छ भनेर सल्लाह दिने आफ्नी कलकलाउदी छोरीको लाइन लगाइदिनेको कमि हुदैन कसैले आपत्ति जनाइदिइ हालेमा मृतक आमाले छाडेर गएकी उसको सन्तानको लालनपालनको लागि भनिदियो, सजिलै उन्मत्ति पाइहालिन्छ

 

हुनपनि महिलाको पक्षमा कहाँ कहिले निर्णय हुन्छ र ? यहाँ पनि यस्तै भयो, मुरलीका पिता धरणीले कान्छि भित्राए कलिलि केटी त्यसमा पनि सौतेनी बच्चा कान्छि आमा मुरलीप्रति कहिल्यै उदार बनिनन् मामाघरकी हजुरआमाले यो सब हेरिरहन सकिनन् एकदिन आफ्नो नाति च्यापेर लगिन् मामाघर मै उनको लालनपालन भयो उतापनि माइजुहरुको छटपटि कम्ति थिएन तैपनि सासु नै हर्ताकर्ता भएकोले कसैले मुख खोल्न भने सन्दैनथे हजुरबा कम्ति नामी पण्डित थिएनन् उनको आवाजमा जादु थियो मानौं शब्दैपिच्छे केहि केहि अमृतवाणी भर्छ भन्थे जान्नेहरु दुरदर्शि हजुरबाले नातिले पछि यो भन्दा बढि दुख नपाओस् भनेर एकजना दानी यजमानले दिएको जग्गा उनैको नाममा गरिदिए सानोतिनो गुजाराकोको व्यवस्था पनि मिलाइदिए यसरि मुरलीप्रसाद यो गाँउमा आइपुगे

 

सानैदेखि हजुरबाको अघिपछि भएकोले होला उनमा पनि त्यसको प्रभाव पर्‍यो उनको दैनिकी पनि औंशि, पूर्णीमा, एकादशी, द्धतिया ………..भन्दै पात्रो पल्टाउदै जजमानहरुको घरघरमा श्राद्ध, रुद्री ………..गर्दैमा बित्न थाल्यो होचो कदका भएपनि हृष्टपुष्ट, फुर्तिला र फरासिला मुरलिले छिट्टै नै सबैका मन जित्दै गए विदुर बुढाहरुलाइ समेत पाल्नसक्छ भनेर आफ्ना चेलीहरुको लाइन लगाइदिने हाम्रो समाजमा लक्का जवानलाइ छोरी दिनेको के कमि थियो ?

 

मुरलीप्रसादको पनि धुमधामसँग विवाह भयो मुरलि कमलाको जोडिको खुव तारिफ भयो हुनपनि कमला शिलस्वभावले युक्त गुणवती थिइन् दिनहरु बित्दै गए मुरलिले आफ्नो प्रभाव बढाउदै लगे आफ्नो यजमान खोसेको भनेर उनको खोइरो खन्नेहरुको पनि कम्ति थिइनन् उनि पनि कम्ति आडम्बरी थिएनन् । तर उनको व्यक्तित्वले त्यसलाई छोपेको थियो फेरी हजुरबाको कृपा दृष्टि परेकाले पनि उनलाइ कसैले डगमगाउन सकेका थिएनन् अरुहरुलाइटपरेबाहुन सभ्यताकासाथ भनिहालेपुरेतबासम्म भनिन्थ्यो । तर उनी पढेका प्रत्येक कुरालाइ अर्थ्याएर बुझाउन सक्ने भएकाले सबैका सम्मानितपण्डित बाभएका थिए उनका दुइ छोरा दुइ छोरी जन्मिए लाग्यो अब उनका दुखका दिन टाढिदै गए

 

समय कहाँ सधै एउटै रफ्तारमा चल्थ्यो ! उनका कुदिन फेरी शुरु भए एकदिन उनि पल्लो गाँउका पुजापाठ गर्न गएका थिए भदौंको बेला, झरीको मौसम अबेरसम्मपनि पति घर नआइपुगेकोले कमला चिन्तित थिइन् साना बच्चाहरु निदाइसकेका थिए कसैले बाजे यजमान कहाँबाट दिउसै हिडिसक्नु भएको खबर दियो कमला आत्तिदै पल्लो गाँउतिर हानिइन् बाजे वारी आइसकेका थिए, उनले देखिनन् हेर्दा हेर्दै भेल उर्लेर आयो मुरलीले जति प्रयास गरेपनि उनलाइ बचाउन सकेनन्   खोलामा हेलिएकी कमला स्याउते खोलाको बहाबसँगै बगेर गइन् उनको जिन्दगीमा फेरी उहिदिन दोहरियो वर्षेनीका साना बच्चा स्याहार्नु सानो सजिलो कुरा होइन । तर जसले जति अर्ति दिएपनि उनले अर्को विवाह गर्न मानेनन् सायद आफूले भोगेको पिडादायी बाल्यकाल आफ्ना अबोध शिशुलाइ दिन उनको मन राजि भएन

 

पुतलीको बिहानै उठेर नुहाउने बानि थियो गाँउघरका घरैपिच्छे धारा हुने कुरै भएन बिहानै खोलामा डुबुल्कि मार्ने हिम्मत जुटाउन पनि गाह्रो त्यसैले उनि हरेक झिसमिसेमै छिमेकीको धारामा नुहाउथिन् घरका सारा काम पनि भ्याउनु थियो गाँउघरका तल्लो जात भनेर अकारण हेपिनु छदैंछ, फेरी गरिवीले पर हूत्याएर उसको लोग्नेमाइलोमुग्लान भासियो कलिलो उमेरमै उसलाइघरबुढीभएर बस्नु परेको लोग्नेको दिर्घायुको लागि भनेर हर सोमबार ब्रत राख्छे लामो कपाल, गोरो अनुहार, हाँसेर बोल्ने बानी । समग्रमा राम्री थिइ पुतलिको त्यो छिमेकी अरु कोहि नभएर जातभातका कट्टरपन्थि उनै पण्डित बाजे थिए

मुरलीप्रसादले दोश्रो बिहे गरेनन् । अब उनका नातिनातिना पनि जन्मिसकेका थिए छोराहरुले बाबुको बिडों समाएर सबै कामकारबाही जिम्मा लिइसकेका थिए साना नाति नातिनासँगै उनको समय गइरहेको थियो । तर उनको मनले कताकता युवतिहरुप्रति चाहि बढि नै लगाव राख्थ्यो उनि सचेत थिए आफुलाइ लुकाउन यति हुँदाहुँदै पनि गाँउसमाजका उनका चंचल आँखा धुर्तताको बढी नै चर्चा चल्थ्यो बाजेले आफ्ना बुहारीहरु आफूले भनेको मान्ने सबैलाइ खबरदारी गरेका थिए भर्खरै बसाइ सरेर आएका तल्ला जातकाहरुसँग संगत, लेनदेन सकेसम्म बोलचाल समेत नगर्नु अन्यथा आफूलाइ सह्य हुन्न भनेर बाजे आफू झन् कसरी किन सहन्थे ? विचरा पुतलीको लोग्ने पानी लिन जादाँ कयौपटक बाटोबाट फर्किएको आफ्ना अनुहार देखेर बाजेको साइत बिग्रन्छ कीभन्ने सोचेर तर अचम्म पुतलीलाइ भने उनले कहिल्यै गालि गरेको देखिएन, सुनिएन स्त्रीजाती भनेर बाजेले दया देखाएका भन्ने तर्क थियो गाँउलेहरुको

 

बाजे चिया लिनु भो ?

 

कसले दिन्छ बा ?

 

बाहुन नानिहरु कहाँ जानु भो ?

 

होलान् नि यतै, कसलाइ पो मेरो मतलव ?

 

……………….!

 

पुतलीसँग बाजेको यस्तै कुरा हुन्थ्यो पुतली मिहिनेती थिइ रसिलि हसिली थिइ । सबैसँग मिल्न सक्ने पनि थिइ । तर बाजेका बुहारीहरु ससुराको डरले कम मात्र बोल्थे

 

दिनहरु बित्दै गए बाजे बार्दलिको आफ्नै कोठामा बसेर चिना पात्रो पल्टाइरहनछन् बच्चाहरुसँग रमाउछन् उनको पहिलेदेखि कै बानि हो, जुरुक्क उठेर बार्दलिबाट दुनियाँ निहाल्ने अहिले अलिकती समय बदलिएछ हेर्ने कुरा पनि बुढा हरेक दिन पुतलीको नुहाउने समय कुरेर पो बस्दा रहेछन् पुतलीले बिस्तारै साना नानीहरुहरुबाट यो कुरा थाहा पाइ यस्तो सुनेर अमिलो मन बनाइ धारोनै बदल्दिइ

 

बाजेले यसो देखेमा बोलाउथे, ‘नानि आजकाल नुहाउन पनि आउन्नस्, किन हो ? कसैले केहि भन्यो कि ?’ कम्ति बोल्थि मन नलागि नलागि, ‘हैन बाजे राति नै नुहाएर जान्छु काम पनि भ्याउन पर्छ बाजे  आफ्नो बानी कसैलाइ थाहा छैन भनेर केके केके बोलिरहन्थे ।पुतली आक्रोशमा फतफताउथी, ‘यो गिद्ध बस्ने ठाँउ पो रहेछ बुढाले गाँउका एक्लै छाड्न मानेनन्, पछि लागेर आए उता बाघभालुको मात्र डर हुन्थ्यो यहाँ सभ्य ब्वाँसाहरु बस्दा रहेछन् ‘ ‘कसले के यो बा, हामि यहाँ हुदाँहुदै ?’ बाजे ढाडस दिन्थे

 

पछिपछि मुरली बाजेले बिचित्रको व्याबहार देखाउन थालेका थिए उनलाइ रक्तचापको रोग भन्थे छोराबुहारी यता उता लाग्यो कि बाजे कहिले पोखरीमा डुबुल्कि मार्न जान्थे कहिले विनाकारण भिरभि रै, खोलाको तिरतिरै हिड्न थालेका थिए एक्लै केके केके बर्बराइरहन्थे उनको पागलपनबाट सब आजित हुन लागेका थिए

 

रक्षाबन्धनको दिन छोराहरु जनै बोकेर गाँउतिर लागे बुहारीहरु घासपात, धरधन्दाका लागि । बच्चाहरु यता उता खेल्न दौडिए बाजे घरमा एक्लै परे जुरुक्क उठेर हिडेका उनि सरासर पुतलीको घरतर्फ हान्निए बोल्दैमा जात जान्छ भनेर पाठ पढाउने बाजे चिया पका नानि पो भन्न थाले बाजेको आखाबाट कायल पुतलीले जतिभन्दा पनिजातभात अरुलाइ पो हो, हामिलाइ हैन मेले नै भनेपछि खुरुक्क मान्भन्दै कराउन पो थाले डरले थरथराउदै पुतलीले बाजेको हातमा चिया राखिदिदैं थिइ कुन सुइको उसको गालामा माया बर्सियो

 

त्यसदिन पछि मुरली बाजे गाँउशहर कतै भेटिएनन् विचरी पुतली नत कोहि कसैसँग बोल्थि, केहि खान्थि घरमा भएनभएको चालै पाइन्नथ्यो जव माइला हजार सपना बोकेर मुग्लानबाट फर्कियो, उसकी प्यारी जीवनसंगिनी धेरै पर पुगिसकेकी थिइ यो दुनियाँ भन्दापनि टाढा ।।।

 

कल्याणपुर , नुवाकोट

 

हाल-शंकरदेव क्याम्पस, काठमाडौं

 

[email protected]

 

तपाइँको प्रतिक्रिया