राजदूत निवास मर्मतका नाममा भ्रस्टाचार गरेको खुल्यो (अडियोसहित)
(राजदूत श्रेष्ठ र अघिल्लो पटक राजदूत निवास मर्मत गराएका तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठको दुई भिन्न अडियो प्रतिक्रिया अन्तिममा राखेको छु।)
नेपाली राजदूतावास निवास मर्मतका नाममा आर्थिक अनियमितता भएको तथ्य खुलेको छ । हरेक वर्ष किन आउँछ राजदूतावास मर्मत संभारका नाममा रकम ? अनियमितता गरेर कुम्ल्याउन । यसको तथ्य अहिलेका राजदूत मोहनक्रिष्ण श्रेष्ठको भनाईबाट पुष्टी हुन्छ । यो वर्ष राजदूतावास निवासका भित्ता चर्केको, बिजुलीका तार चुँडेको, धाराका टुटी फुटेको लगायतका मर्मत संभारका नाममा करिब ९० हजार यूरो निकासा भएको रहेछ । तर राजदूत मोहनक्रिष्ण श्रेष्ठले भने परराष्ट्र मन्त्रालयमा सोध्नुपर्छ भन्दै त्यो बताउन चाहेनन् । आर्थिक अनियमितता भएको चाल पाएपछि नेपालप्लसले उनलाई केहि समय अघि फोन गरेर त्यसबारे सोधपुछ गर्दा उनले भित्ता चर्केको, पानीका पाइप फुटेको र बिजुलीका तार मक्किएर काम नगरेकाले फेरी मर्मत गर्नु परेको बताए । अडियो सुन्नुहोला । राजदूतावास निवासको बत्ती पानी र बिजुली मर्मत गत सालनै भएको र त्यो कामको रिपोर्ट मोहन क्रिष्ण श्रेष्ठ राजदूत भएर आएपछि लिएका रहेछन् ।
यो यो काम भएको छ भनेर लिखित रुपमा जाँच गरेर आफैंले लिएको बील र लेखा परिक्षण समेत भैसकेको अवस्थामा यो वर्षपनि घरका भित्ता किन फोडे राजदूत मोहन क्रिष्ण श्रेष्ठले ? उनलाई यदि नक्कली काम भएको छ भन्ने थियो भने कामको फेहरिस्त सहि गरेर लिँदा तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठलाई किन भनेनन् वा परराष्ट्र मन्त्रालयमा किन उजूरी गरेनन् ?
मैले हिजो जिवन प्रकाश श्रेष्ठलाई फोन गरेर ‘तपाइले के एक वर्ष मात्रै चल्ने गरि मर्मत गर्नु भएको हो ? तपाइले मर्मत गर्नु भएको काम त राम्रो रहेनछ र फेरी राजदूत श्रेष्ठले यस वर्षपनि मर्मत गर्नु परेको प्रतिक्रिया दिए नी’ भनेर सोध्दा उनले ठाडै अस्विकार गरे । उनको प्रतिक्रिया थियो ‘एक वर्षका लागि भनेर कसैले मर्मत गर्छ ? उहाँ आफैंले ठिक छ भनेर सहि गरेर लिएको प्रमाण मैसित छ, कसरि काम भएको थिएन भन्न सक्नुहुन्छ ? मैले मर्मत गर्दा यो यो काम भएको भनेर बुझाएको रिपोर्ट ठिक छ भन्दै लिएर अहिले हामीलाई दोष लगाउनुको उहाँको नियत ठिक लागेन’।
भ्रस्टाचार भएको अर्को तथ्य केपनि हो भने दूतावासको लेखा हेर्ने भरत खनालले दूतावासका खाता पाता राजदूत निवासमै गएर मिलाएका, हेरेका थिए । हिजो साँझ मैले उनलाई दूतावासको लेखा र आर्थिक हिसाब किताब मिलाउन, राजदूतावासको काम गर्न किन राजदूत निवास गएको ? भनेर सोध्दा उनले ‘सामान के के कुन कुन भनेर हेर्न गएको’ प्रतिक्रिया दिए । तर सामान के के भनेर हेर्न राजदूतावस निवास एक हप्तासम्म धाउनुपर्दैन । उनले राजदूत निवासमै बसेर हिसाबकिताब मिलाएका थिए । राजदूतावासमै बसेर यो काम गर्दा अन्य कर्मचारीले जानकारी पाउँछन् भन्ने उद्देश्यले यस्तो अक्किल रचिएको थियो । राजदूत निवास राजदूत बस्ने घर मात्रै हो र त्यसमा राजदूतावासको कुनैपनि आधिकारिक कामसित सरोकार हुन्न ।
मैले राजदूत मोहनक्रिष्ण श्रेष्ठसित किन हरेक वर्ष बजेत ल्याउनुहुन्छ राजदूत निवास मर्मत गर्न ? भनेर सोध्दा उनले मैले मात्रै ल्याउने गरेको हो र ? अरुलेपनि ल्याउने गरेका हुन् नी’ भन्ने खालको जवाफ दिए । उनले हाकै भने ‘मैले मात्रै ल्याउने गरेको हो र ? धितालजी (अरुणप्रसाद धिताल, हाल दक्षिण अफ्रिकाका राजदूत जो जिवनप्रकाश श्रेष्ठ आउनुअघि फ्रान्सका कार्यवाहक राजदूत थिए), बस्नेतजी (निरन्जनमान सिं बस्नेत, हाल परराष्ट्र मन्त्रालयमै छन्) र जिवनजी (जिवनप्रकाश श्रेष्ठ) लेपनि त ल्याएकै हो नी । उहाँहरुले गरेको नभएर त फेरी गराएको ।’
स्रोतका अनुसार करिब ९० हजार यूरोको बजेटमा रंगरोगन गर्ने र धारापानी बनाउने लगायत सम्पूर्ण कामको लागि ३५ हजार यूरोमा ठेक्का दिइएको थियो । बाँकि रकम अनियमितता भएको छ । तर एक अर्को स्रोतका अनुसार मर्मतका नाममा आएको रकम ९० हजार भन्दापनि बढि छ । सूचनाको हक अनुसारपनि राजदूत महोदयले यो वास्तविकता खुरुक्क दिनुपर्ने हो ।
फ्रान्समा त्यसरि हरेक वर्ष कुनैपनि घरको मर्मत गरिन्न । कम्तिमा एक पटक मर्मत गरेको घर १० वर्षसम्म नगर्ने चलन हुन्छ । यहाँ हरेक घरको बीमा गरिएको हुनाले मर्मत गर्दापनि त्यसको बीमा हुन्छ । बिचैमा रङ उप्किने वा मर्मत गरेको घर बिग्रिने भएमा बीमा कम्पनीले जिम्मेवारी लिने र क्षतीपूर्ती दिने गर्छ । तर हाम्रो राजदूत निवासको भने बीमा प्रत्येक वर्ष मर्मत गर्दापनि बीमा कम्पनीले केहि नबेहोर्नु नै भ्रस्टाचारको भएको तथ्य हो । मर्मतमा संलग्न कर्मचारीहरुका अनुसार वीमा समेत गरिएको छैन । ‘आफोले ग्वाम्म पैसा खाने, नेपालीलाई सस्तोमा दिने अनि कसरि कसले वीमा गर्न सक्छ? वीमा गर्न त काम गर्ने कर्मचारी को को हुन् ? तिनको परिचयपत्र सहित दर्ता गराउनु पर्छ । यहाँ स्थायी कागज समेत नभएर परिबन्धमा परेका नेपालीलाई काममा लगाएपछि केका आधारमा वीमा गर्ने ? त्यहि बाध्यमा परेका नेपालीले केहि गर्न सक्दैनन् भनेरै त सस्तोमा काम लगाएर शोषण गरिएको हो ।’ स्रोतले भन्यो ।
अनियमितता गरेको अर्को तथ्य केपनि हो भने यदि अघिल्लो वर्ष जिवनप्रकाश श्रेष्ठले मर्मत गर्दा राम्रो भएको थिएन भने किन विमा कम्पनीसित पून : मर्मतकालागि ताकेता गरिएन ? तर मर्मतमा लाग्ने खर्च भने यहिँको दर अनुसार बील बनाइएको छ । अनि धाराका टुटी, ढोकाका ह्याण्डेल र पाइप लगायत सम्पूर्ण सामान किन्न चाहिँ पाकिस्तानी पसलमा सम्पर्क गरियो । नक्कली काम गर्छन् भन्ने जानकारी हुँदा हुँदै किन त्यहि नेपालीलाई दिइयो ? किन फ्रान्सेली पसलका सामान नकिनेर पाकिस्तानी पसल धाउनु पर्यो ? कामदारहरुका अनुसार दूतावास र पसलेबिच उस्तै देखिने नक्कली सामान किन्ने र त्यसमापनि सामानको बील बढाइदिने सहमती भएको थियो ।
फ्रान्सेली पसलेहरुले बील सच्याउने काम हत्त पत्त गर्दैनन् । उनीहरुले जस्तो सामानको गूण छ त्यस्तै भन्ने गर्छन् । भारतीय, पाकिस्तानी, चिनियाँ पसलहरुमा हेर्दा उस्तै देखिने तर कमशल र नक्कली सामान बिक्रि गर्छन् । अहिले दूतावास मर्मतमा राखिएको ढोकाको ह्याण्डिन जम्मा ४० यूरो पर्ने हालिएको छ । तर त्यस्तै उच्च स्तरको (ओरिजिनल) ह्याण्डल हाल्नुपर्यो भने चार सय यूरो पर्छ । हेर्दा उस्तै देखिने ह्याण्डिल पाकिस्तानी पसलबाट ल्याएर हालिएको छ ४० यूरो पर्ने । तर बील भने चार सय यूरो पर्नेको बनाएर पेश गरिएको छ ।
घरको भित्तामा लगाउने रङपनि अनेक खाले र स्तरका हुन्छन् । अहिले राजदूत निवासमा लगाइएको रङपनि कमशल छ । त्यसैले गर्दा रङ पोतेको महिनादिनपनि नहुँदै भित्ताका पाप्रा उप्किएका थिए र पछि फेरि पोत्ने काम गरियो । यसमा अनियमितता गरेको अर्को तथ्य के हो भने कामदारहरुलाई दिनको जम्मा ३५ यूरो दिईएको छ । करिब आठ घण्टा काम गर्दा फ्रान्समा कम्तिमा घण्टाको १० यूरोका दरले तिर्नुपर्छ । तर नेपाली कामदारहरुलाई दिनको जम्मा ३५ यूरोका दरले दिईएको थियो । यस्ता शारिरिक मेहनत बढि पर्ने कामको ज्याला फ्रान्समा बढि तोकिएको हुन्छ । सस्तोमा काम लगाइएको त्यहि रकमपनि बेलैमा नदिएर कामदारहरुले बिचैमा काम छोडिदिएका थिए ।
भारतीय र पाकिस्तानी ठेकेदारहरुले पनि श्रम शोषण गरेर त्यसैगरि दिनको जम्मा ३५ यूरो मात्रै दिने गरेकाले नेपाली ठेकेदारलेपनि त्यसैगरि दिने गरेका हुन् । त्यति थोरै रकममा काम लगाउँदापनि तोकिएको ज्यालासमेत महिनौं सम्म दिइएन । प्रश्न उठ्छ, तिनले किन कहिँ कतै उजूरी गरेनन् त ? तथ्य के हो भने राजदूत निवासमा ज्यालादारीमा काम गर्ने मध्ये अधिकांशको फ्रान्समा बस्ने स्थायी कागज थिएन । स्थायी कागज नहुनेहरुलाई यहाँ काम पाउन बढि मुस्किल हुन्छ । तिनले स्थानिय फ्रान्सेली भाषापनि जान्दैनन् । त्यसैले तिनलाई काम पाउन मुस्किल हुने हो । आफू ठगिएको उजूरी गर्न जान यहाँ बस्ने आवाशिय भिसा वा अनुमती चाहिन्छ । त्यो नहुनेहरुलाई उजूरी गर्न मुस्किल हुन्छ । प्रहरीकोमा उजूरी गर्न जाँदा गैह्र कानुनी रुपमा बसेको भन्दै पक्राउ गर्ला भन्ने उनीहरुलाई डर हुन्छ । त्यसैले नेपाली, पाकिस्तानी र भारतीयहरुले यहाँ बस्ने कानुनी इजाजत नहुने नेपालीहरुलाई ठग्ने गरेका छन् ।
राजदूत मोहनक्रिष्ण श्रेष्ठको अडियो प्रतिक्रिया
Interview With Mohan Krishna Shrestha – Corruption At Nepali Ambassidor Residence Part 1
अघिल्लो वर्ष मर्मत गराएका तत्कालिन कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठसितको अडियो प्रतिक्रिया
Embassy Corruption – Interview With Jeeven Prakash Shrestha
राजदूत श्रेष्ठले भ्रस्टाचारबारे दिएको अडियोको अघिल्लो भाग सुन्ने भए तलको शिर्षकमा क्लिक गरेर अन्तिममा हेर्नुस् –




