नेपाली दूतावास मर्मतका नाममा आर्थिक हिनामिना ! (अडियो कुराकानी सहित)

‘तपाई बिरुद्द मैले जाँड पार्टी दिएको होइन समोसा पार्टीमात्रै दिएको हुँ’ राजदूत

पेरिसस्थित नेपाली राजदूतावास निवास किनेको करिब ३० वर्ष भएछ । किन्नु अघि यो भवनको उमेर करिब सय वर्षको थियो । फ्रान्समा १३० वर्षको भवनलाई पुरानो मानिँदैनन् । किनभने यहाँ तिन चार सय वर्ष पुराना भवन समेत सजिलोसित भोगचलनमा छन् । ति भवनको वर्षै पिच्छे मर्मत सम्भार गरिन्न । तर जम्मा १३० वर्ष पुरानो हाम्रो राजदूतावास निवास भने पुरानो भएको भन्दै हरेक वर्ष किन मर्मत गरिन्छ ? नेपालप्लसको परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले पछिल्लो पटक यहि दूतावास निर्माणका नाममा करिब ९० हजार यूरो (९० करोड ९० लाख रुपियाँ) निकासा भएको छ ।

मैले यसबारे हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई सोध्दा उनले कति रकम निकासा भएको हो भन्ने बताउन चाहेनन्  (अडियोमा सुन्नुहोला) । उनले त्यो बताउन नमिल्ने जानकारि दिए । फ्रान्समा कि त कुनैपनि भवन अब जिर्ण भयो, बसोवासका लागि उपयुक्त छैन भनेर छोड्नुपर्ने हुन्छ । यदि वसोवासकालागि उपयुक्त मानिन्छ भने त्यस्तो भवन प्रत्येक वर्ष मर्मत गरिन्न । त्यसो भए हाम्रो राजदूतावास भवन मात्रै किन मर्मत हुन्छ त ? आर्थिक अनियमितता र भ्रष्टाचार ।

अघिल्लो पटक राजदूतका तर्फबाट बाहिर आएका, उनैले भनेका कतिपय कुरा पछि होइन भन्थे । होइन नै भनेपछि त्यसको प्रमाण के ? त्यसैले मैले यो पटक उनलाई सिधै आफ्ना जिज्ञासा राखेंर रेकर्ड गरें । त्यसो गर्दा न कसैलाई मर्का पर्ने नत मैले भनेकै होइन भन्न पाइने । उनले आफ्नो अख्तियारीको दूरुपयोग गर्दै साह्रै सताउने मानसिकता राखे ममाथि । मैले त्यसलाई निर्भिकताका साथ नेपालप्लस मार्फत सार्वजनिक गर्दै गएँ ।

पछिल्लो समयमा उनले फेरी पेरिसका केहि नेपालीसित सल्लाह गरेछन्, यो ददि सापकोटालाई कसरि फ्रान्सबाट लघारेर नेपाल फिर्ता पठाउन सकिन्छ भन्दै । त्यसमध्ये पूर्व राजदूतका भाँडा वर्तन पखाल्न आएका एक भान्छेसितपनि सोधेछन् । त्यो खबर मलाई कसैले सार्वजनिक गरिदियो । ‘मलाई तपाइले फ्रान्सबाट निकालेर नेपाल फिर्ता पठाउँछु भनेर सल्लाह गर्नु भएको रहेछ, के भयो ?’ मैले हाकै सोधें मोहनक्रिष्ण श्रेष्ठलाई । उनले त्यस्तो हुँदै होइन । बिगतमा पनि गरिन, अहिलेपनि होइन र भविष्यमापनि हुन सक्दैन भन्ने जवाफ दिए ।

त्यसपछि ०२ अक्टोबर शनिवार साँझ उनले फेरी तिनै पहिलेका भान्छे लगायतका आफ्ना आउरे बाउरेलाई बोलाएछन् । त्यसदिन भोज दिए फेरी दूतावास निवासमा । उनले भोजभतेर गरे, मज्जाले खानपिन गराए । अनि नेपालप्लसमा यस अघि छापिएका उनी र दूतावाससित संवन्धित समाचारका ठेली पढ्न दिए प्रिन्ट गरेर । अनि शुरु भयो पुरै एक पक्षिय गुनासो र गाली गलौज । एकपक्षिय मान्छे, एकपक्षिय कुरा । मैले सिधै उनलाई ‘तपाइले मलाई फ्रान्सबाट खेद्न सल्लाह गर्नु भएको रहेछ जाँड पार्टी दिएर’ भन्दै सोध्दा उनले समोसा पार्टी दिएको तर मैले भने जाँड पार्टी दिएको भनेर लेखिदिएकोमा गुनासो गरे । जे होस उनले मेरा बिरुद्द पार्टी दिएको आफैंले स्विकार गरे र जाँड नखुवाएर समोसासम्म खुवाएको बताए ।

यो विषयलाई सार्वजनिक नगरिदेओस् भन्ने उनको आकांक्षा रहेछ । केहि साथीहरुसित उनले आग्रहपनि गरेका रहेछन् (तर उनले योपनि हैन भन्ने छन्) । मलाई उनका र मेरा साझा मित्रले आग्रहपनि गरेका हुन् । उनी र मेरो बिचमा सि धा छलफल होस् भन्ने पहलपनि गरेका थिए । तर चुपचाप लागेर आफ्नो काम गरिखाएको नेपालीलाई संरक्षण गर्नुको साटो उल्टै मान्छेहरु बोलाएर पार्टी दिँदै बिरोध गर्ने, यातना दिने प्रयास गरेपछि कसले मान्छ ? कसले सहन्छ ? मैले उनीसित छलफल गर्ने हो र ब्यक्तिगत संवन्ध सुधार्ने हो भने जो जो नेपालीलाई बोलाएर जाँड पार्टी दिँदै मलाई सामाजिक वहिस्कार गर्न भन्दै उचाले, मेरो मानमर्दन गर्न खोजे तिनलाई बोलाएर माफी माग्नुपर्छ । यो मेरो पहिलो शर्त हो भनें । यहि मेरो अडानले गर्दा उनीसित ब्यक्तिगत स्तरमा कुरा गरिन । आज राखेको अ डियो गफका बेलापनि उनले भेटेर गफ गरौं भन्थे, मैलेनै अस्विकार गरें । मलाई लाग्छ, उनी धाकधम्की, पार्टी, खानपिन र तर्साएर मान्छे तह लगाउन सकिन्छ भन्ने मानसिकताका छन् । उनी सुधारिनुपर्छ ।

उनले पहिले पहिले दूतावास निर्माणमा भ्रस्टाचार हुने गरेको थिएन भन्न सकेनन् । भन्ने आधारपनि छैन । म यसका बारेमा थप सामाग्रि राख्ने छु । भ्रस्टाचार छ भन्ने प्रमाणित कागजपत्र हुने कुरो हुन्न । तर आधार हुन्छन् । ति आधार के के हुन् अर्को पटक राख्ने छु । आज चाहिँ राजदूतनिवास निर्माणमा भएको भ्रस्टाचार,कर्मचारीमाथिको शोषण लगायतका केहि विषयमा उनैको अडियो सुन्नुस । प्राविधिक असावधानीले दोस्रो भाग पर्न गएछ । प्राविधिक सहयोगी राजन भाइको सहयोगमा पहिलो भाग पछि राख्ने छु ।

अरु बिभिन्न विषयमा मैले सोधेका जिज्ञासाको जवाफपनि उनले दिएका छन् । अर्को भाग अलि पछि राख्ने छु । अडियोका दुई भाग छन् र ति दुबै भाग सुनेपछि धेरै कुरा प्रस्ट हुन्छन् । मैले गत हप्ता गएर दूतावास को मर्मत संभारका नाममा भएको आर्थिक अनियमितता बारे सार्वजनिक गरि पाउँ भनेर निबेदनपनि दिएको छु । राजदूत मोहन क्रिष्णलेनै त्यसो गर्नुस् भनेकाले । त्यसको जवाफ म कुरेर बसेको छु । यसबारे प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत अन्य राजनितिक दलका कार्यालयसम्म मेलबाटपनि पठाउने छु । अडियो रेकर्ड मिलाइदिने, सम्पादन गरिदिने रेडियोकर्मी भाइ राजन भट्टराईलाई धन्यावाद ।

Interview With Mohan Krishna Shrestha – Corruption At Nepali Ambassidor Residence

IRON DJ / DOWNLOAD MP3

तपाइँको प्रतिक्रिया