” हेल्लो न्यू इयर… हाई न्यू इयर “

गणेश खड्का ” प्रतिक्षा “

ganesh-khadka.jpg

कलरफूल लाइटहरुको चमकता

नवीन आभुषणसँगै

रमाएका नूतन मनहरुको रौनकता

अर्धनग्न बन्दै

निमेष-निमेषमा

उघ्रिँदै फेरी

हावामा फिँजिदै

स्वच्छन्द उड्न आतुर

प्रत्येक स्याम्पियनका

फिँजहरुको मादकता

यी सब हेर्न

लालायीत मेरा

जोर आँखाहरु

ठिङ्ग उभिएका छन

म सँगै

एक साल पछि

बल्ल भन्न पाइने

बर्षै भरी

उच्चारणै गर्न नपाएको

प्रचलित नै भएर के भो

नयाँ जस्तै लाग्ने

त्यही प्यारो

शब्दावली पुकार्न

ब्यग्र ओँठहरु

ह्यप्पी न्यू इयर

भन्न हातारिएका मनहरु

सहज आँकलन सहित

निर्मिमेष हेरिरहन्छन

मेरा अबोध नयनहरु

डिसेम्बरको अन्तिम रात

भोगाइको परकाष्ठामा

मदहोसी वयहरु

बाफिलो स्पर्शमा

आलिङ्गनबद्ध

नवयौबनाहरु

निकट खुशीको

नवागमन सँग

अङ्गालिन प्रतिक्षारत

ढुकढुकीहरु

मिड नाइट पछिको अर्को सेकेन्ड

शायद

त्यही हुने छ

न्यू इयर

सभ्यतासँगै

बाँचेको

जमानासँगै

रमाएको

एउटा ध्रुब सत्य

च्याप्प समातेर

समयको

एउटा फुर्को

बुलन्द आवाजले

आकाश गुन्जिन्छ

ह्याप्पी न्यू इयर

भूगोलको एउटा कुनामा

ठिङ्ग उभिएको छ मेरो तन

जबर्जस्त

एउटा औपचारिकता

अलाप्छ मेरो मन

एउटा रमितेको भाँती

बग्रेल्ती छरिएका

रङ्गी चङ्गी मान्छेहरु 

भित्री सकेको न्यू इयर

लागिसकेको जनवरी वान

बेतुकको एउटा हाँसो

निकाल्छ ओँठ

हेल्लो न्यू इयर… हाई न्यू इयर

सम्झिन्छु

हेपिएको मेरो बैशाख एक

कल्पिन्छु

होच्च्याइएको

मेरो नयाँ बर्ष

विश्व सभ्यता सँगै

ग्लोबलाइजेसनले दिएको

यूनिभर्सल मान्यतामा

दौडिऊँ कि म पनि ?

आँखा भरी सजाएर

बुकी र लाली गुराँस

अचेल त

सापटी लगेको छ कसैले

हार्दिकताको मन

लिलाम बढाबढमा छ

शुभकामना को तन

आँखा चिम्म गरेर

ब्रह्माण्ड हाँक्छन

अर्धबेहोस ओँठहरु

ह्याप्पी न्यू इयर

टू मम -ड्याड

ह्याप्पी न्यू इयर

टू ब्रो -सिस

ह्यप्पी न्यू इयर

टू गर्ल्ज एण्ड गाइज

ह्याप्पी न्यू इयर

टू अल फ्रेन्ड्ज,…

एउटा औपचारिकता

नयाँ बर्षलाई पनि 

हेल्लो न्यू इयर… हाई न्यू इयर …!

तिवारी भञ्ज्याङग -४ भोजपुर

हाल : भिक्टोरिया ( सिसेल्स )

तपाइँको प्रतिक्रिया