बिदेशी दास मनोब्रित्तिको जित, नेपालीको हार

pashupati-temple-of-nepal.jpgआज प्रधानमन्त्री प्रचण्डले संसदमा संबोधन गर्दै सरकारले गरेको मुल भट्ट नियुक्ति खारेज गरेका छन । बिहानसम्म आफ्नो निर्णयमा टसको मस नदेखिएको सरकारले कसरि एक्कासि त्यस्तो निर्णय गर्‍यो भन्ने चाहिँ बुझ्न सकिएन । सायद अब भारतिय दलाली गर्नेहरुसँग केहि सिप लाग्दैन भन्ने लागेछ कि धार्मीक किचलो निकाल्छन यहि निहुँमा भन्ने परेछ । अब जति बिलम्ब गर्‍यो उति धार्मीक समस्या फैलिँदै जान्छ भन्ने लागेहोला । उनले बदर गरेको घोषणा गरे । सरकारले राम्ररि प्रक्रिया पुर्‍याउने तर्फ सोचेन वा सोच्न सकेन मुल भट्ट नियुक्ति गर्दा । त्यो सरकारले गरेको गलत पाटो हो नै । प्रक्रिया गलत हुँदा हुँदैपनि अहिलेका भट्ट नेपाली थिए । पशुपतीकै थिए फेरि ति । वर्षौंदेखि पशुपतीमा पूजा चलाउँदै आएका । कम्सेकम भारतियलाई हाली मुहाली गर्न दिनुभन्दा आफ्नै नेपाली भट्ट हुँदा अवश्यै उपयुक्त हुँदो हो । भारतियले हाम्रो मन्दिरबाट महिनाकै लाखौं लाख कुम्ल्याइरहेको त्यो रकम राष्ट्रको ढुकुटीमा जम्मा हुन शुरु भैसकेको थियो ।

तर सामान्य प्रक्रियालाई निहुँ पारेर नेपाली कांग्रेस लगायतका केहि पार्टी र भारतिय दास मनोब्रित्तिका केहि सामाजिक कार्यकर्ता, भट्ट भँडारी, अधिकारकर्मी भनाउँदाहरुले त्यो पचाउन् सकेनन । भारतिय भट्ट हुँदा कमिशन पाउनेपनि प्रशस्तै थिए । भ्रष्टाचार हाकाहाकी हुँदै आएको थियो । त्यसमा पल्केकाले उठेको रकम कोषमा राख्ने नेपाली भट्ट कसरि पचाउने ? कतिपय दलले  यसलाई राजनितिक अभिष्ट पुरा गर्ने मनसाय राखे । राष्ट्रिय हित हेरेनन कि बिदेशीको हित हेरे । नेपालको दूर्भाग्यनै यहि हो । यो घटनामा मुलत बिदेशी दास मनोब्रित्ति र अतिवादीहरुको जित भएको छ भने नेपालीको हार ।

तर पनि नेपाली भट्ट नियुक्ति गरेर सरकारले के उदाहरण देखाइदिएको थियो भने अहिलेका भट्टले पशुपतीको आम्दानी पशुपती बिकास कोषमा दाखिला गरे। भारतिय भट्टका हिमायतीहरुकालागि यतिनै छ गतिलो जवाफ । सरकारले जे होस अहिलेसम्म भैरहेको भारतियहरुको सांस्क्रितिक साम्राज्यवाद, आर्थिक लूट र मनपरितन्त्रलाई नंग्याएर देखाइदियो । यहि हो सकारात्मक पाटो । धार्मीक सद्भाव खल्बलाउने, बिदेशीलाई तिनको चाकरि गरेको देखाउने, दलगत स्वार्था पूर्ती गर्न चाहने र नेपालमा हुलदंगा मच्चिए धमिलो पानीमा माछा छोपौंला भन्नेहरुकालागि बेलैमा बाटो बन्द गरिदिएर सरकारले बुद्दी पुर्‍यायो । अब कम्तिमा धार्मीक गुरुहरु वा पशुपतीकै पुजारीहरुको समिति बनाएर प्रक्रिया पुर्‍याई नेपाली भट्ट नियुक्त गरेर सरकारले आफ्नो अडान देखाओस । सिधै देखिने भारतिय र नेपाली भेषका भारतियहरुलाई लोप्पा ख्वाएर देखाओस ।

थप पढ्नुस-

भेटी व्यवस्थित गर्न नयाँ पुजारी ः महरा

भेटी दरबारदेखि दिल्लीसम्म’

ँसर्वाेच्चको आदेश पालना गर’

पशुपति सुधारका लागि आजबाट ‘राष्ट्रिय जागरण यात्रा’

तपाइँको प्रतिक्रिया