राजाका मान्छेमा माओवादीको रोजाइ

काठमाडौं हिन्दुका आराध्यदेव पशुपतिनाथमा भारतीय पुजारीहरूको राजीनामा नेपाली पुजारीको नियुक्तिपछि उत्पन्न तनावबारे आइतबार एउटा समाचार सार्वजनिक भयो, ‘पशुपतिनाथलाई राजनीतिमा नमुछ्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह पूर्वराजाले यसो भनेर के भन्न खोज्नुभएको हो, त्यसबारे सर्वसाधारण  विवादमा मुछिएको सरकारले केही भेउ पाउन नसके पनि केही राजावादीले भने पूर्वराजाले नवनियुक्त पुजारीकै पक्ष लिनुभएको दाबी गर्न थालेका छन् उनीहरूको दाबी अन्य दाबीजस्तै हावादारी भने छैन प्रमुख पुजारीमा नियुक्त डा. विष्णुप्रसाद दाहाल खाँटीहिन्दु राजावादीभएको प्रमाणसहित ती राजावादीहरूले नया पुजारीलाई पूर्वराजाको समर्थन रहेको दाबी गर्न थालेका हुन्  

०६० जेठमा नेपाल सनातनकालदेखि नै राजतन्त्रात्मक सनातन वैदिक हिन्दु राज्य भएकाले नेपालको यो छविलाई कायमै राख्नवैदिक जनक्रान्तिगर्ने कार्यक्रमसहितको बिन्तीपत्र नेपाल सनातनवादी पार्टीले राजा ज्ञानेन्द्रलाई दिएको थियो बिन्तीपत्रमा भनिएको थियो, ‘हाम्रो पार्टीको वैदिक सिद्धान्तअनुरूप वैदिक राजतन्त्रलाई अति सम्मानित, अति मर्यादित भगवान्को प्रतिनिधि (भगवान् राजा राम) का रूपमा चिरकालसम्म हेर्न चाहन्छ राजाले गल्ती गरिबक्सँदैन भन्ने मान्यतालाई सदाकालका लागि चिरस्थायी राख्न वैदिक राजतन्त्रका विरुद्ध हुने कुनै पनि क्रियाकलापविरुद्ध हाम्रो पार्टी नेपालीलगायत संसारका एक अरब सनातन हिन्दुको समर्थन लिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै शक्तिका विरुद्ध पनि कठोर हृदय बनाई मुकाविला गर्ने साथै धर्म राष्ट्र वैदिक राजतन्त्रका लागि आवश्यक परे आत्मदाहसमेत गर्न पछि नपर्ने निर्णयगरेको जाहेर गर्दै एक वैभवशाली राष्ट्र निर्माण गर्ने परिकल्पनालाई साकार पार्न मुलुकको यावत् विकृति विसंगतिलगायत देश, जनता राजाका दुश्मन ती दुष्टहरूका विरुद्ध छेडिन लागेकोवैदिक जनक्रान्तिसफल पार्न मौसुफबाट नेपाललाई वेद निर्दिष्ट लोक कल्याणकारी सनातन वैदिक हिन्दु अधिराज्य घोषित गरी वैदिक शासनप्रणाली प्रतिस्थापन गर्न माग गर्दछौं  

निर्वाचन आयोगमा हिन्दुवादी पार्टीको रूपमा दर्ता भएको सो पार्टीले जुन दिन राजा ज्ञानेन्द्रलाई यस्तो बिन्तीपत्र चढायो, त्यसदिन उक्त पार्टी निर्वाचन आयोगमा नेपाल सनातनवादी मोर्चाको सट्टा नेपाल सनातनवादी पार्टीको रूपमा नाम विधानसमेत परिवर्तन भएको सूचना दिएको थियो रोचक कुरा के थियो भने, पार्टी रूपान्तरित भएको मोर्चाको महासचिव थिएडा. विष्णुप्रसाद दाहाल, जसलाई यसैसाता पशुपतिनाथको मूल पुजारीका रूपमा नियुक्त गरिएको तर, निर्वाचन आयोगमा प्रमाणका लागि सो दलले पेस गरेका बैठकका माइन्युटिङलगायतका कागजातमा चाहिँ डा. दाहालको नाम मात्र राखिएको , डा. दाहालको हस्ताक्षर त्यसमा भेटिन्न  

राजावादी भने निर्वाचन आयोगमा राजावादीहिन्दुवादी पार्टीको महासचिवका रूपमा डा. दाहालको नाम रहेको प्रमाण पेस गर्दै मूल पुजारीलाई समर्थन गर्ने आशयस्वरूप पूर्वराजा ज्ञानेन्द्रबाट सोही अभिव्यक्ति आएको बताउँदै छन् के पूर्वराजालेपशुपतिनाथलाई राजनीतिक विवादबाट माथि राखौंभनिरहनुभएका वेला मूल पुजारी डा. दाहाल एक राजनीतिक पार्टीको महासचिव कायमै हुनुहुन्छ ? उहाँले स्पष्ट पारिदिनुपर्ने भएको साभार-जन आस्था साप्ताहिक, २३ पुष २०६५ 

तपाइँको प्रतिक्रिया