सुत्केरी स्याहार्न बूढाबूढी विदेशतिर

ददिराम सापकोटा , पेरिस धादिङ जिल्लाको किसान परिवारमा जन्मेका यी बूढाबूढीले देशविदेशका रोचक प्रसङ्ग सुनेका मात्र थिए सानैमा। त्यतिबेला यिनलाई अन्य नेपालीलाई झैं काशी गया पनि पुगिएला भन्ने धरमर हुँदो हो। धादिङबाट त्यतिबेलासुखी संसारठानिने चितवन झरेका थिए यी किशोरकिशोरी छूदै। त्यतिबेलासम्म विदेशका कुरा सुन्दा नजाने गाउँको बाटै नसोध्नु भनेझैं लाग्थ्यो चितवन सौराहाका ६० वर्षीय रामचन्द्र ५० वर्षीया सरस्वती अधिकारीलाई।  

पर्यटकीय विकासले छिचोल्दै जाँदा सौराहा आउनेअसामान्य नागरिकको हाउभाउ , भाषा रहनसहन देखेर अचम्म पर्थे यी। आफ्नो गाउँमा मट्टितेल खोज्दै हिड्नु पर्ने बेला सयौ मान्छे बोकेर बादलमाथि घण्टौं उड्ने ठूल्ठूला हवाईजहाज बनाउने तिनै मानिसका चमत्कारिक वृत्तान्त सुनेर कल्पना गर्थे – “ओहो यस्तो चमत्कार गर्ने अमेरिका , बेलायत , फ्रान्स भन्ने देश कस्ता होलान् ! तर, समयले यी दम्पत्तिलाई त्यही नसोचेको मुलुक फ्रान्स घुम्ने अवसर जुरायो। आफ्ना दुई छोरा एक बुहारीसमेत यहींका जागिरे भएकाले पनि यिनलाई त्यो अवसर मिलेको हो। संयोग पनि कस्तो मिलाए यिनले भने आफ्नी सुत्केरी बुहारीको तीन महिना भए पनि स्याहार गर्ने नेपाली परम्पराले नातिको न्वारनसमेत गर्ने। यो मुलुक छिर्नमात्रै अधिकांश नेपालीका लागि कठिन भए पनि आफूहरुलाई भने भीसा पाउन कुनै मुश्किल नपरेको उनीहरुले बताए। , आफ्नै भैंसीको शुद्ध घ्यु , सुत्केरी मसला , सुत्केरीलाई घस्ने तोरीको तेलको जर्किनलगायत पूजापाठका सामान , गुन्द्रुक मसलाको पोकापन्तरा लिएर तीन महिनाका लागि पेरिस आए।  

फुच्चे विमानसम्म चढेका यिनले दुई सयभन्दा बढी मानिस अटाउने ठूलो जहाज चढ्दा निकै फरक अनुभव गरेको बताउँदै भनेनेपालमा सानो जहाज चढ्दा बसजस्तो खत्राङ खुत्रुङ गथ्र्यो। जमिनमा के सबै देखिन्थ्यो। यता आउने जहाज उड्दा पनि भूईंमै भएजस्तो। हल्लिएको पनि चाल नपाइने। झयालबाट तल हेर्दा बादल मान्छेभन्दा पनि तल। कहिलेकाहीं दहजस्तो नीलोबाहेक केही देखिएन। पेरिस ओर्लिएपछि उनीहरुले खचाखच मान्छेले भरिएका रेल तिनै रेल कुद्ने लिकमाथिको जमीनमा कैंचीले काटेकाजस्ता सडकमा लस्कर लागेका कार बस देखे। त्यतिमात्रै होइन , जमीनमाथि आकाशमा दौडिएका रेल धीतमरुञ्जेल हेरे। एउटै नदीमा दायाँबायाँ ओहोरदोहोर गर्ने दर्जनौं पुल, बाटोका छेउछाउमा रोपिएका रुख ढकमक्क फूलले सजिएका चोकहरु खूबै नियाले। डोरीले नापेझैं लाइन लगाएर एकनासले बनेका घर ठूलै दूर्घटना भएझैं हतारिएका मानिस देख्दा आफूहरुलाई अचम्मै लागेको बताउँदै गर्दा सरस्वतीले बीचैमा भनिन् – “हाम्रो देशमा अझै पनि डोकामा भाँडा हालेर खत्राङ खुत्रुङ पार्दै खोला धाउनुपर्छ। यहाँ कसरी संभव भयो होला आकाशमाथि पनि रेल कुदाउन ?  

नेपालको ग्रामीण भेगमा अझै पनि महिलाले ठूला गाडी के मोटरसाइकल चलाएको देख्दा पनि आँखीभौं उचालेर हेर्नेहरु छन्। यहाँ भने महिलाहरु पुरुषहरुसरह सरकारीदेखि गैरसरकारी कार्यालयमा खटेको देख्दा रमाइलो मात्रै लागेन सरस्वतीलाई बरु पुरुषसरह नै महिलाहरुले पनि रेल चलाएको देख्दा महिला स्वतन्त्रता भनेको यस्तो पो हुनेरहेछ भन्ने लागेको उनले बताइन्। हातमा चुरा , गलामा पोते , निधारमा रातो टीको कुर्ता सुरुवालमा सजिएर उनले पतितिर पुलुक्क हेर्दै भनिन् – “हाम्रो देशमा लोग्नेका भरमा बाँच्नुपर्छ महिलाहरु। त्यही भएर लोग्नेले जे भन्यो त्यही मान्नुपर् यो। यहाँ पुरुषसरह कमाउने भएकाले होला तँ भन्दा के कम भन्ने सोच्दा हुन् 

पेशाले सौराहाका एक होटल व्यवसायी भए पनि त्यसबारे उनीहरुलाई त्यति चासो लागेन। बरु आफ्नो पुख्र्यौली पेशा कृषिबारे जान्न उत्सुक भए। यहाँका एक कृषकको घरमा पुग्नासाथ उनीहरुलाई अपत्यारिलो लाग्यो। किनकि त्यहाँ काठको हलो, कुटो, कोदालो गाडागोरु थिएनन्। बरु घाँस काट्ने , खनजोत गर्ने , गोड्ने , चुट्ने , बत्ताउने, पानी लगाउने, बिटा लगाउनेलगायत सबै कामका लागि थरिथरिका मेशिन राखिएको कुनै कारखानाजस्तो पो थियो त्यो घर। तिनै मेशिनबाट एकै दम्पत्तिले करीब चार सय ८० बिघा जमीनको खेती लगाउँछन् भन्ने सुनेपछि झनै चकित परेको बताउँछन् उनीहरु। नेपालमा बिउ पनि नपाइने अवस्थामा पुग्न लागेको आलसको डाँठबाट महूगा लुगा सिलाउने लेनिन भनिने धागो निकाल्दै गरेको पनि यिनले तिनै कृषककहाँ देखे। धान खेती भित्र्याउन कठिन हुनाले आलस, गहुँ, कोल्जा चिनी बनाउने सखरखण्डजस्ता सजिलो खेती गर्ने रहेछन् भन्ने थाहा पाएपछि रामचन्द्रले भने – “हामीचाहिं जति दुःख होस् पाएसम्म धान खेती नै लगाउँछौं। आलसको बिउनै मासिन थाल्यो। चार सय ८० बिघा खेती गर्न परे झन् कहाँबाट खेताला पाउनु 

यहाँको खेती गर्ने तरिका देखेर चकित परेको यो दम्पत्तिलाई पशुपालनबारे जान्न पनि निकै खुल्दुली लागेपछि गाईपालन हेर्न गए। नेपालमा जस्तो सानो गोठमा एकदुई वटा गाईलाई दाम्लामा बाँधेर त्यहाँ राखिएका थिएनन्। त्यहाँ गाई नभागुन् भनी विद्युतीय झड्कामात्रै दिने तारले सैयौं हेक्टर जमीन घेरेर एकैछाकमा दशौं लिटर दूध दिने सैयौं गाई चरिरहेका थिए। दिनमा एकपटक दाना पानी राखिदिए पुग्ने। तिनलाई गोठालो चाहिने भकारो सोहोर्ने झन्झट। दूधको मूल्यसमेत सरकारले नै तोकिदिने त्यस्तो पो पशुपालन ! कम लागतमा एउटै किसानले हरेक दिन हजारौं लिटर दूध बजारमा खेपेको देखेपछि आफ्नो गाउँको पशुपालनसँग तुलना गरे रामचन्द्रले – “हामी एउटा भैंसी पाल्ने। परिवारै त्यसैका पछाडि खटिने। चारमाना दूध लिएर बजार गयो अनि बजारियाले दूधको भाउ नबढाइदिएर किसान मर्कामा परे भन्दै गुनासो गछौं अनि कहाँबाट उँभो लाग्नु ! 

बिरामी परे खर्चको अभावमा उपचार नपाएर कोही अकालमा मर्नु नपर्ने। सीप नभएकालाई क्षमताअनुसारको सीप सिकाएर सरकारले काम खोजिदिने। पढ्ने व्यवस्था सरकारले नै गरिदिने। बेरोजगार बृद्ध भत्ता छूदैछ , बच्चाहरुका लागि समेत मासिक भत्ता दिने। यी सबै अधिकारी दम्पत्तिका लागि आर्श्चर्यका विषय बने।नेपालमा सरकारले लिन्छ मात्रै। सिटामोल नपाएरै मान्छे मरेका छन्आर्श्चर्यको शैलीमा तुलना गर्दै सरस्वतीले भनिन् – “यहाँ जसो गर्दा पनि सुविधा पाइने। हाम्रो भर्खर जन्मिएको नातिले भत्ता पाउने रे 

मानवअधिकार प्रजातन्त्रको उदाहरण दिइने यो मुलुकमा पनि कुनैबेला राजाको शासन थियो भन्ने सुनेपछि दम्पत्तिले पनि निकै ध्यान दिएर पुराना दरबारहरु चहारे। त्यतिबेला यहाँका जनता गरिब हुंदाहुंदै पनि राजपरिवारका सदस्यहरुले भने देशको करोडौं रकम खर्चेर आफ्ना लागि विशाल दरबारहरु बनाएका रहेछन् भन्ने बुझेपछि उनीहरुले भने – “राजा जुन देशका पनि उस्तै हुने रैछन्। त्यत्रा भव्य महल बनाउने पैसाले कलकारखाना अस्पताल बनाइदिएको भए कति जनताले सुख पाउँदा हुन् !” वर्षोनी राष्ट्रको लाखौं रकम खर्चेर आफ्ना नेताहरुको विदेशमा लर्को लागे पनि यहाँको सडक, आधुनिक खेती, यातायात, उद्योग नगर योजनाहरुको विकास देखेर आफ्नो देशमा त्यसको अनुशरण गर्न नसकेकोमा यिनीहरु दुःखी छन्।यहाँको गाई पाल्ने तरिका मात्रै सिकाइदिए पनि नेपालमा धेरै हुन्थ्यो“- देशका लागि केही गरौं भन्ने भावना भए थोरै पैसामै नेपालमा धेरै लागू गर्न सकिने दम्पत्तिको समान बुझाई छ।  

एउटा छोरो इञ्जिनियर, अर्को छोरो फ्रान्सेली सेना बुहारी अर्धसरकारी पेशामा भएकाले पनि यिनलाई आफ्नै परिवारसँग यही मुलुकमा बस्ने अवसर मिलाउन कठिन छैन। मुलुक हत्या हिंसाले गाँजिएको बेला आफ्नै परिवारसँग शान्तिले बस्ने बाटो रोज्न सल्लाह दिने पनि प्रशस्तै छन्। तर , भौतिक सुविधाले मात्रै जीवन सुखी नहुने ठान्ने यी दम्पत्तिलाई तीन महिना यहाँ बसुञ्जेल पनि आफ्नै संस्कृति, गाउँ ठाउँ को मायाले तानिरह्यो। मनभरि वेदना परिवारको मायाले मुटु गह्रुगो हुँदाहुँदै पनि यनले यी गीत सम्झँदै बाटो लागेयही हो नेपाल नेपालीको घर नेपालीको घर जनआस्था, काठमाडौं , भाद्र २२ , २०६२ (07 september 2005 )

तपाइँको प्रतिक्रिया