लौ हेर्नुस डा बाबुराम भट्टराईको वेब साईट
अर्थमन्त्री डा बाबुराम भट्टराईले आफैंले निजि वेभसाईट सञ्चालन गरेर वेभ पत्रकारिता र ब्लगको महत्व तथा यसको लोकप्रियता चुल्याईदिएका छन । उनको वेभ साईट आजैबाट सञ्चालनमा आएको छ । अहिले उनले कर किन तिर्ने, आफ्ना बारेमा लेखिएको ब्यक्तिब्रित्त, स्वदेश र बिदेशमा आफुसँग हुने भेटघाटको जानकारि, आफुले लेखेका पुस्तकहरुको जानकारि, अरुको आँखामा आफु, आफ्ना लेख रचना, आगामी कार्यक्रम लगायत फोटो ग्यालरी राखेका छन । यो वेभसाईट मार्फत आफु र स्वदेश तथा बिदेशमा रहेका खासगरि युवाहरुसँग सिधा संवाद गर्ने उनले बताउँदै आएका थिए ।
जे होस उनको यो प्रयास सह्रानिय छ । कमसेकम उनको यो वेभ मार्फत अब सराकारसँगका गुनासा, जवाफ र सिधा संवाद गर्न सकिने छ । उनले आफ्नो वेभमा ब्लग समेत राखेकाले ब्लगको विश्वसनियता र लोकप्रियतालाई झन उचाईमा पुर्याउने छ जुन हामी सबै ब्लगरकालागि खुशिको कुरा हो । बरु उनले कत्तिको नियमित गर्छन त्यसैमा भर पर्नेछ उनको वेभसाईटको अस्तित्व र लोकप्रियता । यस अघि नेपाली कांग्रेसका नेता नरहरीए आचार्य र सद्भावना पार्टीका राजेन्द्र महत्वलेपनि आ आफ्नो वेभ साईट सार्वजनिक गरिसकेका छन ।
उनको वेभ साईटमा जान यहाँ क्लिक गर्नुहोस ।
उनको ब्लगमा जान चाहिँ यहाँ क्लिक गर्नुहोस ।




