गजल

हरिकुमार श्रेष्ठ / पाटन

कलिलो उमेर मेरो कोठीमा बास भयो

अप्रत्यासितरुपमा सदाको दास भयो । 

°°°°°°°°°°°°°°°°°°°°

आउँछन् खेल्छन् पापी पिपासुहरुको जत्था

ब्यर्थैमा यो जीवन जुवाडेको तास भयो । 

°°°°°°°°°°°°°°°°°°°° 

ललाई फकाई नरकमा फसाइदिए

रमणीय घर बस्ति सबै नै नास भयो । 

°°°°°°°°°°°°°°°°°°°° 

लालन पालन गर्ने कोही थेन घरमा

पीर चिन्ताले बृद्धा बाआमाको लास भयो ।

तपाइँको प्रतिक्रिया