गजल

अनुकुल प्रकाश .

तिम्रा मेरा कुरा काट्ने मान्छे कति-कती भेटें

न त तिम्रो दोष पाएँ न त आफ्नै गल्ती भेटें

सन्जोग थ्यो हाम्रो मिलन चोक गल्ली चर्चा चल्यो

जल्नेको मन जल्दैथियो यस्मा उनकै खती भेटें

चुपचाप चुपचाप तिमी र म मनमा द्वन्द चलिरह्यो

नबोलाऔं म कसोगरी ?? दुवै मनको क्षति भेटें

राजिखुशी मन मिल्यो नयन मिल्दा शर्माएथ्यौ

झुकेका ति नजरभित्र, मौन सहमती भेटें

उजाड उजाड जीवनपाटा मायाँ फूलाई सजाइदियौ

भ्याइ नभ्याइ सँगाल्दैछु खुशी भएजती भेटें

चितवन, [email protected]  

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

तपाइँको प्रतिक्रिया