सरकारमा माओवादी नेताका आफन्त त कति कति

-काभ्रेका चीनबहादुर तामाङलाई स्वकीय सचिवमा नियुक्त गरेका रक्षामन्त्री रामबहादुर थापाले सहायक स्वकीय सचिव भने आफ्नै छोरा प्रतीकलाई बनाएका छन् ।

-यसैगरी, सामान्य प्रशासनमन्त्री पम्फा भुसालले ललितपुरका अमिर शाक्यलाई स्वकीय सचिव र पारविारकि सदस्य अर्चना रजिाललाई सहायक स्वकीय सचिव नियुक्त गरेकी छन् । रिजाल भुसालकी दिदीकी छोरी हुन् । भुसालले पार्टीले असहमति जनाउँदाजनाउँदै पनि रिजाललाई सचिव बनाएको स्रोतको दाबी छ ।

-मन्त्री जनार्दन शर्माले आफ्ना मामाका छोरा भीमप्रकाश शर्मालाई स्वकीय सचिव बनाएका छन् ।

-जनयुद्धताका पार्टीले खटाएको गण्डक क्षेत्र नगई राजधानीमै बसेका आईबी गुरुङ अहिले कानुन, न्याय तथा संविधानसभामन्त्री देव गुरुङका स्वकीय सचिव भएका छन् । आईबीका दाजु रामकाजी गुरुङ कास्कीबाट माओवादी सभासद् छन् । मन्त्री गुरुङको सहायक स्वकीय सचिव भने मामाससुरा नारायण शर्माकी छोरी कुसुम पौडेल छन् ।

-अर्का मन्त्री लेखराज भट्टका स्वकीय सचिव ओमविक्रम भाट उनकै पारविारकि नातेदार नै हुन् ।

-पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीलाई माओवादीमा सबैभन्दा ठूलो नातावाद र कृपावादको सञ्जालमा बस्ने मन्त्रीका रूपमा आलोचना गरिन्छ । आफ्नो अघिल्लो कार्यकालमा यमीमाथि युद्धकालमा विदेश पलायन भएका केही टाढाका नातेदार भूमिनन्द देवकोटालाई स्वकीय सचिव बनाएको आरोप लागेको थियो । यमीले अहिले उनलाई नेपाल नागरकि उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य बनाएकी छन् ।

-यमीको सहायक स्वकीय सचिव सप्तरी, फत्तेपुरका ध्रुव कार्की हुन् । जनयुद्धमा असंलग्न कार्की माओवादी केन्द्रीय सदस्य राम कार्की (पार्थ क्षेत्री) का काकाका छोरा हुन् । कार्की ०५४ देखि ०५६ सम्म तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताका पनि सहायक स्वकीय सचिव थिए । मन्त्री यमीले आफ्नी दिदीहरू कयोदेवी यमीलाई राष्ट्रिय योजना आयोगको सदस्य र तिमिला यमीलाई काठमाडौँ उपत्यका खानेपानी आयोजना -केयूकेएल)को अध्यक्ष बनाएकी छन् । अर्की दिदी चिरकिशोभालाई त्यहीँको सञ्चालक समितिको सदस्य बनाएकी छन् । तर, मन्त्री यमी नातावादको आरोपको ठाडो प्रतिकार गर्छिन् । भन्छिन्, “नातावादका आधारमा नभई प्राविधिक क्षमता भएका मानिसलाई नै नियुक्त गरेकी हुँ ।” (हेर्नूस्, अन्तर्वार्ता)

-मन्त्री कृष्णबहादुर महरालाई पनि माओवादी पङ्क्तिबाट नातावादमा फसेको आरोप लागेको छ । महराले ललितपुरका कृष्णभक्त महर्जनलाई स्वकीय सचिव बनाए पनि फुपूका छोरा बेगमलाई सहायक स्वकीय सचिवको जागिर दिएका छन् । छोरा निर्मलले पनि मन्त्रालयमै टाइपिस्ट सुब्बाको काम पाएका छन् । यद्यपि, उनीहरू दुवै जना मन्त्रालयमा नआउने स्रोतले बताएको छ । मन्त्रीको स्वकीय सचिवको तलब उपसचिव र सहायक स्वकीय सचिवको शाखा अधिकृत बराबर हुन्छ । माओवादी मन्त्रीहरू लाभका पदमा आफन्तलाई ल्याएर विवादमा त तानिएकै छन्, उनीहरूमध्ये अधिकांशले सम्पत्ति विवरणसमेत बुझाएका छैनन् । जबकि मन्त्री भएको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियमै छ ।

‘आफन्त नियुक्त गरेकी छैन’maoist-minister-hisila-yami.jpg
 
वर्गीय नारा लगाए पनि माओवादी सत्तामा पुगेपछि नातावादमा फसेको आरोप छ नि ?

माओवादी मन्त्रीहरूले पनि महिलालाई स्थान दिएनन् भनेर एउटा पत्रिकाले लेखेको थियो । मैले मेरो मन्त्रालय मातहतका सबै बोर्डमा महिलालाई समावेश गराएकी छु । तर, कहीँ पनि आफन्तलाई नियुक्त गरेकी छैन । अरू मन्त्रीहरूले के गर्नुभएको छ, आफैँ बुझ्नुहोला ।
 

बेपत्ता, सहिद र घाइतेका परिवारजनलाई राजनीतिक नियुक्ति दिने प्रचार गरे पनि माओवादीका सबैजसो मन्त्रीले परिवारका सदस्य र युद्धमा संंलग्न नभएकाहरूलाई स्वकीय सचिव बनाएका छन् । यो नातावाद होइन र ?

परिवारका सदस्यहरूलाई आफूभन्दा टाढा राखेर काम गराउनेहरूको छिटो विकास भएको विज्ञानले प्रमाणित गरेको छ । पार्टीका धेरैजसो साथीहरूले यही नियमबमोजिम काम गर्नु भएको छ । मेरो बुझाइ पनि छोराछोरीलाई आफ्नै घेराभित्र राख्नुभन्दा बाहिर राखेर ‘वाच’ गररिहँदा स्वतन्त्र विकास गर्छन् भन्ने हो । तर, केही साथीले परविारकै सदस्यलाई किन स्वकीय सचिव बनाउनुभयो, म बताउन सक्दिनँ ।
तर, नातावादबारे अरूभन्दा तपाइर्ंमाथि बढी आरोप छ, किन त ?

म हिजो मन्त्री भएको भौतिक योजना मन्त्रालय एकदमै ठूलो हो । त्यहाँ धेरै प्राविधिक चाहिएकाले कतिपय अवस्थामा पार्टीको च्यानल प्रयोग नगरीकन पनि मान्छे राख्नु पर्‍यो । पार्टी च्यानल खोज्न थाल्दा समय लम्बिएर काम देखाउन नसक्ने अवस्था थियोे । छिटो काम देखाउन मैले केही मान्छे नियुक्त गरेँ, तीमध्ये केही मेरा आफन्त परे । फेर हाम्रो परविारका सबैले प्राविधिक शिक्षा लिएका छौँ । काम गर्न नसक्ने अप्राविधिक मान्छेलाई परविारको सदस्य भएकै नाताले मैले कहीँकतै नियुक्त गरेकी छैन । भौतिक तथा योजना मन्त्रालयमा मैले काम गरेर नदेखाएको भए श्रीमान्-श्रीमती नै मन्त्री बनाउन हँुदैन भन्ने सोच बोक्ने हाम्रोजस्तो समाजमा मलाई फेर िमन्त्री बनाइन्न थियो होला । तैपनि, विगतका लाञ्छनाहरूबाट अहिले म धेरै सचेत छु ।
 

मन्त्रीहरूले सोध्दै नसोधी नियुक्ति दिएको भन्दै मोहन वैद्य र पोष्टबहादुर बोगटीले राजनीतिक नियुक्ति सिफारिस समितिबाट राजीनामा पनि त दिनुभयो, होइन र ?

मेरो मन्त्रालयको विषयलाई लिएर उहाँहरूले राजीनामा दिनुभएको होइन । मैले पार्टी च्यानलबाट आए अनुसार उहाँहरूलाई जानकारी गराएरै सबै काम गरेकी छु । अन्य मन्त्रालयको हकमा म भन्न सक्तिनँ ।
माओवादीले तपाईंहरू श्रीमान्-श्रीमतीलाई नै मन्त्री बनाएर नातावादको नमुना देखायो भन्ने आरोप पनि त छ ?
श्रीमान्-श्रीमती नै राजनीतिमा लागेका छन् भने बिनाहिच्किचाहट दुवैलाई सम्मान गर्नुपर्छ भन्ने कुरा माओवादीले स्थापित गरायो भन्ने मानिसहरू पनि छन् । अरू पार्टीमा श्रीमान् माथि पुगेपछि राजनीतिमा लागेकै भए पनि श्रीमती खुम्चिनुपर्ने अवस्था छ । हाम्रो पार्टीले त्यसभन्दा माथि उठेर निर्णय गरेको हो । (यो नेपाल पाक्षिकको अघिल्लो अंकबाट लिईएको हो-नेपालप्लसडट कम ।)

केहि दिन अघि प्रकाशित यसैसँग मिल्ने तलको रिपोर्टपनि हेर्नुस-

सरकारमा प्रचण्ड र बाबुरामका आफन्तै आफन्त

तपाइँको प्रतिक्रिया