कविता : अमेरिकाबाट दशैंको संझना
● जानु ढुंगेल खनाल / अमेरिका
दशैँ तिहार आयो कठै रंगी रमाएर, लिंगे पिङ भाइटिकालाई मनले थमाएर !!
जिन्दगि यो अलग्गियो अर्कै खालको रंग, आफ्नो देश परिवेश सम्झी मन हुन्छ भंग !!
++++++++++++++++++++++++++++++++++++++
जर्नेली र सयपत्री फुल्थे बगैंचामा, झुल्की दिन्थे रबि किरण घरको फलैचामा !!
किन आयौं के मा धायौं के चाही पाउदैछौ, अझै पनि यु एस भनि भिसा लाउँदैछौँ !!
++++++++++++++++++++++++++++++++++++++
आज मैले थाहा पाएँ परदेशको बसाई, बिल,बिमा, मोर्गेज,कारमा डलरको कसाई !!
पैसा भन्ने चिज कस्तो नभई नहुने, तर एसको उपयोगलाई क्रेडिटले गुन्ने !!
++++++++++++++++++++++++++++++++++++++
सबै थोक ठिकै छ नि डिग्री पनि लिएँ, आगो बनी बलिदिएं, धर्ति बनि जिएँ !!
छोरा छोरी बढ्दै छन् है साथी संगी संगै, पार्टी भन्छन वीक ईन्ड्समा परि ठुलो दंगै !!
++++++++++++++++++++++++++++++++++++++
आफ्नो पिर आफै संग जागिर खाको छैन, राम्रो संग खोज्ने पनि टाईम पाको छैन !!
चौबिस घन्टे समयमा चौबिस हजार थोक, गर्नै पर्ने रमाएर छैन निन्द्रा भोक !!
++++++++++++++++++++++++++++++++++++++
कति चिसो कति मीठो फाउन्टेनको पानी, पानी भन्दा चिसो लाग्यो ह्याँको जिन्दगानी !!
दुखैको यो संसार हो मानिसको चोला, बाचुन्जेल हाँसी देउ भोलि के पो होला !!
++++++++++++++++++++++++++++++++++++++
कर्म गरौँ फल पाउँ उस्तै होनी ठाउँ, स्वदेशमै लागि परि जाउँ गाउँ गाउँ !!
हुन्छ भन्दै पर्खिदैछु कैले आउला पालो, जिन्दगीमा जिउनै पर्ने चढ्दै नै उकालो !!





