कविता : बिचरा उ

थापा राजबरसिंह / क्यानाडा 

एकै चोटी गिदी मथिंगल हुँडारिएर

सुकेनाथले ढल्न लागेको सरिर

सोत्तर बनाउला भन्ने पिर छ

°°°°°°°°°°°°°°°°°°

तैपनि

उसले सम्झन सक्ने छैन

सिकेका कुरा

कसले सिकायो, कसरि सिक्यो

सोच्नै नसक्ने भएको छ उ

हात देखि नाक सम्म

काला धब्बा ले छोपिने ति अनुहार

छिन् छिन् मा खुस्कने साइकिलको

पाऊदानी

ठेल्दा

घुमाउँदा

डल्लेठोको बिड्ले ठेला परेका ति

हात हरु

आजकल …कार

सेकेन्डह्यान्ड को एसटेरिंगमा सल्बलाउँदा

यसिको हावा संगै रमाउँदै

अर्को सीटमा बसेकी बिदेशी गर्लफ्रेन्ड

मार्लबोरो को धुँवामा धुम्धुमाउँदै

घर बाट आमा र श्रीमती को फोन आउँदा

काम मा बेस्त छु भन्न सिकेको छ उसले

कसले सिकायो उसलाई यो उपलब्धि ?

 °°°°°°°°°°°°°°°°°°

 घरको सिस्नु, फाँडो , गुन्द्रुक , चाना र सिन्की

धत्

कहाँ थाहा छ उसलाई अब

केएफसी को कुखुरा को साप्रो

टाको बेलको टाको र बुरितोस

ब्रेकफास्ट र लन्च गर्न सिकीसकेको छ उसले

साउने संक्रान्तिको लुतो फाल्ने

अगुल्टोको को कथा

सुनेर लाज लाग्छ उसलाई

°°°°°°°°°°°°°°°°°°

हर हप्ता, महिना .

समरको सफारी .५० तले टावर र

डाउन टाउन को घुमाईमा

अर्को सहर, ताल तलैया

घुम्ने बानी बसीसकेको छ उसलाई

त्यो नाथे खोया बिर्केको लिखे नसा

°°°°°°°°°°°°°°°°°°

अब त

कक्टेल, ब्रान्डेड व्हिस्की रम र ब्रान्डीमा

सोतर बनेर रमाउन

सिकी सकेको छ उसले

बेला बेला मा  रन्किँदै सन्किँदै

जन्मभूमि / मातृभूमि /हुर्केको घरलाई

अपशब्द गाली दिन पनि

सिकी सकेको छ उसले

रेमिट्यान्स कुन चराको नाम हो

कमाउने

उडाउने

रमाउने

सेकेन्डह्यान्ड गाडी र मार्लबोरोमा

घरको के चिन्ता

आमाको के चिन्ता

श्रीमती त धेरै टाढा

ति अबोध लाला बाला

 °°°°°°°°°°°°°°°°°°

सेकेन्डह्यान्ड गाडीको ह्यान्डल

प्याडल 

बिदेसी स्यान्डलमा

 सबै समस्या सुल्झाउन

सिकी सकेको छ उसले

त्यतिबाटै

सबैको मुखमा बुझो लगाउन

सिकी सकेको छ उसले

बिचरा उ ……

तपाइँको प्रतिक्रिया