फेरि जन्मिने भो अर्को भूमिगत लडाकू दस्ता

underground-militant.jpgअब देश पुरै भूमिगत लडाकु दस्ता नै दस्तामय होला जस्तो छ । भाईरस किलर्स, जनसेना, युथ फोर्स ।  कोब्रा, तराई टाइगर, कराई करेट, जनतान्त्रिक मोर्चा । अनि हरेक जाती पिच्छेनै लडाकु संगठन । अब त्यतिलेपनि नपुगेर अर्को कम्युनिष्ट पार्टीले पनि अन्तिम चरणमा पुगेको छ भूमिगत लडाकु दस्ता बनाउन । प्राय: गोप्त रुपमा बनाउने गरेका थिए यस्ता लडाकु दस्ता । तर अहिले त हाकाहाकी घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिक्रितले त्यस्तो निर्णय पत्रकार सम्मेलनबाटै सार्वजनिक गरेको हो । तपाईहरुलाई थाहै होला ऋषी कट्टेल यो पार्टीका अध्यक्ष हुन । उनी नेकपा मालेबाट छुट्टिएका नेता हुन ।

एकिक्रितको  गत साता राष्ट्रिय महाधिवेशन भएको थियो जनकपुरमा । त्यसैका निर्णयहरु सार्वजनिक गर्न राजधानीमा पत्रकार सम्मेलन गरे उनीहरुले । त्यहि पत्रकार सम्मेलनमा उनीहरुले हाकाहाकी भनेका हुन-जनवादी राज्य ब्यवस्था प्राप्तीका लागि सबै खालका संघर्षका रुप प्रयोग गर्ने । त्यसकालागि बल प्रयोगको सबैभन्दा उच्च माध्यम शसस्त्र संघर्ष प्रयोग गरिनेछ ।  त्यो प्रयोग गर्न भूमिगत लडाकु दस्ता बनाउने रे । नाम जन सुरक्षा बल राख्ने रे । नाम सबै जनताका नाम मा राखिन्छ । तर आतंकित जनतालाई नै पार्छन  । अब केहि महिनामै यो पार्टीका भुमिगत लडाकुको नाममा चौकि हान्ने, सैनिकहरुमाथि गोली वर्षाउने, गावीस कार्यालयहरु जलाउने, वन कार्यालय भत्काउने जस्ता ध्वंसात्मक गतिबिधि सुनिने छन ।

सरकारले कति वटा लडाकु दस्तासित मात्रै वार्ता गर्ने ? कसका माग मात्रै सुन्ने ? यो एकिक्रितले चाहिँ लौ माओवादी र एमाले सुधारवादी भए, हामीले हो सच्चा जनवादी ब्यवस्थाकालागि लड्ने भन्दै माओवादी र एमाले संसदिय ब्यवस्थामा आएको परिस्थितिको फाईदा उठाउन खोजे जस्तो देखिन्छ ।

तर यिनको नारा र हाँक सुन्दा चाहिँ हाँसो उठ्छ । संसदिय राजनिति गर्नुसम्म गरेका यिनलाई जनताले पत्याएका थिएनन । नत जनताका लागि यिनको पार्टीले केहि गरेर देखाउन सकेको थियो । कसै गर्दापनि अस्तित्व जोगाउन नसक्ने भएपछि अहिले जनवादी ब्यवस्था ल्याउने गफ हाँकेर लडाकु दस्ता बनाउने धम्कि सार्वजनिक गरेका छन ।

तपाइँको प्रतिक्रिया