गज़ल

प्रकाश ढकाल / चितवन

तिम्रो पहिचान तिम्रो क्षमता भित्रै छ
को चम्कन्छ कति उसको साधना भित्रै छ ।। 

++++++++++++++++++ 

जल जमिन जंगल, पुकादैंछ देश
फर्क युवा भविष्य यी सम्पदा भित्रै छ ।।

++++++++++++++++++

देउता ! किन भन्दैनौ, भक्तहरुलाई 
मन चंगा भए गंगा अम्खरा भित्रै छ ।।

++++++++++++++++++

भूलै सही एकपल्ट आउँ मधुशाला
पिइ हेर प्याला जिन्दगी नशा भित्रै छ ।।

++++++++++++++++++

रम्न सक्तैन परदेशको बैभवमा
संसार प्रकाशको दशगजा भित्रै छ ।।

++++++++++++++++++

यस्तै गजलकार पाउछौं तिमी आफै
खोज्नु ति कर्णाली ब्लुजको कथा भित्रै छ ।।

तपाइँको प्रतिक्रिया