आफ्नी पत्नीको प्रशंसा गर्दै राजदूतका नामबाट फेरी झुठो बक्तब्य

दुई देशको बिचमा कूटनीति गर्नुपर्ने पेरिसका नेपली राजदूत मोहनक्रिष्ण श्रेष्ठ यतिखेर आफ्ना कमजोरी लुकाउन, ढाकछोप गर्न पत्रकार भन्दा सक्रियताकासाथ उत्रिएका छन् । उनले पछिल्लो पटक यो तलको बक्तब्य सार्वजनिक गरेका हुन् । तर अचम्म र हाँसो लाग्दो के छ भने सधैं नेपालप्लसलाई पठाउँथे उनले बक्तब्य । तर यो पटक उनले नेपालप्लसलाई पठाएनछन् । जसका बारेमा बक्तब्य लेखेर खण्डन गर्न खोजिएको हो उसैलाई नपठाउनु त हारेको मानसिकता भएन र ? गल्ति गरें भन्न नसक्ने तर घुमाउरो पाराले स्विकार गरेको भएन ? तर यस पटकको बक्तब्यमा भने उनले बडो रहरलाग्दो किसिमले आफ्नी पतीको तारिफ गरेका छन् ।

अनि यस अघि दूतावासको रकममा उनकी पत्नीको नामबाट लेटरप्याड र रकम प्रयोग भयो भन्ने आरोपलाई घुमाउरो पाराले बल्ल आफ्नी पत्नीले खर्च गरेको र दूतावासले प्रचार गरिदिएको भन्ने चलाखिपूर्ण शब्द घुसाएका छन् । सायद अब दूतावासमापनि त्यो खर्चलाई पत्नीकै नामबाट खर्च गरिएको भनेर मिलाउने होलान् । तर यो जे भएपनि नेपालप्लसले उठाएको प्रश्न थिति र नियमको हो । नेपालप्लसले अहिलेसम्म उठाएका प्रश्नको सटिक जवाफ दिन उनले फेरीपनि सकेका छैनन् ।

बरु बक्तब्यमा उनले नेपाली दूतावास पेरिस भन्दै लेखेका छन् । आफ्नी पत्नीको साह्रै प्रशंसा गरेका छन् । बक्तब्य पढ्नुस् त तपाईलाई मुर्छा पर्नेगरि हाँसो लाग्न सक्छ । उनको बक्तब्यको अन्तिममा म केहि प्रश्न सोध्न चाहन्छु राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई । उनले त्यसको सटिक जवाफ दिन सक्नुपर्छ ।

बक्तब्य

राजदूत पत्निको महारानी शैली शिर्षक अन्तरगतको समाचारप्रति राजदूतावासको ध्यानाकर्षंण भएको छ । सो समाचार गलत तथा भ्रामक सूचनामा आधारित भै कुत्सित नियत भएको देखिएकोले कृपया निम्न लिखित हाम्रो भनाई छापिदिनु हुन विनम्र अनुरोध गर्दछौ । आशा छ आउने दिनमा यस प्रकारको गलत, अनर्गल समाचारले स्थान पाउने छैन ।

सर्वप्रथम, १४ महिना अगि यस राजदूतावासमा राजदूतले वहाली गरे देखि यस मुलूकमा देशको हित प्रवध्र्दन गर्न कटिवध्द भै लागी परेको यहांह्ररुलाई अवगत गराउन चाहन्छौ । यस राजदूतावासको नेपाल प्रवध्र्दन सम्वन्धि क्रियाकलापह्ररुका वारेमा युट्युबमा नेपाली एम्बिसी पेरिसवाट हेर्न सकिने छ । नेपाली दाजुभाई दिदीवहिनीहरु विच आपसी मेलमिलाप तथा भाईचारा झन् वढाउन प्रयत्नशिल रहंदै आएका छौ ।

दशैं, तीज मनाउदा व्यापक जनसहभागिता भै नेपाली समाजमा राम्रो सन्देश गएको छ । राजदूतावासको यस प्रकारका प्रयासहरुलाई व्यापक रुपमा जनसहयोग तथा समर्थन प्राप्त भएको छ । राजदूत पत्निले पनि सवैलाई सरल, राम्रो व्यवहार गरी आउनु भएको छ । कुनै आडम्वरी, ढोगी व्यवहार गरी कसैलाई मन दुखाउने कार्य गर्नु भएको छैन । परेको वेलामा सकेको सहयोग सवैलाई गरीआएकै छ । गत वर्ष पनि अहिले जस्तै निमन्त्रणा कार्ड वाडेर तीज मनाइएको थियो । यस वर्ष खाली मिति मात्र फरक थियो । तीज मनाउन राजदूत पत्निले आयोजना गर्ने कार्यक्रमका वारेमा खवर दिई राजदूतावासवाट निमन्त्रणा गरिनु के अधिकारको दुरुपयोग हुन्छ । प्रत्येक कुटनीतिक सेवामा रहेका अधिकृत। कर्मचारीलाई आफ्नो काममा सघाउन पर्ने भएकोलेनै सरकारले श्रीमतिलाई समेत केही रकम पारिवारिक भत्ताको रुपमा दिई कुटनैतिक राहदानी समेत प्रदान गर्ने गरिएको छ ।

तर यस वर्ष नेपाली महिलाहरुको पावन अवसरलाई यसरी गलत ढंगले प्रस्तुति गरिएकोमा साह्रै दुख लागेको छ । यस वारेमा अनलाईनमा लगातार समाचार सम्प्रेषण गर्नु भएका सम्पादकज्यूसंग फोनमा कुरा भै कुनै गुनासो भएमा राजदूतावासमा आउन अनुरोध गरी, बसेर कुरा गरौ, आआफ्नो कुराहरु राखौ, गुनासोहरुका वारेमा चित्तबुझ्दो जवाफ दिनेछौ भन्नेसम्म कुरा भएको थियो । त्यो भन्दा वढि केही पनि भएको छैन । वहालाई जहिले पनि राजदूतावासमा आउन अनुरोध गरेकाछौ, आएको वेलामा चित्त नबुझेका कुराहरुमा जवाफ दिन हामी तयारनै छौ । कुनै पनि वेला, कुनै पनि किसिमले धाकधम्की दिएको छैन ।

राजदूतावासका कामकाज सवै नियम सम्मत ढंगले भै आएका छन् । यहां कसैलाई भेदभाव, काखापाखा गर्ने गरिएको छैन । राजदूतावासमा सवैलाई स्वागत गर्ने गरिएको छ । कार्यक्रमहरुमा निमन्त्रणा गर्दा पनि क्राईटेरिया वनाई गरिएकोछ । कसैलाई कोही ब्यक्ति मन पर्ने वा नपर्ने आफ्नो सोचाई होला, तर राजदूतावासले भने सवैसंग राम्रो सम्वन्ध राख्नु पर्दछ । यो त सवैले बुझ्ने सामान्य कुरा हो । राजदूतावासले नेपाली व्यापारीहरु यहां आफ्नै श्रोतले आएको वेलामा गर्न सकिने सहयोग गर्ने गरेको छ । नेपालको निकासीयोग्य वस्तुहरुको वजार वढाउने कुरामा सहयोग गर्नु त राजदूतावासको कर्तव्य तथा उद्देश्य नै हुन आउदछ । व्यापारीहरुलाई भिषा दिन सिफारिस पटक्कै गर्ने गरिएको छैन ।

फ्रेन्च लेजियो जेन्दार्मेमा करिव १५० जना जति नेपालीहरु काम गरी रहेको बुझिएकोछ । केहि महिना अगाडी वहांहरु मध्ये १८/२० जना जति संग राजदूतावासमा भेटघाट गरिएको थियो। उहाहरुको केही गुनासो छ कि भनि सोधिएको थियो । सवै राम्रो भएको जानकारी दिई वहाहरु राजदूतावासको सकारात्मक पाईला प्रति खुशी प्रकट गरी जानु भएको थियो । यो भन्दा वढि अरु केही पनि कुरा छैन । यस वारेमा कुनै थप जानकारी आवश्यक भएमा जेन्दार्मेका श्रीथेवेजी तथा श्रीविष्णु थापासंग सम्पर्क गर्न सकिने छ । यस सम्वन्धमा लेखिएका गलत, अनैतिक कुराहरु शतप्रतिशत झुठको खेतीहो ।
फ्रेन्च लेजियो जेन्दार्मे अन्तरगत रही अफगानिस्तानमा ०७ अगष्ट २०११ का दिन असामयिक निधन भएका किशन वहादुर थापाको परिवार १४ अगष्ट २०११ का दिन नेपाल फर्कने समाचार पाई वहाहरु संग भेट गर्न सो दिन चार्ल्स डेगाल एअरपोर्टमा राजदूत स्वयम् जानु भै राजदूतावासको तर्फवाट समवेदना प्रकट गर्नुको साथै पछि राजदूतावासवाट प्रेश विज्ञप्ति निकाली फ्रान्स सरकारले वहांको मृत्यु पर्यन्त दिएको उच्च सम्मानले हाम्रा दुई देश विच रही आएको सम्वन्धमा थप योगदान दिएको भावना ब्यक्त गरिएको थियो । इनभ्यालिडमा आयोजित कार्यक्रमा हाम्रो राजदूतावासलाई वोलाइएको थिएन । साथै, अर्को दक्षिण अफ्रिकाको सैनिकको पनि मृत्यु भएकोमा दक्षिण अफ्रिकी राजदूतावासलाई पनि वोलाइएको थिएन । लेजियो जेन्दार्मेको आफ्नै नियम हुने हुंदा, हामीले जान्ने भएर कुनै कदम चाल्न पनि भएन नि ।

राजदूतका सम्वन्धमा लेखिएका कुराहरु पूर्णत गलत, आधारहीन भै कुनै सत्यता छैन । खाली दुष्टले चरित्रहत्या गर्न खोजिएको दुस्साहसका रुपमा हामीले लिएका छौ । उहांले यहां आउन अगाडि आफ्नो कार्यभार राम्ररी सम्हाली आउनु भएको थियो । हास्यास्पद, आधारहीन तथा विवेकहीन आरोपहरुको जवाफ दिई राख्नु समयको अपव्यय मात्र हुने छ । पुर्वाग्रह तथा दुष्ट्याईको पराकाष्ठामा पुगी आफ्नै देश तथा जनताको लागी निरन्तर रुपमा लागी परी आउनु भएका राष्ट्रसेवक माथि बेईमानी तथा अन्याय गरी अनर्गल प्रचारवाजीको प्रयास भएको देखिएकोले सम्वन्धित सवैमा यस किसिमका भ्रामक समाचारवाट प्रभावित न भै दिन हामी सवैमा हार्दिक अनुरोध गर्दछौ ।

नेपाली राजदूतावास, पेरिस, फ्रान्स । 

३१ अगष्ट २०११

मेरा प्रश्न

(१) नेपाल प्रबर्धन गरेर कति बिदेशीले नेपाल चिने ? कति आर्थिक फाइदा भयो ?

(२) आपसी मेलमिलाप भाइचारा बढेको हो कि घटेको हो ? कसैका कुरा सुनेर कार्यक्रममै कसैलाई घचटेर पठाउने कसैलाई रातभरि बटुलेर भोज दिने । के यहि हो भाइचारा बढेको ?

(३) नेपालीको म्रित्यु हुँदा पिर मर्का भोगेकामाथि दुखका क्षणमा शोकसम्म मनाउन नसक्ने । भोज दिएर छमछमी नाच्ने । यस्तै ब्यवहारले हो भाइचारा बढाउने ?

(४) राजदूत पत्नीले आयोजना गरेको कार्यक्रम हो भने त्यसैगरि स्पष्ठ तरिकाले लेख्नु पर्छ कि पर्दैन ? किन दूतावासकै कर्मचारी झैं प्रयोग गरियो ? किन दूतावासको रकममा गरियो त ? पत्नीलेनै आयोजना गरेको भनेर अहिलेसम्म किन बोल्न सक्नुभएन ?

(५) कूटनितिज्ञहरुलाई सघाउन होस कि जे सुकै नाममा राजदूतावासका कर्मचारीले बाहेक अरुले प्रयोग गर्न पाउँदैनन् दूतावासको आधिकारिक सामाग्रि । कूटनितिक राहदानी त राजदूतकि पत्नीको हिसावले दिएको हो, उनकी पत्नीपनि कूटनितिज्ञ हुन् भन्ने अर्थमा दिएको होइन । (यसबारे अर्को लेख प्रतिक्षा गर्नुहोला) ।

(६) बिभिन्न ब्यक्ति लगाएर लौ न कि लौन भनेको होइन उसो भए ? त्यसो भए ति ब्यक्तिसित र राजदूतावासका मिनिस्टर काउन्सिलर जिवन प्रकाशको भनाईसमेत फेरी अर्को लेख लेखेर स्पष्ठ पार्नु पर्‍यो ? मैले सोधेपछि तपाइले उनी मार्फत् पठाएका प्रस्तावका बारेमा सत्य त बोल्नै पर्ला जिवनप्रकाश श्रेष्ठलेपनि ।

(७) सिधा धम्कि दिने त तपाइको हिम्मतनै थिएन र छैनपनि । तर मान्छे बटुलेर र बक्तब्यबाजी गरेर भने तपाइले दिन खोज्नु भएको हो भन्ने कुरा कम्तिमा दर्जन भन्दा बढि रेडियो र थुप्रै अन्य मेडियाले बुझेरै लेखेका, प्रचार गरेका हुन् । धम्कि दिने मनशाय थिएन भने प्रेस काउन्शिलमा कसरि उजूरी हाल्नुभो ? किन आफैं न्यायधिशझैं पत्र काटेर हाजिर हुन निर्देशन दिनुभो ?

(८) महामहिम ज्यु, तपाइको कोटनितिक ज्ञान देखेर साह्रै टिठ लाग्यो । नेपालप्लसले ‘राजदूत पत्निको महारानी शैली’ मा अहिलेसम कुनै लेख लेखेको छैन । त्यसैगरि ब्यापारीलाई भिसा दियो, लियजोंदेजार्मका नाममा मान्छे ल्याउन खोज्यो भन्ने लेख अहिलेसम्म आएको छैन । पाठक प्रतिक्रियाका रुपमा आएका कुरा ति पाठकका नितान्त निजि बिचार हुन् । तपाइलाई पाठक प्रतिक्रिया र लेखका बिच के फरक हुन्छ भन्ने ज्ञानपनि रहेनछ महामहिमज्यु । जमघटको समय घटाएर यस्सो जानकारी राखे आफैंलाई फाइदा हुन्थ्यो कि ! तपाइको यो ज्ञान देखेर नत्र त जगत हाँस्छन् नी !

(८) फ्रान्सेली सेनाका नेपाली मारिँदा सायद दूतावासलाई बोलाएन होला फ्रान्सेली दूतावासले । तर त्यसमा बोलाउनुभन्दा आफूले चासो राख्ने होइन र ? तपाइको कति रहेछ पहुँच फ्रान्समा भन्ने देखाउँदैन र यो घटनाले ? अनि के फ्रान्सेलीहरुले तपाइलाई नेपालको लेटरप्याड र अखियारी दूरुपयोग गरेर भोज खानु, नाचगान गर्नु भनेका थिए ? श्रदान्जलीमा त जान पाइएन रे लौ, दूतावास वा आफ्नो निवासमा शोक सभा गर्न पनि रोक थियो र ? कि श्रद्दान्जलीमा जान नपाउँदा भोज खाने चलन छ महामहिमको ?

(९) तपाइले यस अघि कति राम्रोसित जिम्मेवारी बहन गर्नु भएको थियो आबुधाबीमा हुँदा । मन्त्रालयमा कस्तो संवन्ध छ ? पहिलेपनि कति पत्रकारलाई धाकधम्कि दिनुभएको थियो ? यसबारे आगामी लेखहरुमा पढ्नुहोला है त ? यो भन्दा अघिल्लो लेखको बाँकि भाग पनि आउने छ ।

तपाइँको प्रतिक्रिया