कविता : म
● कपील अधिकारी / ताइपेइ, ताइवान
म ठुलो
म सर्बेश्वर
ज्ञानी
म छु संसार छ,
म छैन, छैन केहि
जे होस् म पछि
जो बनुन राजा
बनोस नबनोस भोलिका बिधि बिधान
यदि मेरो उपस्थिति नहुने हो भने
न गराउने हो भने
++++++++++++
सोच्छु
यो
कसरि यो गाडियो यो म भित्र, सबै भित्र
कतै “म ” नहुँदो हो त
कस्तो देखिन्थ्यो होला यो संसार ?
म छ
होडबाजी छ,
आजको परिभाषा
बिकास छ
ढुंगे युग साइबर युग भएको छ
म छ, र मेरो प्राप्तिमा
काटमार छ, रक्तपात छ ,
यो अभिमान
मेरो जाति ठुलो
मेरै खानदान
मेरै भाषा
मेरै संस्कृति, धर्म ठुलो
मेरै देश नै महान
त्यसैले मान मर्दन गर अरूलाइ
फिस्टा गन
+++++++
कसरि जन्मियो होला यस्तो अभिमान मान्छे भित्र
“म ” र ” तँ ” को भेद
2
ज्ञान
“प्राणी मात्र को जय ” जयकार गरेनी
घुमी फिरी रुम्जाटार उहीं आँउछ
म “म” भित्र
मैले जे गरें, भलो गरें
हुन त कति शिर ढल्यो होला
मानु कतिका हराए
मेरै खातिर, मेरै परिवारको खातिर
मेरै धर्म खातिर
समुदाय, संस्थाको
+++++
कपुरी “क ” मा नै पढियो, पढाइयो
राम्रो “म”
मबाट मकार हुन्न सक्थ्यो
मर, मृत्यु पनि
जीवन पछिको शाश्वत सत्य
कसरि, किन भनियो होला राम्रो म
ब्राहखरीबाटै मस्तिकमा टाँसिएपछि
कसोरी न झ्याँगिने होला यो “म ”
बुद्धले भने
म हटाऊ
झन् फूल्यो फल्यो यो अनुयायीमा
मेरो सिदान्त, मैले बोकेकोले ठिक
युद्ध अथवा शान्ति
मेरो सिदान्तले जित्नु पर्छ
मैले भनेको हुनु पर्छ
बरू बनोस कयौं रक्त कुण्ड
अरू स्वाहा भएर के भो ?
अरू ढलेर के भो
मेरो जीत मुख्य
मेरो खुशी मुख्य
म बाँकि छु
मलाई न भएको छ केहि
++++++++++
हामी पढ्छौं
कुरू क्षेत्रमा अर्जुनलाइ भन्छन कृष्ण
हेर मेरो विश्वरुप
3
यो सब म हुँ
म नै हुँ यो संसार
यो सब म मा टिकेको छ
हामीलाई अर्ति उपदेश दिनुपर्ने उ नै
म नै सबै हुँ भन्छन
अनि हामी कुइरोमा हराएको मान्छे
किन बुर्कुशी न मार्दो हौँ ” म ” बोकेर
सायद म नहुँदो हो
हामी मिले रेप्पा हुन्थ्यौं कि
डाँडामा गुफा खन्दै हुन्थ्यौं कि ?
सन्यासीले भरिँदो होला गाउँ शहर
++++++++++++++++
आज राम्रो म
फेशबुक भएर आएको छ
भित्ता भरि म को शो भएको छ
बिज्ञानले उठाएको यो म
सधैं
आफ्नो जय सोच्छ
आफ्नै भलो
आफ्नो दुख ठुलो अरूको गौण
सेयर
मेरै लागि, जन्मेको म
आफ्नै लागि यो सव
तर आदर्श छाँटी रहेछन’
मैला एक झुण्ड भुस्या कुकुर सडक पेटीमा
दगुरी
मिलाप तिनको देखेर
म सोच्छु
सोची रहेछु
कस्तो होला तिन को म
र मेरो ममा भिन्नता
ममा म किन आयो सोची रहेछु
उसले कस्तो म बोकी रहेको होला
+++++++++
चेइ को आवाज सँगै दगुरे ति
सुनियो ड्यार डुर
कपाकप लागे निल्न
4
पेट को शान्ति
लागे ओगट्न
छिना झापट
कोहि अघि कोही पछि
टिपा टाप सकिएपछि
सुस्ताए, सकियो ड्यार डुर
फेरी उही मिलाप
थैली भर्नको दौड
पेट भरे पछि रहेन केहि वैमनस्यता
एकैछिन् जन्मियो म अनि हरायो
न छ मेरो जस्तो
मान्छेले जस्तो बिगतको पूर्वाग्रह
सधैं बोकी राखेको
न त आगत लागि
न म को दौड नै छ
न त उनीहरू ले ब्राहखरी पढे होलान
राम्रो म भनेर घोकेन होलान
जब
सधैं यी फुस्रे धुसरे भुसिया कुकुरको झुण्ड देख्छु
अलिकति
अलि
र सोच्छु
म भित्र पनि तिनको जति बिबेक भएको भए
तिनकै अलिकति गिदी ममा भएको भए
अथवा हुँदो हो त
म पनि अर्कै हुन्थे होला
यो
यो
हराउँथ्यो
उनी
राम्रो
आफैं
हुन्थ्यो




