पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

a-nepali-robin-sharma-wins-a-french-prize-in-paris.jpgनेपालमा सधैं मारपिट । चक्काजाम। बन्द। हडताल । हत्या, आतंक । गरिबी, हाहाकारनारा र जुलुस । आक्रमण । सधैं यस्तै समाचार आइरहन्छन । बिदेशमा भएका नेपालीको खबरपनि हत्तपत्त गतिलो सुनिँदैन । उहि कुटिएका । लुटिएका । दलालले ठगेका । दूर्घटना । दुख पाएका कथा र ब्यथा । तर यसपटक भने एउटा शुभ समाचार छ सबै नेपालीले गर्व गर्न लायकको । चितवन भण्डाराका साथी रबीन शर्मा ओलीले फ्रान्सेली पुरस्कार जितेका छन । निगाहा र चाकरीले गोरखा दक्षिण बाहु पाए जस्तो हो र ? प्रतिस्पर्धामा जितेर । त्यो पनि चानचुने र एक दुइ दर्जनका बिचमा होइन । पाँच हजार जति विश्व भरीका थरी थरीका स्वाद बनाउने रेस्टुरेन्टहरुलाई उछिनेर उनले नेपाली खानामा जितेका हुन । सन २००८-२००९ का लागि कुइजिन दु मोंद (विश्वभरिका भान्छा) अन्तर्गत पापिए दोर अर्थात सर्वश्रेष्ठ स्वाद भन्ने पुरस्कार हो उनले जितेको । त्यो पुरस्कार समा द हिमालय (हिमाली मार्ग) भन्ने उनको नेपाली रेस्टुरेन्टले जितेको हो ।

त्यो पुरस्कारकालागि पेरिस शहर नजिकको एसोन अञ्चल अन्तर्गतका करिब पाँच हजार बिभिन्न बिदेशी परिकार बनाउने रेस्टुरेन्टहरुले प्रतिस्पर्धा गरेका थिए । यस्तो आयोजना गत नौ वर्षदेखि हुँदै आएपनि कुनै पनि एशियालीले अहिलेसम्म जित्न सकेको थिएन । यो पुरस्कार जित्ने रबीन पहिलो नेपाली मात्रै नभएर पहिलो एशियाली नै बनेका हुन । रबीनका अनुसार यस अघि यो पुरस्कार लगातार रुपमा ईटालियालीहरुले जित्दै आएका रहेछन ।

resturant-nepalais-a-paris-3.jpg 

(पुरस्कार हस्तान्तरण गरेपछि उनको रेस्टुरेन्टबारे दर्शकहरुलाई ब्याख्या गर्दै जुरीका निर्णायकहरु। अनि पुरस्कार समातेर दंगदास रबीन)

पुरस्कार जितेपछि घिरौंला जत्रो नाक पारेका रबीन मलाई सुनाउँदै थिए- नेपाली खाना भन्नासाथ त्यहि दाल र भात त होनी भन्नेहरुलाई बिश्वमा नेपाली खाना कम छैन भन्ने चुनौति हो यो । प्रचारप्रसार र प्रबर्धन गर्न सके नेपाली खाना पनि प्रसिद्द हुने रहेछ भन्ने संभावना पनि उत्तिकै छ । कम्तिमा यो क्षेत्रमा अब नेपाली खानाको झन प्रचारप्रसार हुन्छ ।

le-restaurant-nepalais-en-france.jpg

                (भित्र ढाकाका लुगाले सजिएको यस्तो छ रबीनको नेपाली रेस्टुरेन्ट।)

le-restaurant-chemin-dhimalaya-a-evry.jpg

          (चट्ट पलेटी कसेर बसेका छन बुद्द उनको रेस्टुरेन्टमा बारको अगाडि)

nepali-indian-food-in-paris-1.jpg

   (सर्वश्रेष्ठ स्वादका लागि त होला उनको रेस्टुरेन्टमा झुम्मिएका फ्रान्सेली)

restaurant-neepalais-a-evry-1.jpg 

                         (स्टिलको थालमा रहरलाग्दो छैन त खाना ? )

resturant-nepalais-a-paris-2.jpg 

(रबीनको रेस्टुरेन्टमा कतै नुप्से हिमाल त कतै सगरमाथा हाँस्छन । कतै अन्नपूर्ण त धौलागीरी मुस्कुराउँछन । नेपाली संस्क्रिति झल्काउने चित्रपनि प्रशस्तै राखेका छन उनले ।)

cuisine-nepalais-a-paris.jpg

(त्यो जित्न सबै रबीन एक्लैले गरे होलान त ? उनलाई साथ दिने अरुपनि थिए । दाहिनेबाट मदन भाई जो मुसुक्क मुस्काउँदै सेवा गर्थे । दोस्रो रबीन । तेस्रो त्यहाँको एक हिमाल संबन्धि कार्यक्रममा भाग लिन पुगेका बेला बिश्व साईकलयात्री पुष्कर शाह । त्यसपछि राम बर्तौला जो त्यतिबेलाका मुख्य कुक थिए । पाँचौंमा कमल ओली (रबीनकै भाई) । उनी पनि अहिले त नामी भैसकेछन परिकार बनाउन । छैठौं ब्यक्तिको नाम बिर्सिएँ । अन्तिमकी एक अफ्रिकी मूलकी किशोरी जो रेस्टुरेन्ट संबन्धि तालिमका लागि आएकि त्यो बेला)   

rabin-in-the-newspaper.jpg

   (रबिनको पुरस्कार बारे इभ्री नगरपालिकाले निकालेको पत्रिकामा निस्किएको आलेख)

त्यति सजिलै छ र यो जित्नपनि ? तिन चरणको त अनुगमननै हुन्छ । पुरस्कार छनौटकालागि एउटा जुरी बनाउँछन अधिकारीहरुले । पहिलो चरणमा संभावित रेस्टुरेन्टमा गोप्य रुपमा आएर वातावरण, खाना, भान्छाको सफाई लगायतका स्तर हेर्छन । दोस्रो चरणमा रेस्टुरेन्ट प्रयोग गर्ने खाद्द पदार्थ ल्याउने ठाउँको गुणस्तर, खाना बनाउने तरिकाको अवलोकन गर्छन । तेस्रो चरणमा गोप्यरुपमै आएर खाना खान्छन ।

भर्खर ३५ वर्षका छन रबीन । उनले यो रेस्टुरेन्ट खोलेकै सन् २००६ को डिसेम्बरबाट हो । त्यो अघि उनले एशियाली खाना बारे एक भारतिय रेस्टुरेन्टमा ज्ञान लिएका थिए । सन् १९९९ मा उनी पहिलो पटक यो क्षेत्रमा छिरेका रहेछन फ्रान्सेली एक रेस्टुरेन्टमा । सामान्य कामदारका रुपमा । उनले पाएको यो पुरस्कार हामी सबै नेपालीका निम्ति गर्वको कुरा होइन त ? लौ बधाई छ रबीन !!!

थप हेर्ने भए

रवीनलाई स्वाद पुरस्कार

समा द हिमालयको साईट हेर्न यहाँ क्लिक गर्नुहोस ।

छोरी दिने सौतामाथि, ज्वाइँलाई हाल्ने मुद्दा

इन्टरनेटमा लागेको गणतन्त्र

तपाइँको प्रतिक्रिया