मेरो नासो

-तिर्थ राज पाण्डेय 

tirtharaj-pandey.jpg

त्यो नासो मेरो हो

जस्लाई जिउदै जलाईएको

शिवपुरी को जङ्‍गलमा

बेखबर सडाईएको

त्यो नासो नेपाली हो !

प्रजातन्त्रको मुकुन्डो लगाई

निरंकुशतन्त्र लादिएको छ

निर्दोष त्यो मेरो नासो

शिवपुरीमा गाडीएको छ

सत्ता चलाऊनेहरु हो !

मेरो प्रश्नको उत्तर चाहिन्छ

नेता भनाउँदाहरु हो !

देशका पहरेदारहरु हो !

तिमी भित्र अदालत छ सुनेको थिएँ

साँचो न्याय पाई नासो फर्किन्छ भन्ने

मैले  सपना बुनेको थिएँ

त्यो कुन अदालत हो !

जसले बेकसुर नासो जलाउने आदेश दियो

केही कुरा सोधपुछ गरी फिर्ता ल्याउने

म सँग बाचा गरेको थियो

ए सेना भनाउदाहरु हो !

झुटा बाचा गर्ने पहरेदारहरु हो

नेपाल आमाको कसम भनी बोल

कतीका बेकसुर नासोहरु जिउँदै जलाएका छौ

जनता सामु यथार्थ खोल !

त्यो नासो मेरो हो

जस्लाई जिउँदै जलाईएको !!!!!!

महाकाली-नेपाल

संपर्क-[email protected]

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

तपाइँको प्रतिक्रिया