जागौं हामी यो तीजमा
● हीरा भण्डारी
“तीजका गीतहरु बज्न थाले जताततै,
नाच्न लागे दिदिबहिनीहरु रमाइ रमाइ,
सुखदुख सम्झेर झुम्न लागिन वरिपरि”
°°°°°°°°°°°°°°°°°°
रातो सारीमा सजिएकिछौ,
सुनको गहनामा लाडिएकी छौ,
पोते र चुरामा बेरिएकि छौ,
सिन्दुर र टिकामा धपक्क बलेकि छौ ।
°°°°°°°°°°°°°°°°°°
प्रतिस्पर्धा नगरौ दिदि बहिनि सारी र गहनामा ।
खानाहरु खेरा नफालौं दरखाने नीहुँमा
भोका र नांगा धेरैछन यो देशको हकमा ।
रुढिबादी परम्परालाई तोड्नुपर्छ गाउँघरमा,
मिलेर एकजुट हुनुपर्छ नारीको हकमा ।
°°°°°°°°°°°°°°°°°°
आङ खस्ने रोग ले सताएकोछ आमाहरुमा ।
मातृ मृत्युदर चुलिदै गएकोछ यो देशमा ।
बिधुवाहरु बढेकाछन् दन्द्द कालमा ।
प्रसुतीगृहको कमीले मृत्यु हुँदैछन पहाडमा ।
मिलेर एकजुट हुनुपर्छ नारीको हकमा ।
°°°°°°°°°°°°°°°°°°
रातो सारी, हरियो पोते लगाएर नाच्नुपर्छ यो तीजमा,
पानी नखाइ बर्त बसिदिनुपर्छ मायाको हकमा ।
परम्परालाई बिर्सिनुहुन्न आधुनिकताको नाममा ।
हाम्रो अधिकारको बारेमा लेखिनुपर्छ यो नयाँ संबिधानमा …….




