थापालाई श्रद्दान्जली दिँदा मन्त्रीकै अगाडि रोए फ्रान्सेली

(म्रितक क्रिष्ण बहादुर थापाकी पत्नी र उनको छोरो)

तालिबान आक्रमणकारीहरुको आक्रमणमा परि गत आइतबार अफ्गानिस्तानमा मारिएका फ्रान्सेली सेनाका नेपाली क्रिष्ण बहादुर थापालाई फ्रान्सका परराष्ट्रमन्त्री आलाँ जुपे, रक्षामन्त्री जेरार्ड लोंगे र श्रम तथा स्वास्थ्य मन्त्री साभिए बेर्थँ लगायत फ्रान्सेली सेनाका उच्च अधिकारीहरुले हिजो अन्तिम श्रद्दान्जली दिए । नेपालबाट थापाका पत्नी, दश वर्षिय छोरो, उनका बाबु र आमालाईपनि उपस्थित गराएका थिए ।

श्रद्दान्जलीमा उपस्थित उनका बाबु र आमा (सलाम ठोक्नेका अगाडि)

पेरिसको ला देफँस भन्ने प्रसिद्द ठाउँमा रहेको पों आलेक्जँद्र ३ भन्ने पूल छेउबाट शुरु गरिएको यो अन्तिम श्रद्दान्जली फ्रान्सेली सेनाको राफली काल्भी जेरार्ड लोंगे भन्ने सैन्य क्याम्पमा सम्पन्न गरिएको हो । पों श्रद्दान्जलीमा सेनाका उच्च अधिकारी, मेयर कार्यालयका अधिकारी लगायत सयौं सर्व साधारण र पर्यटकहरुले समेत सडक पेटीमा उपस्थित थिए । फ्रान्सेली सेनाको उच्च टुकडीले शोक धुन दिएको थियो । क्रिष्ण बहादुर थापा र त्यहि आक्रमणमा मारिएका फ्रान्सेली लियाजों (वैदेशिक सैन्य बिभागमा खटिने सेना) गेर्हार्दुस जान्सेनलाई क्रस मिलिटरी भ्यालु भनिने म्रित्यु पर्यन्त दिइने पदकबाट समान गरियो । यो फ्रान्सेली सेनामा बहादुरीका साथ लड्नेकालागि सम्मानस्वरुप दिइन्छ ।

(थापा र जान्सेनको शव । उनीहरुको शवमा फ्रान्सेली झण्डा ओढाइएको थियो )

अफ्गानिस्तानबाट बाक्सामा हालेर ल्याइएका दुबै सैनिकका शव गाडीमा राखेर डुलाउँदा म्रितकका आफन्त र सडक छेउका सर्व साधारणहरु भाव बिव्हल बनेका थिए । परिवारका सदस्यहरुको रुवाइले धेरैलाई दुखि बनाएको थियो । सन् २००१ बाट फ्रान्सले अफ्गानिस्तानमा सैन्य कारवाहीका लागि आफ्ना सैनिक पठाउन थालेपछि हाल सम्म ७१ जना मारिइसकेका छन् । फ्रान्सेली बैदेशिक सेनामा रहेका करिब दुई सय नेपाली मध्ये पोखराका क्रिष्ण थापा त्यसरि मारिने पहिलो नेपाली हुन् ।

थापा संवन्धित सैनिक बटालियनसित संवन्धित टुकडीले श्रद्दान्जली दिँदै

रक्षा मन्त्री जेरार्ड लोंगे, परराष्ट्र मन्त्री आलाँ जुपे र श्रम तथा स्वास्थ्य मन्त्री साभिए बेर्थँ सँगै क्रिष्ण थापाका छोरा, पत्नी र बाबु आमालाई पिछा गराइएको थियो । झुकेर मर्नु भन्दा बहादुरीका साथ लडेर मर्नु जाति । शत्रुहरुको उन्मुलनका लागि तपाइहरुले लड्दा लड्दै आफ्नो ज्यान अर्पण गर्नुभयो, त्यसको राष्ट्रले सम्मान र उच्च मूल्यांकन गर्नेछ’ रक्षा मन्त्री ले अन्तिम श्रद्दान्जली दिँदै भने । आफ्ना बाबुको शव बाक्सामा देखिरहेका क्रिष्ण थापाका करिब १० वर्षिय छोराको निन्याउरो अनुहार देखेका सर्वसाधारण मध्ये एक महिलाले ‘यस्ता वालवालिकाहरुले आफ्ना बाबु खोजिरहने छन्’ भनेपछि सर्वसाधारणको रुवाबासी चलेको थियो । केहि त बिरामीनै परेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

(फोटो स्रोत- कोर्सनेत आँफो डट कम)

तपाइँको प्रतिक्रिया