गोरा डाक्टरको नेपाली मन

ददिराम सापकोटा, पेरिस, फ्रान्स  थुप्रै मेहनत पैसा खर्च गरेर चिकित्सक बन्न सफल कुनै व्यक्तिले सरदर कस्तो उद्देश्य राख्ला रु कुनै अस्पतालमा nepali-consulate-france-consular-didier-benard-nepalplus.jpgआबद्ध भएर केही वर्षअनुभव बटुल्ने, सर्म्पर्क बढाउने अनि निजी क्लिनिक वा अस्पतालमा बसेर पैसा कमाउने। तर, फ्रान्सका डा। डीडीए बेर्नाड भने विदेशी भएर पनि आफ्नो चिकित्सकीय पेशाको समय कटौती गरीगरी नेपालको विकासका लागि दौडिरहेका छन्।  

सन् १९८५ मा एशियामै पहिलोपटक नेपाल छिरेका उनले गत वर्ष फ्रान्सको डेभिलमा आयोजित एशियाली फिल्म फेस्टिभलमा नेपाललाई सहभागी गराए। फ्रान्सको उच्चवर्गका बीचमा नेपाललाई परिचय गराउने काम उनले पहिलोपटक नेपालबाट फर्केलगत्तै शुरु गरेका हुन्। गएको जनवरीमा रुवाँ शहरमा भएको अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीमा नेपालका लागि निःशुल्क प्रवेशको चाँजो उनैले मिलाएका हुन्। यस प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुकले नेपाली कक्षको भ्रमण गरेका थिए। हेटौंडाको भीमफेदीमा बहुउद्देश्यीय महिला जागृति सहकारी संस्था उनैको आर्थिक सहयोगमा सक्रिय छ। यसले महिला साना किसानहरुलाई पशुपालन , गोबरग्याँसका लागि आर्थिक सहयोग जुटाइरहेको छ। आगामी वर्ष डेभिलमा हुन लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालको सहभागिताका लागि उनी अहिलेबाटै लागिपरेका छन्। फ्रान्समै अर्को एक उच्चस्तरको नेपाली सांस्कृतिक मेला गर्ने योजना पनि बनाएका छन् उनले। त्यसैको तयारीका लागि उनकी पत्नी नेपाल जाने तरखरमा छिन्।  उनका योजना यतिमै सीमित छैनन्। फ्रान्सको लोआर क्षेत्रको एक विद्यालय हेटौंडाको श्री आधुनिक माध्यामिक विद्यालयलाई हालै मितेरी लगाइदिएका छन् उनले।अब फ्रान्सेली शिक्षक विद्यार्थीले नेपाल नेपालकाले फ्रान्स आएर भाषा संस्कृति आदानप्रदान गर्नेछनउनी भन्छन्। त्यस अतिरिक्त नेपालमा केही विद्यालय खोल्ने योजना पनि उनको। उनको सबैभन्दा सकारात्मक भूमिका यहाँ बसेर नेपालको पर्यटन प्रबर्द्धन गर्नु हो। आन्तरिक द्वन्दले पर्यटन व्यवसाय धराशायी बन्दै गएका बेला उनीचाहिँ पर्यटकका लागि द्वन्दले कुनै असर नपार्ने जानकारी दिँदै हिँड्छन्। सा ूस्कृतिक कार्यक्रम , व्यापारिक मेला सभासम्मेलनमा गएर नेपालबारे रहेका भ्रमहरु चिर्ने कोसिस गर्छन्। त्यस्ता कार्यक्रममा उनी भन्ने गर्छन्– “नेपालमा कुनै पनि पक्षबाट पर्यटकमाथि आक्रमण भएको छैन। नेपालको द्वन्द पर्यटकका लागि समस्या होइन। नेपाल जान जति खतरा , त्योभन्दा कैयौं गुणा बढी खतरा हाम्रै शरीरका कोशिकाहरुमा छ। 

त्यसो नेपालस ूगको उनको नाता आफैंमा कम्ती रोचक लाग्दैन। सन् १९८५ मा पहिलोपटक त्रिभुवन विमानस्थलमा ओर्लनासाथै अर्कै ब्रह्माण्डमा हराएको अनुभव गरे उनले आफूलाई। फ्रान्सेली सोचाई , चिन्तन, शैली व्यवहारलाई दिमागबाट चक्क झिकेर कतै नराखी धरै पाएनन् उनले नेपाल बुझ्नका लागि।रित्तो दिमागले हेर्यो भने बुझिन्छ कि भनेर मैले फ्रान्सेली दिमाग रित्तो पारें। बल्ल संसारको अर्को चित्र देखें , जसले मलाई थप बुझ्न उत्सुक बनायोबेर्नाड भन्छन्रहदा बस्दा यति बुझेछु कि घर फर्किँदा मैले पूनर्जन्मनै लिएँ। नेपालको पहिलो यात्राबाटै उनी नेपाल नेपालीबाट यति मोहित भएकि त्यही वर्षो अन्त्यतिर साढे तीन वर्षा रामप्रसादलाई धर्मपुत्रका रुपमा स्वीकारे उनले। त्यसको चार वर्षछि उनले तर्राईबाट साढे चार वर्षीया दीक्षा वर्षीया क्षेत्रीलाई धर्मपुत्री रोजे। यसपछि आफ्ना छोरा छोरीका निम्ति पनि नेपालबारे धेरै अध्ययन गर्नुपरेको उनी बताउँछन्। अहिले उनी नेपालको राजनीतिक , सामाजिक , सांस्कृतिक, भौगोलिक कुनै पनि जानकारी धाराप्रवाह रुपमा दिन सक्छन्। पेरिसमा जुन मा भएको नेपाली सांस्कृतिक मेलाका दिन उनले नेपालबारे ओजिलो प्रवचन दिएर विदेशी के नेपालीलाई समेत दङ्ग पारे।  

त्यसो उनको यही मेहनत नेपालप्रतिको र्समर्पणभावले गर्दा उनलाई नेपालका निम्ति नोरमदी क्षेत्रको अवैतनिक वाणिज्य दूत बन्ने अवसर मिल्यो। नोरमदीको पाँच विभागीय क्षेत्रको सामाजिक बिमाका लागि मुख्य सहचिकित्सक भएकाले नागरिकताका लागि दिनुपर्ने बिमासम्बन्धी सुविधा छँदै थियो। सन् १९९९ को अगस्टबाट अवैतनिक वाणिज्यदूतमा छानिएपछि उनीमाथि झन् जिम्मेवारी थपियोपर्यटकहरुलाई भीसा दिनु , नेपालसम्बन्धी थप जानकारी दिनु , विभिन्न कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नु। त्यसैले कहिल्यै फुर्सदिला हुँदैनन् उनी।  नेपालसम्बन्धी हरेक कार्यक्रममा पुग्दा उनी नेपालीहरुको सहनशीलता, प्रेम, स्वतस्फूर्त हाँसो, सजिलो समाज, खुला दिलका मानिसको निकै प्रशंसा गर्छन्। आफ्नो कार्यालयमा नेपालको प्रवेशाज्ञा लिन आउने पर्यटक होउन् वा अन्य कुनै कार्यक्रममा। उनी भन्ने गर्छन्नेपाल घुम्दा एकजना पनि असल मित्र बनाउन सक्नुभएन भने तपाईं मानसिक डाक्टरकहाँ जचाउन जानुहोला। 

यो सबै सफलता उनी आफ्नी जीवनसंगिनी आन बेर्नाड काठमाडौं त्रिपुरेश्वरका महेन्द्र श्रेष्ठको सहयोगले संभव भएको बताउँछन्। आन आफ्ना पतिको हरेक काममा साथ लागेर प्रत्यक्ष सहयोग गर्छिन्। उता , महेन्द्रचाहिँ काठमाडौंमा बसेर उनका योजनाहरु लागू गराउन सहयोग गर्दैर्छन्। यहाँको वाणिज्यदूत बन्न धर्मपुत्रपुत्री बनाउन उनले दिएको सहयोगको बेर्नाड बारम्बार स्मरण गरिरहन्छन्। परम्परागत संस्कृति , रातो माटो , पर्यटकहरुको नगण्य उपस्थिति प्राकृतिक सुन्दरताले गर्दा उनलाई र्सवाधिक मनपर्ने ठाउँ हुन्तर्राई महाभारत खण्ड।त्यही भएर पहाडबाट धर्मपुत्र तर्राईबाट धर्मपुत्री रोजेंउनी भन्छन्।  आफ्ना धर्मपुत्र धर्मपुत्रीको बृत्तान्तलाई समेटेर बेर्नाडले एउटा पुस्तक नै लेखेका छन्। प्रकाशोन्मुख उक्त पुस्तकको नाम राखेका छन्नमस्ते। समग्रमा यस पुस्तकले आफ्ना छोराछोरीको कथा बोले पनि नेपालका यति धेरै प्रसङ्ग समेटिएका छन् , जसले नेपाललाई फ्रान्समा अझ बढी चिनाउन मद्दत गर्नेछ।मेरो पुस्तकले फ्रान्सेलीहरुलाई नेपाल जान थप उत्सुक बनाउनेछआशा उनको।

जनआस्था, काठमाडौं, भाद्र १५, २०६२ (August 31, 2005)

तपाइँको प्रतिक्रिया