फ्रान्सेली सेनाका नेपाली अफ्गानिस्तानमा मारिए
कति दुख लाग्दो छ नेपालीको नियती । बेलायतले युद्द लड्छ हामी नेपाली मारिन्छौं । भारतको कारगिलतिर युद्द पर्छ नेपालीनै अघि सर्छन् र मारिन्छन् । कोरियामा साहूले ढाड डाम्नेमा नेपाली नै हुन्छन् । अमेरिकाले प्राक्रितिक स्रोत र साधनको अति दोहन गरेको असर नेपालीले भोग्नु पर्छ ब्रह्माण्डको तापक्रम बढेर हाम्रा हिमाल पग्लिनाले । हुँदा हुँदा कहिल्यै नसुनिएको घटना सुन्नु परेको छ अहिले, फ्रान्सेली सेनामा भर्ती भएका क्रिष्ण बहादुर थापा अफ्गानिस्तानमा मारिएका छन् । उनी हिजो आइतवार तालिवानहरुको आक्रमणमा परेका हुन्। उनीसँगै अर्का एक जना फ्रान्सेलीपनि मारिएका छन् । त्यो घटनामा ३० अमेरिकी र अन्य सात अफ्गानी सैनिकसमेत मारिएका हुन् ।
बिद्रोहीहरु बिरुद्द कारवाही अगाडि बढाइरहेको बेला त्यहाँ अमेरिकी, सेनासमेत थिए । उनीहरु हेलिकोप्टरमा थिए । तालिवानी आक्रमणकारीहरुले त्यसैलाई निशाना बनाएका हुन् । बिद्रोहीहरु बिरुद्दको कारवाहीमा अमेरिकी सेना सँगै फ्रान्सेली अर्का एक माथिल्ला तहका सैनिक २४ वर्षिय गेर्हार्दुस् जेन्सन र हाम्रा क्रिष्णबहादुर थापा मारिएका हुन् । ३० वर्षिय थापा पोखरा निवासी हुन् । उनका पत्नी र एक छोरी छोरा छन् । थापा सन् २००८ मा फ्रान्सेली सेनामा प्रवेश गरेका थिए ।
नेपाली हरुले ढाँट्ने गरेको एउटा तथ्य के हो भने जतिपनि नेपालीहरु फ्रान्सेली सेनामा छन् ति सबै जहाँ जहाँ यूद्द हुन्छ त्यहाँ अघिल्लो पंक्तिमा लड्नका लागि हो । त्यसको फ्रान्सेली सेनामा छुट्टै बिभाग छ जसलाई लिएजों एथँजेयर् भनिन्छ । यसमा विश्वका कुनैपनि देशका नागरिक भर्ती हुन सक्छन् । यो बिभाग अन्तर्गत वैदेशिक सेनामा रहेका नेपालीको संख्या करिब २०० छ । नेपालीहरुलाई फ्रान्सेली सेनामा लिनासाथ तिनलाई युद्दकला संवन्धि तालिमकालागि ईरान, अफ्गानिस्तान, इराक, अफ्रिका र फ्रान्समा हिमाली क्षेत्रहरुमा लगिन्छ । त्यसरि आफ्नो बटालियनबाट बाहिर तालिमकालागि लैजाँदा भत्ता धेरै दिने हुनाले नेपालीहरु आकर्षित हुने गरेका थिए ।
पहिले पहिले फ्रान्सको कुनै देशसित युद्द नभएको र बिदेशी भूमीमा सैन्य कारवाहीमा पनि फ्रान्सले सेना पठाउने नगरेकाले यहि बिभाग अन्तर्गत रहेका सैनिकपनि उति असुरक्षित मानिदैनथिए । तर वर्तमान राष्ट्रपती निकोला सार्कोजीले नेटो अन्तर्गत रहेर आफ्ना सेनाहरु बेलायती सेनासँगै बिभिन्न मुलूकमा सैन्य कारवाहीमा पठाउन लागेपछि नेपालीहरुलेपनि बढि असुरक्षित महसुस गर्ने गरेका छन् । त्यसैको कारणले गर्दा फ्रान्सेली सेनामा पस्ने नेपालीहरु धेरै समय सैनिक सेवामा रहँदैनन् । यो बिभाग अन्तर्गत फ्रान्सेली सेनामा पसेका नेपालीहरुले करिब पाँच वर्षमा फ्रान्स बस्ने स्थायी कागज पाउँछन् । त्यसपछि फ्रान्सेली सेनामा पस्ने थुप्रै नेपालीहरुले सैन्य सेवा त्यागेर बस्छन् । नेपालप्लस उनीप्रति हार्दिक श्रद्दान्जली र परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछ ।




