कविता: मलाई औधि मन पर्ने रुख
● डा. हरिकुमार श्रेष्ठ / पाटन, नेपाल
एक सानो र राम्रो बिरुवा
मलाई यो औधि मन पर्ने
त्यसैले मैले यसलाई
आफूलाई मन पर्ने स्थानमा
लगाउने इच्छा थियो
लगाएँ पनि
आवस्यकतानुसार गोडमेल र मलजल गर्दै गएँ
यो राम्रैसँग हुर्कियो र बढ्यो
उ मभन्दा धेरै अग्लियो
अब त उसको उचाई छुन र नाप्न कठिन भो
तापनि यसलाई
सबैलाई सितल छहारी दिने चौतारो बनाउने चाहना
त्यसैले चौतारा पनि बनाई दिएँ
यसको गहिरो सितलताले
हरेक बटुवा र मानिरहरुलाई
एक टकले आकर्षण गरिराखेको थियो
चराहरु पनि चीरविर गर्दै रमाउँदथे
म लगायत सम्पुर्ण बटुवाहरु खुशीले गदगद भयौं
नियमितरुपमा मलजल र गोडमेल गर्दै गएँ ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
तर
आज बदलिंदो मौषम र वातावरणीय प्रभावले
मलाई मन पर्ने यो रुखलाई
नराम्ररी असर पारेको छ
त्यसैले
प्रतिकूल वातावरण सहन नसक्ने भएकोले
विध्वंशकारी कीराहरुको जमातले
विस्तारै यसका पातहरु नाश गर्दै गएकोले
यसका हाँगाहरु पनि सुक्दै जान थाल्यो
त्यसैले अब त यो
सिख्रो हुँदै गएकोले
चौतारो भए तापनि सितलता भएन
चराचरी भए तापनि गीत गुन्जिँदैन
बटुवा हिँड्दथे आराम गर्न सक्दैनथे
केबल अब त
रुखको स्वरुप मात्र बाँकी छ
विस्तारै झन्झन् कुहिँदो छ
त्यसैले मैले यो चौतारीलाई हेर्दा
नयनबाट आँशु त्यसै बगिदिन्छ
अनि म आफैंलाई प्रश्न गर्छु
यो परिवर्तन के हो र किन भैरहेछ
अनि एक टकले टोलाउन पुग्छु
अनि सोच्छु
मेरो यति मेहनतले हुर्काएको रुख त
बेकम्बा बन्दै गएको छ
चिता बनाइ मृत शरीर पोल्नलाई पनि
अयोग्य भईरहेछ
केही समय पाश्चात पूर्णरुपले
माटोमा विलिन हुन पुग्नेछ
अनि यसका सबै स्वरुप
अस्तित्वविहीन हुनेछन्





