कविता: मलाई औधि मन पर्ने रुख

डा. हरिकुमार श्रेष्ठ / पाटन, नेपाल

एक सानो र राम्रो बिरुवा

मलाई यो औधि मन पर्ने

त्यसैले मैले यसलाई

आफूलाई मन पर्ने स्थानमा

लगाउने इच्छा थियो

लगाएँ पनि

आवस्यकतानुसार गोडमेल र मलजल गर्दै गएँ

यो राम्रैसँग हुर्कियो र बढ्यो

उ मभन्दा धेरै अग्लियो

अब त उसको उचाई छुन र नाप्न कठिन भो

तापनि यसलाई

सबैलाई सितल छहारी दिने चौतारो बनाउने चाहना

त्यसैले चौतारा पनि बनाई दिएँ

यसको गहिरो सितलताले

हरेक बटुवा र मानिरहरुलाई

एक टकले आकर्षण गरिराखेको थियो

चराहरु पनि चीरविर गर्दै रमाउँदथे

म लगायत सम्पुर्ण बटुवाहरु खुशीले गदगद भयौं

नियमितरुपमा मलजल र गोडमेल गर्दै गएँ । 

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

तर

आज बदलिंदो मौषम र वातावरणीय प्रभावले

मलाई मन पर्ने यो रुखलाई

नराम्ररी असर पारेको छ

त्यसैले

प्रतिकूल वातावरण सहन नसक्ने भएकोले

विध्वंशकारी कीराहरुको जमातले

विस्तारै यसका पातहरु नाश गर्दै गएकोले

यसका हाँगाहरु पनि सुक्दै जान थाल्यो

त्यसैले अब त यो

सिख्रो हुँदै गएकोले

चौतारो भए तापनि सितलता भएन

चराचरी भए तापनि गीत गुन्जिँदैन

बटुवा हिँड्दथे आराम गर्न सक्दैनथे

केबल अब त

रुखको स्वरुप मात्र बाँकी छ

विस्तारै झन्झन् कुहिँदो छ

त्यसैले मैले यो चौतारीलाई हेर्दा

नयनबाट आँशु त्यसै बगिदिन्छ

अनि म आफैंलाई प्रश्न गर्छु

यो परिवर्तन के हो र किन भैरहेछ

अनि एक टकले टोलाउन पुग्छु

अनि सोच्छु

मेरो यति मेहनतले हुर्काएको रुख त

बेकम्बा बन्दै गएको छ

चिता बनाइ मृत शरीर पोल्नलाई पनि

अयोग्य भईरहेछ

केही समय पाश्चात पूर्णरुपले

माटोमा विलिन हुन पुग्नेछ

अनि यसका सबै स्वरुप

अस्तित्वविहीन हुनेछन्

तपाइँको प्रतिक्रिया