नखोज्नु मलाई

बिजय कुमार श्रेष्ठ, इराक 

 bijaya-kumar-shrestha.jpg

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसंझिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु ।। 
 

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा

म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु ।। 
 

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्रि आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु ।। 
 

नखोज्नु है मलाई जन्म भुमीको कुना कुनामा

म त गाउँ घर छाडि समुन्द्र तरि पराई बनिसकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशि पो भैसकेछु, परदेशि पो भैसकेछु ।।

तपाइँको प्रतिक्रिया