बुशलाई हानिएको जुत्ताको मुल्य एक करोड डलर
अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि एक पत्रकारले हानेको जुत्ता प्रसंग अहिले संसारभरी छाएको छ । आलोचना भन्दा बढि अहिले अरेबियाली मूलुकहरुमा भने त्यसको प्रशंसा छ । उनलाई गौरबशाली ब्यक्तित्व भन्दै पुरस्कार समेत दिइएको छ । कसैले उनलाई जुत्ताका नायक भनेका छन । इन्टरनेशन हेराल्ड ट्रिब्युनका अनुसार सौदी अरेबियामा बुशलाइ हानीएका दुई जुत्ता मध्ये एउटालाई एक करोड अमेरिकी डलरमा किन्न एक ब्यक्तिले प्रस्ताब गरेका छन । त्यो सायद विश्वकै सबैभन्दा महँगो जुत्तामा पर्न सक्ने रिपोर्टमा उल्लेख छ । त्यसैगरि लिबियाका नेता कर्णेल मुअंमर अल कादाफीकी छोरीले जुत्ता हान्ने ति २९ वर्षिय मुअंबर मुंतादेर अल जाईदीलाई साहसी भन्दै पदक दिएकी छन ।
इराकि प्रशासनले उनलाई जुत्ता हान्नासाथ पक्रेर जेलमा हालेको थियो । उनैको मोबाइल फोनबाट जइदीका परिवारलाई ईराकी प्रहरीहरुले धम्क्याएका छन । जईदीमाथी प्रहरीले यातना दिएको खबर आएपछि उनको रिहाई गर्नुपर्ने मागपनि अरेबियाली मुलुकहरुबाट ब्यापक रुपमा उठेको छ । ईराकका बिभिन्न शहरहरुमा लाखौं जनता ति पत्रकारको समर्थनमा उत्रेका छन । तिनले जुत्ता र चप्पल झुण्ड्याउँदै अमेरिकी सेनाहरु तुरुन्त इराक छोद्नुपर्ने माग गरेका छन । ति पत्रकारको तस्बिर अंकित प्लेकार्ड बोकेर प्रशंसा गरिएको छ । तिनले बाटोमा देखेका अमेरिकी सेनाहरुमाथि ढुंगा मुढा प्रहार गरेका छन् । टिभी, रेडियो, पत्रपत्रीकामा त्यस काण्डले प्रथामिकता पाएको छ । चोक चोकमा बसेर मानिसहरु त्यसैको चर्चा गरेका छन । अधिकांशले पत्रकारको प्रशंसा र बुशको आलोचना गरेका छन । ति पत्रकारले इराकि जनताको मात्रै नभएर सम्पूर्ण अरबीयाली जनताको भावना ब्यक्त गरेको बताएका छन ।
अझ बढि हेर्ने भए—–
अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता
बुसलाई जुत्ताले हान्ने जइदी नायक बने
जूते चलाने वाले पत्रकार की ‘पिटाई’




