नेपालमा फर्किए माओ

ददिराम सापकोटा, पेरिस, फ्रान्स चीनियाँ र्सवहारा क्रान्तिका नेता माओत्सेतुङको भौतिक रुपमा मृत्यु भएको कति वर्षभयो ? ३० वर्ष। तर , एकपटक मरिसकेको मानिस फेरि यो धरतीमा फर्के भन्ने सुन्दा कसले पत्याउँ ? तर, साँच्चिनै माओ फर्केछन् यो पटक । एकजना माओ हुन् ! केही माओहरु। अन्य माओ नभएर तिनै माओ। यो पटकचाहिँ उनी आफ्नो देशमा नभएर नेपालमा फर्केका छन्। तर , जबर्जस्ती आतंकका रुपमा। फ्रान्सेली पत्रकार भिन्सेट प्राडो निकोला जालियाद्वारा निर्माण गरिएको “ लेजेस्क्लाभ् दे माओइस्त” (माओवादीका कमारा) भिडियो डकुमेन्ट्रीका बारेमा यहाँ को नोभेल अब्जरभात साप्ताहिक पत्रिकाले यसैगरी ब्याख्या गरेको , माओवादीको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिको फल प्राप्त भइरहेको दाबीसहित।  

रिपोर्टमा स्थानीय मानिसहरु कति कठिन तरिकाले काम गर्न बाध्य छन् भन्ने देखाउन माओवादीहरुले रुकुमको थवाङसम्म पुर्याउन लागेको एक सय किलोमिटर लामो सडक निर्माण क्षेत्रको झलक यसरी प्रस्तुत गरिएको विश्वका अग्ला हिमालहरु भएको देशमा कठ्याङ्ग्रीने जाडो छ। आठदेखि १३ वर्षा बच्चासम्म दाँ फुक्लिसकेका बृद्धबृद्धासमेत बेल्चा समातेर सामेल भएका छन्। यस्ता बालबालिकालाई पनि माओवादीले स्कूलबाट थुतेर ल्याएका छन् बाटो खनाउन। टल्किएको घाम हिमालमाथिबाट पूरै टाउकोमा परेको छ। सडकको धुलो उडेर बाटो खन्न सामेल सैयौंका टाउकामाथि पूरै भुमरी परेझैं छ। धुलोले तुवाँलो लागेजस्तो देखिन्छ। त्यो धुलो हरेकका नाक मुखबाट भित्र पसेको छ। महिलाहरु थाकेका छन्। हात गोडामा चोटपटक लागेको छ। तैपनि सकिनसकी बेल्चा बजारेका छन् पत्थरमाथि। यसरी खनेको सडकलाई माओवादी व्रि्रोहीहरुले जनयुद्धका क्रममा मारिएका शहीदहरुको सम्मानका लागि भन्दै शहीदमार्ग नाम दिएका छन्।  

यसलाई यहाँका थुप्रै सञ्चारमाध्यमले निकै महत्त्वका साथ प्रचारप्रसार गरिरहेका छन्। यी दुई तन्नेरी पत्रकारको टीभी रिपोर्टले निकै चर्चा पाएको छ। यिनको रिपोर्टका बारेमा यहाँको प्रसिद्ध साप्ताहिक पत्रिका तेलेरामा , लिबिरासियो दैनिक , नोभेल अब्जेरभात साप्ताहिकले पाठकहरुलाई हेर्नेपर्ने रिपोर्ट भन्दै आलेखकै रुपमा प्राथमिकताका साथ छापेका छन्। फेबु्रअरी २३ मा नोभेल अब्जेरभातले माओवादीहरुलाई कम्पुचियाका खमेररुजहरुसँ केही हदसम्म तुलना गर्न सकिने भनेको छ। माओवादीबाट पीडित भएर नेपालगञ्ज आई बसेका एक व्यक्तिको भनाइ र्सार्वजनिक गर्दै माओवादी अत्याचारका बारेमा भनेको यदि हामी माओवादीको पछाडि लागेनौं भने तिनले पिट्छन्। तिनले भनेको नमाने टाउकोबाट तल तीन इञ्च घटाइदिन्छन्। माओवादीको नजिक भएमा राजाका सेनाले मार्छन्। राजाका सेनाको नजिक भए माओवादीले हामीलाई मार्छन्।  

त्यसो रिपोर्टले राजा ज्ञानेन्द्रको निरंकुशताको झन् धेरै आलोचना गरेको छ। राजाको भ्रमणलाई मोजमस्तीसँ तुलना गर्दै भनिएको हिमाली भागको कठिन जीवन जिउन बाध्य छन् नेपाली। गरिबीले जीवन जर्जर छ। यातायातको सुविधा नहुँदा टाउकाको भरले बोकेरै जीवन चलाउनुपर्छ। निन्याउरो अनुहारका गरिब नेपालीलाई राजाको बिनासित्तीको महँगो भ्रमणले कुनै महत्त्व राख्दैन गत वर्षदेशको सम्पूर्ण शक्ति हातमा लिएका राजाको शरीर खाइलाग्दो छ। गाला भरिला छन्। महँगा गहनामा टन्न सजिएकी पत्नीलाई अघिपछि लगाएर सैनिकहरुको बीचमा घेरिएर हिँड्छन् राजा। अभावै अभावमा पिल्सिएका जनतालाई आतंककारीसँ भिड्ने भन्दै सर्म्पर्कविहीन पारेर आफू सैनिक हेलिकोप्टरमा घुम्छन्।  

उता , प्रचण्डचाहिँ आफू हिमाली भागको कुनै ठाउँमा लुकेर बालसैन्य भर्ती गर्ने , आफ्नै नीति लाद्ने , महिला लडाकू तयार पार्ने , उनका लडाकूहरुचाहिँ पत्रिकामा दिनहुँजसो देखिने तिनका तस्वीरहरु हेरेर दङ्ग पर्ने गरेको उल्लेख छ। टेलेरामा पत्रिकाले चाहिँ माओवादी प्रमुख विप्लव जनतालाई मुक्ति गराउन चाहन्छन् , तर त्यो मुक्ति हो कि अर्को तानाशाही हो  ?१५ दिनसम्म बालबालिका बृद्धबृद्धासमेतलाई निःशुल्क सडक खन्न बाध्य पारेको दृष्यले मुक्तिको लागि भन्ने देखाउँदैन भनेको छ। फ्रान्सेली भाषीहरुमा माओवादीहरु कसरी बस्छन् रु तालिम कसरी दिन्छन्  ? तिनले कसरी सञ्चार सर्म्पर्क गर्छन्  ? भन्ने खुल्दुली थिए किनकि अहिलेसम्म यहाँका सञ्चारमाध्यमले माओवादीसँगै बसेर श्रव्यदृष्य रिपोर्ट दिएको यो नै पहिलोपटक हो। हुन पनि यी दुई पत्रकारले १५ दिनसम्म माओवादीसँगै बिताएर तिनका तालिम केन्द्रमा तालिम दिँदै गर्दाका तस्वीर खिचेका छन्।  

काठमाडौंको बंगलामुखी स्कूलबाट कान्छीआमाले हेलाँ गरेपछि रुकुम र्घर्तीगाउँस्थित माओवादीको सेल्टरमा पुगेका १५ वर्षिय अर्जुन चौलागाईंलगायत यस्तै अन्य बालसैन्यसँगको वार्तासमेत छ। सडक खन्ने डि्रल मेशिन जापानबाट काठमाडौं हुँदै कसरी रुकुम लगे भन्ने चाखलाग्दो दृष्य पनि छ। आफ्ना केही अङ्गरक्षकहरुसँ बसेका माओवादीको विशेष क्षेत्र प्रमुख विप्लवको अन्तर्वार्ताले रिपोर्टलाई विश्वासिलो बनाएकै छ। बालबालिका , बृद्धबृद्धा सैयौं गाउँलेलाई बाध्य पारेर सित्तैमा खन्न लगाएको सडकको प्रचारप्रसार अन्तर्राष्ट्रिय रुपमा गराउन विप्लवले पहिलोपटक अन्तर्वार्ता दिएको रिपोर्टमा दाबी गरिएको छ। यसबाहेक माओवादीका स्थानीय तहका सभासम्मेलन , सञ्चारको तरिका , महिला छापामारहरुसँगका छलफल , स्थानीय जनताको माओवादीप्रतिको धारणा , राजाका सैनिकहरुको अत्याचार , स्थानीय प्रशासनविहीनताका उदाहरण , माओवादीहरुका कारण विस्थापितहरुका पीडा , माओवादी अदालतको प्रभाव , मानवअधिकारको उल्लंघन , महिला स्वतन्त्रतालगायत समग्रमा माओवादी आन्दोलनको छोटो तस्वीर दिएर धेरै खुल्दुली मेटाएको माओवादी राजाको शासनबारे।

जनआस्था, काठमाडौं , चैत्र , २०६२ ( march 15, 2006)

तपाइँको प्रतिक्रिया