अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता

george-bush-shoe-1.jpg

अमेरिकी राष्ट्रपती जर्ज बुशलाई आज ईराकमा एक पत्रकारले जुत्ता हानेका छन ।  अन्तिममा भिडियो हेर्नुस । आफ्नो कार्यकालको अन्त्यमा आईतबारअचानक  ईराक पुगेका थिए बुश । ईराकका प्रधानमन्त्री नूरी अल मलीकीसँगै पत्रकार सम्मेलन गरिरहेका बुशलाई जुत्ता हान्ने पत्रकार हुन अल बग्दादिय भन्ने ईजिप्टको टेलिभिजनका पत्रकार हुन । उनको नाम मुंतजर अल जैदी हो । उनले सम्मेलन कक्षमा दुई पटक जुत्ता हानेका थिए । पहिलो पटक  जुत्ताले हान्दा”यो ईराकी जनताको तर्फबाट तेरो लागि आखिरी सलाम हो भनेका थिए ।” त्यसलगत्तै उनले दोस्रो पटक पनि हाने । दोस्रो जुत्ता हान्दा उनले ” यो चाहिँ इराकी बिधवा, टुहुरा र ईराकमा मारिएकाहरुको तर्फबाट हो” भने । उनले ति इराकी तेरा तर्फबाट मारिएका हुन भन्न खोजेका हुन । उनले बुश समक्ष केहि प्रश्न गरेको र उनको जवाफ चित्त नबुझेपछि एक्कासी आक्रोशमा आएर जुत्ता हानेको समाचारमा उल्लेख छ ।

george-bush-shoe-2.jpg 

(बायाँ पत्रकारले हानेको जुत्ता छल्न कुप्रिएका बुश, दायाँ इराकी प्रधानमन्त्री)। 

अकस्मात आइलागेको जुत्ता देख्दा राष्ट्रपती बुश अलमलमा परेका थिए । केहिबेरपछि उनले “यो घटनालाई गम्भिरतापूर्वक लिन आवश्याक छैन । किनकि मेरो कार्यकालमा यस्ता अनौठा घटनाहरु कयौं पटक देखेको छु” भन्ने प्रतिक्रिया दिए । उनले थपे “उनको यो ध्यान तान्ने शैली हो । यस्तो आक्रमणबाट ईराकी पत्रकार समेत दुखी छन” । अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि भएको जुत्ता आक्रमणलाई इराकी अधिकारीले लज्जास्पद घटना भनेका छन । तर ईराकी जनताले भने ति पत्रकारको समर्थनमा आज कम्तिमा ईराकका तिन शहरमा ठुलो प्रदर्शन गरेका छान् ।

भिडियो-१

भिडियो-२
 

यो रिपोर्टपनि हेर्नुस–
बुशको बिदाईमा जुत्ताको चुम्बन

तपाइँको प्रतिक्रिया