गजल
● गीता थापा (दोषी)
हरेक साँझ नशा धोकेर आउँछौ
लाजै नमानी ओंठ टोकेर आउँछौ
++++++++++++++++++
यसरी जीवन चल्दैन अब भन्दा
ढाँट छलका कुरा घोकेर आउँछौ
++++++++++++++++++
नशामा त्यो सिंगो शरीर डुबाएर
रोगै रोगको घर बोकेर आउँछौ
++++++++++++++++++
पुष,माघको ठण्डीमा भट्टी रुँघेर
चिसोको असरले खोकेर आउँछौ
++++++++++++++++++
इज्जतको ख्याल राख्नु पर्छ भन्यो
बेहोशिएर शिरै ठोकेर आउँछौ





