गित : असार १५ को संझना

प्रदीप सुवेदी

असारै महिना खेतमा धान रोपेर बस्यौ कि 
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

+++++++++++++++++++

म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ 
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ 
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर 
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर 

+++++++++++++++++++

कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की 
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

+++++++++++++++++++

नसराप्नु प्रिया ! पापिले यस्तो हाल गर्‍यो भनेर 
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्‍यो भनेर 
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार 
प्रदेसी पक्कै फर्किन्छ एकदिन माया चाँही  नमार

+++++++++++++++++++

रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि 
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!

तपाइँको प्रतिक्रिया