प्रेम कस्तो ?

सूर्य प्रसाद न्यौपाने सिकारु

 

 surya_prasad_nyaupane.jpg

आधुनिकताको खेल जस्तो, जिवनको मेल जस्तो  

प्रेमपनि आजकालको, बर्षायामको भेल जस्तो

बसन्तको न्याउलि जस्तै, माधुर्य भै आएपनि 

 पल पलमा नै रुप्  फेर्ने, एमिबाको खेल् जस्तो 

बेदनाको मुशाफिरलाइ, मिष्टभासि आभास दिँदै  

प्रेमिकाको प्रणेता भै, मुटु चोर्ने खेल् जस्तो

स्वार्थ सबै पुरा गरि, बियोगमा अल्झाएर  

उपेक्षाको मुस्कानसँगै, बनावटि मेल् जस्तो 

पियुस जस्तो स्वच्छ मनलाइ, बिषादिको झोल् बनाई 

सररर बास्ना दिने, चमेलिको तेल् जस्तो

बनावटि भावनालाई पत्रसँगै बर्षाएर

मुटुभित्र बस्न खोज्ने, क्यान्सरको रोग् जस्तो

आधुनिकताको खेल् जस्तो, जिवनको मेल् जस्तो

प्रेमपनि आजकालको, बर्षायामको भेल् जस्तो

तपाइँको प्रतिक्रिया