प्रधानमन्त्री राजिनामा दिन तयार

अझैपनि मैले नेत जोड्न सकिन आफ्नो कम्प्युटरमा । त्यसैले यीनै केहि हरफ लेख्नपनि मुस्किल भएको छ । आज भर्खरै पाएको जानकारी अनुसार माओवादीका अध्यक्ष प्रचण्डले नयां प्रस्ताव अघि सरेका छन् । यदि नेपाली कांग्रेस ले संविधान सभको म्याद थप्न सहमत हुन्छ भने नेकपा माओवादीले एक हप्ता भित्रमा आफूसित भएका सबै हतियार राज्यसमक्ष बुझाउने छ । त्यसैगरि उनले लडाकूहरुलाईपनि हतियार सँगै पूर्णरुपमा राज्यको नियन्त्रणमा ल्याउने प्रस्ताव गरेका छन् ।

संविधान सभाको म्याद थप्न प्रधानमनत्रीले राजिनामा दिनु पर्ने शर्त प्रतिपक्षी दलहरुले गरिरहेका बेला प्रधानमन्त्री झलनाथ खनालपनि राजिनामा दिन करिब करिब सहमत देखिएका छन्। उनले एक महिनाको समय दिन र त्यस भित्र उनले राजिनामा दिने बताएको बताइएको छ । तर नेपाली कांग्रेसले भने अब उधारोमा कुनै सहमती नगर्ने भन्दै बरु प्रचण्डले दिएको आश्वासन तत्कालै पूरा गर्न र प्रचानमन्त्रीले तत्कालै राजिनामा गर्नुपर्ने अडान राखेको छ । दलहरुबिच सहमतीका दौडादौड बहगाभाग चलिरहेको छ नयाँ सहमतीक लागि । स्रोतहरुले छिटै कुनै न कुनै सहमती निकाल्ने दाबी गरेका छन् ।

तपाइँको प्रतिक्रिया