आइफल टावर अगाडि आज बुद्द जयन्ति मनाइँदै

[आज मध्यान्ह  बजेदेखि बजेसम्म आइफल टावर अगाडि थ्रोकादेरोमा]

२५ सय ५५ औं बौद्द जयन्ति यहि महिना मनाइँदै छ सबैतिर । कसैले सानो कोठामा मनाए । कसैले हल लिएर प्रवचन गरे । कसैलाइ ध्यान गरेरै चित्त बुझ्यो । तर फ्रान्स त यसैपनि विश्वका सातौं आश्चर्य मध्ये एक आइफल टावर भएको देश । अलि आश्चर्य, अलि प्रभावकारी अलि ब्रिहद किसिमले मनाउनुपर्‍यो नी हैन ? त्यसैले आज आइतवार पेरिसवासी नेपालीहरुले आइफल टावरको नाकै अगाडिबाट विशेष शान्ति र्‍याली निकाल्दै छन् । विश्वभरिका पर्यटकको त्यहाँ घुइँचो लाग्ने हुनाले गौतम बुद्दको सन्देश र बुद्द जन्मिएको हाम्रो देशलाई विश्वभरि चिनाउने यो एक अवसर समेत हुने छ ।

पेरिसस्थित नेपाली दूतावास र नेपाली एकता एकता समाजले संयुक्तरुपमा आयोजना गरेको यो र्‍यालीमा विभिन्न जनजातिको भेषभुषाको झल्को दिइने छ । बुद्दका सन्देशहरु प्लेकार्टका रुपमा लिइने छ । नेपालका झण्डाहरु फहराइने छन् । नेपालमा जन्मिएका गौतम बुद्दलाई भारतमा जन्मिएका भनेर भारतले फैलाएको अनेक खाले भ्रमहरुलाई चिर्नपनि यो र्‍यालीले विशेष महत्व राख्नेछ ।

विश्वभरि भैरहेको आतंक, हत्या, कोलाहल र अशान्ति यो बेला बुद्दका शान्तिपूर्ण बाणीहरुको सन्देश फैलाइने छ । त्यसको साथै पर्यन वर्ष २०११ लाई सफल पार्नपनि त्यसले विशेष महत्व राख्ने छ । किनभने २५५५ औं बुद्द जयन्ति मनाउने यस अवशरमा नेपालको विविध क्षेत्रका पर्यटकिय महत्व, संभावना र आकर्षका जानकारीहरु पर्यटकहरुलाई बितरण गरिने छ । यी सबै सन्देशहरुलाई विश्वको एक आश्चर्य जनक स्थल आइफल टावरबाट छरेर विश्वभरिका पर्यटकलाई एकैसाथ जानकारी दिन पाउनु नेपालको लागि अवशर हो ।

र्‍याली आज आइतवार मध्यान्ह तिन बजेदेखि साँझ छ बजेसम्म हुने छ । र्‍याली आइफल टावरको अगाडि रहेको थ्रोकादेरोमा हुने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया