हात्ती पोलो: जति फुच्चे उति तगडा

-रुपेन्द्र कर्माचार्य (तस्बिरपनि)

 

 रत्ननगर, टाँडी 

elephant-polo-nepal8.JPG

आफु नखेले पनि मलाई खेल हेर्न भने खुब मन पर्छ मेघौलीमा विश्व हात्ती पोलो प्रतियोगिता भैरहेको थाहा पाएँ के खोच्छस् कानो आँखो, मेघौली तिर हुइकिएँ त्यहाँ पुग्दा खेल भैरहको थियो मेघौली विमानस्थलको दक्षिणी भागमा जंगल छेवैमा  

elephant-polo-nepal14.JPG

प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति भने देखिएन । चौरको पश्चिम उत्तरी मोहडा आयोजकले ओगटेका थिए ।  पूर्व र पश्चिम भाग चाहीँ दर्शकलाई छुट्टयाइएको थियो

elephant-polo-nepal15.JPG

त्यो अवसर पारेर वदाम, सुन्तला, मिठाइ आदि बेच्ने अस्थायी पसलहरु पनि थिए दर्शकहरु न्यानो घाम ताप्दै अनि वदाम, सुन्तला खाँदै खेलको मजा लिईरहेका थिए तर दर्शकमा अरु स्थानिय फुटवल प्रतियोगितामा जस्तो जोश देखिएन निकै शान्त थिए   

elephant-polo-nepal17.JPG

कुन कुन टोली विच खेल भैरहेको जान्न पालैपालो गरेर केहि दर्शकलाई सोधें । तर सबैले थाह छैन भन्ने उत्तर दिँदै गए । कुन टिमले कति गोल गरे त्यो पनि थाहा रहेनछ सबैजना हामी भरखरै आएको भन्दै पन्छिए पारी ठडिएको मञ्चबाट एक जना विदेशी महिलाले अग्रेजीमा खेल ब्याख्या (कमेन्ट्री) गर्दै थिई । एकजना भद्रपुरुषले दुखेसो पोखे, “अंग्रेजीमै भए पनि नेपाली उद्घोषकले बोले देखि बुझिन्थ्यो होला

elephant-polo-nepal11.JPG

हुनत त्यहाँ स्कोरबोर्ड पनि थिए तर वारीबाट स्कोर हेर्न दुरविन नै चाहिन्थ्यो    चौरको पश्चिम मोहडा तिर लागें त्यहाँ विदेशी खेलाडी पाहुनाहरु अनि केही नेपाली दर्शकहरु थिए सामान्य मानिसलाई त्यता जान बन्देज रहेछ हातमा क्यामरा देखेर पत्रकार भन्ने ठानेछन क्यार ! मलाई कसैले रोकतोक गरेन elephant-polo-nepal18.JPGबल्ल थाहा पाएँ, स्कटल्याण्डको चिभास रेगल बेलायतको पुक्का चुक्का भन्ने दुई टोलीबिच भिडन्त भैरहको रहेछ चिभासको पुक्का चुक्काको गोल भएको रहेछ दुइ टिम बिच निकै घम्सा घम्सी भयो

elephant-polo-nepal7.JPG

जुध्नेमा प्रायः फुच्चे हात्ती नै अगाडी हुन्छ   चिभासको दह्रो आक्रमण पुक्का चुक्काले विफल तुल्याउदै गयो तर अन्ततः चिभासले गोल हानेरै छोड्यो अनी दर्शक दिर्घाबाट तालीको गडगडाहट सुनियो जसले हाने पनि गोल चाही भयो भन्ने थाहा पाए कस्तो विडम्बना ! नेपालमा भैरहेको अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालीलाई नै खेलको बारेमा स्पष्ट जानकारी छैन खेल सकिन सेकेण्ड अगाडी चिभासले अर्को गोल थपेर भोली हुने फाइनलमा आफुलाई प्रवेश गरायो  कमेन्ट्री टोलीसँगै माइककोलागि विद्युत ब्यवस्था मिलाउने नितेश केसीसग खेलको नियम बारेमा सोधें खेल अवधि २० मिनेटको हुन्छ १०, १० मिनेटको दुई भाग (हाफ) । दोश्रो हाफमा हात्ती चाहीँ यथास्थानमा हुन्छ खेलाडीहरु मात्र एक हात्तीबाट अर्को हात्तीमा स्थानान्तर हुन्छ जसले गर्दा छरितो फूर्तिलो हात्ती दुवै टिमले उपयोग गर्न पाउँछन   

elephant-polo-nepal12.JPG

त्यहाँ दुई वटा प्रतियोगिता भैरहेको रहेछ मुख्य चाही वर्ल्ड एलफेन्ट पोलो एसोसियसन च्याम्पियनसिप अर्को चिभास रेगल च्याम्पियनसिप प्रतियोगिता भित्र पनि अर्को प्रतियोगिता सोझा साधा स्थानिय दर्शकले कहाँ बुझ्नु ?

elephant-polo-nepal9.JPG

चिभास रेगल च्याम्पियनसिपको दोश्रो सेमी फाइनल खेल भारतको इन्डियन टाइगर अमेरिकाको न्यूयोर्क ब्ल्यु विच शुरु भयो आयोजक दिर्घामा बसेका विदेशी दर्शकहरुले निकै जोड तोडका साथ आफ्नो टिमको हौसला बढाउँदै थिए प्रायःको हातमा वियर रक्सीका गिलास थिए  

माउतेले बल आफ्नो टोलीको नियन्त्रणमा लिन हात्तीलाई घरी अगाडी घरी पछाडी कहिले दाया कहिले बायाँ जान निर्देशन दिइरहेका थिए माउतेको निर्देशन अनुसार तुरुन्तै जान मानेन भने माउतेले आफ्नो हात्तेको टाउकोमा लठ्ठी बर्साउँथ्यो। पिँडाले हात्ती रन्थनिएर कराउँथ्यो ।

  elephant-polo-nepal10.JPG

पछाडी बसेका विदेशी खेलाडीहरु भने लामो लठ्ठीको सहायताले बल विपक्षीको गोलपोस्टमा छिराउन कोशिस गर्दैथिए जोडले बल हिर्काउने क्रममा लठ्ठी मच्चाउँदा (स्विङ्ग) घरी हात्तीको खुट्टा घरी सुँडमा लाग्थ्यो विपरित दिशा तिरबाट हुइकिएर आउँदा हात्तीहरु एक आपसमा ठोक्किन्थे मानिसहरुको त्यो उन्मातमा ति हात्तीहरु निरिह देखिन्थ्यो  

elephant-polo-nepal5.JPG

मैले सोचें यो खेलमा मानिसले आनन्द लिईरहेका छन् तर हात्तीले चाहीँ कस्तो महशुस गरिरहेका होलान ? उनीहरु पनि यो खेलमा रमाइरहेका होलान त ? त्यो दृश्य हेर्दा मलाई त्यस्तो लागेन आफ्नो मनोरञ्जनको लागि यि निर्दोष, अवोध जनावरहरुको अत्याचार गरिरहेका छैनौं ? यस्ता खेलले जनावरहरुमा पर्ने शारिरिक एवं अन्य असरहरु बारे कुनै अध्ययन, अनुसन्धान भएका छन् ? 

त्यसो चितवन राष्ट्रिय निकुञ्ज नै आफ्ना वटा हात्ती सहित यो प्रतियोगितामा सहभागी भएका छन् वन्यजन्तु संरक्षणमा कटिवद्ध यस्ता संस्था ब्यक्तिहरुले के सोच्छन यसबारे ? अरु कोही भेटिन, उही नितेशजीलाई नै सोधें यो खेलमा हात्तीहरु दवाव (स्ट्रेस) मा परेर कुनै विध्वंस मच्चाएको त्यस्तो कुनै घटना छैन फुटबल खेलाडीलाई पनि खेलको बेलामा जिस्क्यायो भने आवेशमा आउछ नि उहाँले घुमाउरो पाराले उत्तर दिनुभयो खेल सिद्धिएपछि हात्तीलाई छुट्टै माउतेसँ मात्र राखिने कुरा बताए  

elephant-polo-nepal13.JPG

नेपालमा भइरहेको यो अन्तराष्ट्रिय खेलको माहौल नै अनौठो एकातिर शान्त स्थानिय दर्शक, अर्कोतिर विदेशी दर्शकहरुको चुरिफुरी अन्तर्राष्ट्रिय स्तरको खेल भनेपछि राष्ट्रिय खेलकुद परिषद सम्मिलित हुनुपर्ने हो तर त्यहाँ उनीहरुको उपस्थितिको कुनै संकेत देखिएन यस पटक नितेशजीले सिधा जवाफ दिए, “किन नहुनु नि यहाँ उनीहरु कै स्वयंसेवक (भोलेन्टियर) परिचालित छन् मलाई हाँसो उठ्यो उनी भन्दै थिए, “हामीहरुले उहाँहरुलाई चिठी पठाउँछौ उहाँहरु आउनु हुन्छ प्रतियोगिता हेर्नुहुन्छ  

हात्ती पोलो खेल सन् १९८३ मा टाइगर टप्स जङ्गल लजको मालिक वेलायती नागरिक जिम एडवार्डस्ले शुरु गरेका रहेछन टाइगर टप्सकै आतिथ्यमा हरेक बर्ष सञ्चालन हुने यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद नेपाल ओलम्पिक कमिटीमा दर्ता भएका कुरा पनि उनले बताए   उद्घोषकले वनमन्त्री किरण गुरुङ नेपालका लागि वेलायती राजदुत एन्ड्रयु हलको उपस्थितिको जानकारी दिदै उहाँहरुको स्वागत गरे उद्घोषकले एउटा हातले माइक समाउँदै अर्को हातले वियरको चुस्की लिदै आफ्ना महिला मित्रहरुसँ कुरा गरिरहेका थिए, “हामीले मन्त्रीलाई खुशी पारिरहेका छौं ? (डिड वि डु इनफ टु प्लिज मिनिस्टर)” यिनीहरुले मन्त्रीलाई कसरी खुशी पार्ने रहेछ, जान्न मन लाग्यो   

 elephant-polo-nepal6.JPG

आफ्नै देशमा अन्तर्राष्ट्रिय खेलको आयोजना हुँदा देशलाई आर्थिक रुपमा फाइदा पुग्नु पर्ने हो खेल पर्यटनको विकासले राष्ट्रिय स्तरमा मात्र नभई स्थानिय स्तरले पनि त्यसको प्रतिफल पाउनु पर्ने हो तर त्यहाँको वातावरण हेर्दा त्यस्तो केही भएको जस्तो लागेन यो प्रतियोगिता टाइगर टप्सले आफ्ना विदेशी पाहुनाहरुको मनोरञ्जन विलासिता अनि आफ्नो ब्यवसाय बृद्धि गर्न आयोजना गरिएको ब्यक्तिगत समारोह जस्तो लाग्यो  

 एकछिन पछि वन मन्त्री, सांसद, नेपाली अधिकृतहरु अनि वेलायती राजदुत अरु खेलाडी सम्मिलित अर्को खेल शुरु भयो हाम्रा मन्त्री महोदय हात्ती पोलो खेलमा रमाउन थाल्नुभयो मैले सोचें, ‘यिनीहरुले मन्त्रीलाई खुशी पार्न जानेकै हुन बा !मलाई घर र्फकन हतारो भैसकेको थियो त्यो खेल पुरा नहुँदै फर्कें ।  

 

तपाइँको प्रतिक्रिया