भारतमा प्रक्राउ गरिएका माओवादी नेता प्रचण्डको गेम प्लानमा: बैध्य
माओवादी जनयुद्दका बेला १० पार्टीका वरिष्ठ नेता (हाल वरिष्ठ उपाध्यक्ष) मोहन बैध्य किरणसहित १० जना पक्राउ परेका थिए भारतमाको बिभिन्न ठाउँबाट । त्यो पार्टीमै भएको घुसपैठबाट गराइएको भन्ने आरोप रहँदै आएको थियो । त्यसमा धेरैले डा बाबुराम भट्टराई पक्षलाई दोष लगाएका थिए । तर आज त्यसको पर्दाफास गरेका छन् प्रचण्डकै गुरु मोहन बैध्य स्वयंले । उनले यो कुरा आफ्ना निकटका पार्टी कार्यकर्ता प्रशिक्षणमा बताउने गरेका हुन् ।
एनेकपा (माओवादी) पार्टीका सचिव सिपी गजुरेललाई चेन्नाइबाट प्रक्राउ गरिएको थियो । उता पोलिटब्युरो सदस्य कूल बहादुर केसी, केन्द्रिय सदस्य अनील शर्मा ‘बिरही’ लगायत १० जना थिए । तिनलाई प्रक्रेर भारतीय जेलमा हालिएको थियो । ति सबैलाई भारतका बिभिन्न ठाउँबाट एकै समयमा प्रक्राउ गरिएको थियो । सिलिगुढी, पटना, दिल्ली र चेन्नाइ लगायतका बिभिन्न ठाउँबाट ति प्रक्राउ परेका थिए ।
यि सबैलाई प्रचण्डको भारतीयसितको गोप्य गेमप्लान अनुसार पक्राउ गरिएको आज बैध्यले दाबी गरेका छन् । यतिबेला अहिलेका परराष्ट्रमन्त्री उपेन्द्र यादव, अहिलेका नेकपा माओवादीकाका मात्रीका यादव, सुरेश आले मगरलाई दिल्लीबाट पक्राउ गरिएको थियो । यादव र आलेमगरलाई नेपाल सुपुर्दगी गरि चरम यातना दिइएको थियो । ति सबै प्रचण्डसित भेटघाट गर्न जाँदा पक्राउ परेका थिए ।
पार्टीकै अध्यक्षले आफ्नै पार्टीका यस्ता होनहार नेतालाइ किन पक्राउ गराएको होला ? बैध्यको भनाईमा पार्टीमा हार्ड लाइनर भनेर चिनिएका नेता हुन् यी । बैध्य पक्षका मानिन्छन् उनीहरु । यदि उनीहरुलाई जेलमा कोच्न सके चुनवाङ बैठ्कले पारिद गरेको नीति तत्कालै लागू गराउन सकिन्छ पार्टीमा भनेर । किनभने पार्टीमा हार्डलाइनर भनिनेहरु यो चुनवाङ बैठकको बिरुद्द थिए । यहि चुनवाङ बैठ्कले जनयुद्द त्यागेर शान्ति संझौता गर्ने र संसदिय राजनितिमा आउने निर्णय गरेको थियो ।




