विलिन ब्यक्तिगत स्वतन्त्रता

किरण पौड्याल  

हराएछन प्रजातन्त्र, खोज्न जाने को पो होला

बिलाएछन स्वतन्त्रता माग्न जाने काँ पो होला

१७, १५, ३६, ४६, अझ कति कुर्ने होला

धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

कति मरे, कति परे कसैसित गिन्ति छैन

शहिदको रगत पानी हुँदा, चिन्ता लिने कोहि छैन

शाही शासन, राणाकालिन, पञ्चायत र बहुदलबाद

प्रजातन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको विवाद

यात्रा लामो गर्दा धरि, उपलब्धि शुन्य भयो

अन्यौलका जनतालाई, कुरा बुझ्न गाह्रो भयो

यिनको चासो दुई छाक खाना, एक टुक्रा कपडाको

गर्मी, झरी, हावा छेक्ने एक सानो झुपडीको

होइन ठुलो आशा यिनको, पर्याप्त छन योगदान

मात्रिभूमी जोगाउन, धेरै नै दिए बलिदान

कहिले उत्तर, कहिले दक्षिण, सापट माग्ने हाम्रो बानी

संबिधान त धेरै बने, मर्म बुझ्ने कहिले हो नी

नेपालको पूत्र जन्मि, उद्दार गर्ने कैले होला

विलिन भाको स्वतन्त्रता, भोग्न पाइने कैले होला 

मेनेजर, एप्टेक कुवेत

ईमेल- [email protected]

फोन-९६५ ६७०७ ३३३६

तपाइँको प्रतिक्रिया