गजल
● नेत्र काफ्ले ‘रोशन’
राम्रा नारा मीठा भाषण जनता सधै सुने मात्र
पैदल हिँड्ने जहाज चढे जनता सधैं रुने मात्र
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
छैन औकात स्कुल पढ्ने न त मील्छ रोजगार
निजीस्कुल अनी बिदेश सबै फेर्छन हुने मात्र
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
जनता सधै छटपटीमा न त पाउँछन ओखती नै
देशघातीको जमातलाइ जनता सधैं चुने मात्र
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बेइमान छ राजनीती नै इमान छैन कसै सँग
महँगी र भ्रस्टाचारमा सोझा जनता थुने मात्र
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
सम्पन्न र हुने खाने मोटाउँदैछन राज्य लुटी
निर्दोश निरीह जनता सधै आसुले मुख धुने मात्र





