गजल

निरज मान श्रेष्ठ / शिन्चु, ताईवान

देउरालीको सितलतालाई चिसो ठान्यौ साथी

न्यानो खोज्न मरुभुमीको तातो छान्यौ साथी ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भञ्ज्याङको स्वच्छ प्रिती, हटियाको बास छोडि,

बालुवाको शहरलाइ स्वर्ग मान्यौ साथी । 

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

शिर झुकाइ, पराइलाई सलाम ठोक्दै हाँस्छौ,

बीरताको इतिहासलाई ब्यङ्ग्य हान्यौ साथी ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

उषाकालको रातो घाम नि, असैह्य भो भन्दै,

सितल खोज्न अधेरीको बर्को तान्यौ साथी ।

तपाइँको प्रतिक्रिया